यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
प्रेस विज्ञप्ती, मानवअधिकारनेपालीमन,September 9 11:42 am


Press Release
For Immediate Release!
Nepal Seattle Society(NSS) and Nepal Red Cross Society (NRCS) join together to appeal for help & support toward the recent flood and landslide victims in Nepal.
Seattle, Washington, September 7, 2006:
On August 24, 2006, heavy and continuous rain caused floods and landslides in Bajura, Baitadi, Nawalparasi, Banke, Bardiya and Achham districts in the western part of Nepal occurring over a four day period. According to the disaster report of Nepal Red Cross Society (NRCS), the flood water heavily affected Banke and Bardiya in the mid-western region and landslides deeply affected Achaam district in the far-western region. Hundreds of houses were completely demolished. More than 300 cattle were swept away. Hundreds of people are still missing and more than 10,000 people have been displaced. (more…)

प्रेस विज्ञप्तीनेपालीमन,July 30 5:37 am

Press Release: Condemn against the brutal action on the Nepalese
Police Officer

We are extremely shocked and thwarted to know about the barbaric and
fascist incident that occurred on the police personnel who were on
their duty on July 29, 2006 in Kathmandu, Nepal. These police
personnel were actively involved in patrolling the increased criminal
activities in the Kathmandu valley. (more…)

प्रेस विज्ञप्तीनेपालीमन,July 1 8:01 am

Long Live Republic of Nepal !
Workers of the World Unite !!

Nepali Janadhikar Suraksha Samiti, Bharat
CentralCommittee

New Delhi, June 30, 2006
Press Note
Four hundred Nepalese and Indian demonstrators took out a protest rally on June 30 in Delhi from Jantarmantar to Indian Parliament to demand the release of more than 50 Nepalese Maoist prisoners including their leaders Com. Kiran (Mohan Vaidya) and Com. Gaurav (C.P. Gajurel). The rally was organized jointly by Nepali Janadhikar Suraksha Samiti, Bharat, a sister organization of Communist Party of Nepal (Maoist), CPN (UML affiliated) Pravasi Nepali Sangh Bharat, pro- Nepali Congress Nepali Jansampark Samiti Bharat. United Nepal Jankalyan Samiti, Nepali Loktantrik Andolan Sahayog Samiti, Nepali Chaukidar Sramik Samiti and South Asia Studies Centre. Several Indian fraternal parties and organization also participated in the rally. Those include Hindustan Communist Gadar Party, CPI ML New Democracy, (more…)

प्रेस विज्ञप्तीनेपालीमन,May 31 4:33 am

(विशेष कारणबस समयमै प्रकासीत हुननसकेकोमा क्षमाप्राथी छु-नेपालीमन)
संयुक्त क्रान्तिकारी जन-परिषद्, नेपाल
(वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People’s Council, Nepal
(Broad National Political Conference Organizing Committee)
प्रेस-विज्ञप्ति
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल, वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिको वैठक हालै संयोजक क.बाबुराम भट्टर्राईको अध्यक्षतामा तथा ने.क.पा. (माओवादी) का अध्यक्ष क.प्रचण्डको विशेष समुपस्थितिमा सफलतापुर्वक सम्पन्न भयो । वैठकले वर्तमान राष्ट्रिय तथा अन्तराष्टि्रय परिस्थितिको गम्भीर समीक्षा गर्दै कतिपय महत्वपुर्ण राजनीतिक तथा सांगठनिक निर्णय गरेको छ । दशवर्षो जनयुद्धको जग र माओवादी-संसदवादी १२-वुँदे समझदारीको आडमा तथा आम जनसमुदायको वृहद् सहभागितामा संचालित ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पुनर्संरचना गर्नु तत्कालीन महत्वपुर्ण कार्यभार भएको निष्कर्षनिकालिएको छ । त्यसको निम्ति सेनाको पुनर्संरचना, जातीय तथा क्षेत्रीय आत्म-निर्णयको अधिकार र स्वायत्त शासन, महिला तथा दलितह؟को निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अपरिहार्य भएको ठहर गरिएको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचन यथासशघ्र गरिनु पर्ने र त्यसको निम्ति पुरानो राजनीतिक तथा वर्गीय शक्ति सन्तुलनको आधारमा निर्मित संसद, संविधान र सरकारको विघटन गरी नयाँ धरातलीय यथार्थलाई प्रतिविम्वन गर्ने गरी अन्तरिम जनप्रतिनिधि संस्था, अन्तरिम विधान र अन्तरिम सरकारको निर्माण गर्नु पर्ने कुरामा जोड दिइएको छ । यस सर्न्दर्भमा सम्पुर्या सत्ता वृहद् लोकतान्त्रिक राजनीतिक सम्मेलनलाई हस्तान्तरण गरعع भन्ने केन्द्रीय नारा तय गरिएको छ । साथै विभिन्न पार्टी जातीय तथा क्षेत्रीय मोर्चाह؟ र नागरिक आन्दोलनकारीहरु वीचमा वृहद् लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न पहल गर्ने ठेगान पनि भएको छ । केन्द्रीय स्तरमा त्यसको ठोस जिम्मा क.बाबुराम भट्टर्राई. क.देव गुरुङ र क.खिमलाल देवकोटालाई दिइएको छ र स्वायत्त गणतन्त्रह؟ र विभिन्न मोर्चाहरुको स्तरमा पनि गणतान्त्रिक मोर्चाहरु निर्माण गर्न सकिने निर्णय भएको छ ।
१५ जेठ २०६३………………….
(बाबुराम भट्टर्राई)
संयोजक,
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल

