यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
नेपालीमन कलासाहित्यनेपालीमन,May 5 11:08 am

बादल
कमरेडहरु ! पुर्वी कमाण्डको चोमोलुङ्मा आधार क्षेत्रमा सम्पन्न भइरहेको यो ऐतिहासिक प्रथम उपक्षेत्रीय प्रशिक्षण तथा भेला कार्यक्रम एउटा ‘कोशेढुङ्गा’ हो । किनभने यसले एउटा लाल शिशु जन्माउ“दैछ जसले एकदिन अवश्यै चोमोलुङ्माको चुली छुनेछ । यसले एउटा नया“ विचार र नया“ हतियार निर्माण गर्दैछ जसले अन्ततः जनशत्रुहरुमाथि विजय प्राप्त गर्नेछ ।
स“स्कृति, मानव सभ्यताको संघनित विचारधारात्मक-भावनात्मक अभिव्यक्ति हो । स“स्कृति मानव समाजको सभ्यताको परिचायक पनि हो । पशुजगतको कुनै सभ्यता एवं स“स्कृति हु“दैन । तर वर्गीय समाजमा स“स्कृति, वर्ग-सापेक्ष हुन्छ । त्यो विविध र विपरीत हुन्छ । साथै त्यो समाज विकासको सापेक्ष पनि हुन्छ । वर्ग-समाजको वस्तुगत राजनीति, अर्थतन्त्र, दर्शन, साहित्य/कला, नैतिक मूल्य-मान्यताहरु मनोजगतमा विचारधारात्मक एवं भावनात्मक रुपमा प्रतिविम्वित हुन्छन् र प्रतिक्रियास्वरुप वस्तुगत/आधारलाई प्रभाव पार्दछन् । उत्पीडित र उत्पीडक, शासक र शासित तथा शोषक र शोषितको सा“स्कृतिक प्रवृत्ति एवम् प्रकृतिहरु अन्तरविरोधी हुन्छन् । (more…)

नेपालीमन कलासाहित्यनेपालीमन,February 21 8:43 am

जीन्दगीको हरेक पल स्वंयको लागी ठुलो चुनौती हो । जीवनको लम्बेतान यात्रामा जीन्दगीका हरेक पानाहरु पल्टाउदै जानु मानवका लागि प्रकृतीले निर्देशीत गरीदिएको अविछिन्न नियम हो । आज बैज्ञानीक आविश्कारले संसारलाइ चुमीरहेका छ । भौतीक उन्मादले सिंगो मानवजातीलाइ अन्धो बनाइरहेको छ । सत्य र असत्य विचको भिषण युद्धले संसार दन्कीरहेछ । यो कटु यथार्थताको विच सत्यको पक्षमा वकालत गर्नु र यसलाइ आत्मसाथ गर्नु मृत्युलाइ पछ्याउनु जस्तै हो । तै पनी जती सुकै असहज परीस्थीती होस् या सहज परिस्थीती मानीसले संसारलाइ ढाट्न सक्दोरहेछ परिवार नातेदार र आफुजस्तै असख्य मानवजाती लाइ सहजै ढाट्न सक्दो रहेछ तर आफु र आफ्नो आत्मसम्मान लाइ कहिले ढाट्न नसक्दो रहेछ । त्यसैले होला जीवनका हरेक पानाहरु पल्टाउदै जादा म आफुलाइ पनि यो अनुभुतीले सिकार बनाइरह्यो । लाखौ मजदुर हरुको बिच बाट आफुलाइ नियाल्दा मेरो सुरुवातका दिनहरु र आजसम्म पनि शाररीक कष्टकर क्षणहरु अनुपातीक रुपमा कमै रहे । तर मानसीक दुखाइ विवेकका कणकण मा वगीरहेका स्वभीमान र आत्मसम्मानका चोटहरु सींगो जीवनलाइ अन्त्य गर्नु भन्दा पनि कम हुदो रहेनछ यसलाइ मैले राम्ररी अनुभुत गरेको छु । सत्य र असत्य विचको लामो र्सघषमा मेरा चौवीस बसन्त वितीसकेका छन् । जीवनको यो यात्रामा म कति पटक बिचलित भएर गलत बाटो पहिलाउन पनि पुगे होला त कति पटक सम्हालीयर जीवनलाइ ब्यवस्थापन गर्नतिर लागे होला त्यो म स्वंयलाइ नै हेक्का छैन किनकी यो प्रक्रियानै मेरे सिंगो जीवन हो । (more…)