प्रेस विज्ञप्तीनेपालीमन,May 29 5:39 am

आखिल यूरोप नेपाली एकता समाज

प्रेस वक्तव्य

ऐतिहासिक जन-आनदोलन२०६२-२०६३मा नेपालका आम तह र तप्काका नागरिक मात्र हैन नेपाल बाहिर विश्वका विभिन्न मुलुकहरुमा बस्दै आएका नेपालीहरुले पनि विभिन्न माध्ययमबाट जन आन्दोलनमा सहभागी भए जसले नेपाली जनताको ऐतिहासिक आन्दोलनको विजय भएको छ । आखिल यूरोप नेपाली एकता समाजको तर्फबाट जन-आन्दोलनको क्रममा शहिद हुनु भएकाहरु प्रति भावपुर्ण श्रद्धान्जली अपर्ण्र् गर्दछौ । (more…)

प्रेस विज्ञप्तीनेपालीमन,May 20 5:44 am

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

आज सात दलको सरकारद्धारा प्रस्तावित तथा पुर्स्थापित संसदद्धारा पारित घोषणापत्रलाई हाम्रो पार्टी १२-बूंदे समझदारी र नेपाली जनताको ऐतिहासिक आन्दोलनको एक विजयकारुपमा स्वागत र र्समर्थन गर्दछ । यो घोषणापत्रले निरंकुश सामन्ती राजतन्त्रका विरुद्ध महत्वपर्ण जनैतिक कदमहरुलाई अभिव्यक्त गरेको छ । यस अर्थमा हाम्रो पार्टी य घोषणामार्फ आंसिक र राजनैतिकरुपमा मात्र भए पनि जनयुद्धको ऐतिहासिक पहलपुर्ववदेखि हामीले उठांउदै आएका धर्म निरपेक्ष राज्यलगायतका कतिपय मांग पुरा भएकोमा गर्वको अनुभूति पनि गर्दछ ।
(more…)

प्रेस विज्ञप्तीनेपालीमन,May 14 6:04 am

नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रिय कमीटीको वैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । उक्त वैठकका महत्वपुर्ण निर्णयहरु सहित प्राप्त प्रेस विज्ञप्ती तल प्रस्तुत गरीएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस विज्ञप्ति

हालै, नेपाली र्सवहारा वर्गको गौरवशाली राजनैतिक प्रतिनिधि ने.क.पा.माओवादी को केन्द्रीय समितिको विशेष बैठक अध्यक्ष क।प्रचण्डको अध्यक्षतामा सफलतापुर्वक सम्पन्न भयो । बैठकका महत्वपुर्ण निर्णयहरुको सारसंक्षेप र्सार्वजनिक गर्न यो प्रेस-विज्ञप्ति जारी गरिएको छ ।
१- बैठकको प्रारम्भमा पार्टी पुर्व केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका डिभिजन कमाण्डर क.किम बहादुर थापा -सूनील लगायत जनयुद्ध र जनआन्दोलनका सम्पुर्ण शहिदहरुको सम्झना र सम्मानमा मौनधारणसहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२- बैठकमा देशको नयां राजनैतिक परिस्थिति र पार्टीको नयां योजनाबारे अध्यक्ष क.प्रचण्डद्धारा लिखित प्रस्ताव प्रस्तूत गरियो । गंभीर वहश पश्चात् केन्द्रीय समितिको एकमतद्धारा पारित प्रस्तावको सार निम्नानुसार रहेको छ ।
क) प्रस्तावले केन्द्रीय समितिको गत ऐतिहासिक चुनवांग बैठकका राजनैतिक र फौजी निर्णयहरु मूलतः सफलतापुर्ववक कार्यान्वयन गरिएको निष्कर्षनिकालेको छ । उक्त बैठकका राजनैतिक निर्णय अनुसार सात संसदवादी राजनैतिक दलहरुसंग १२ बूंदे समझदारी कायम हुन सकेको र त्यहि समझदारीका आधारमा ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन अगाडि आएको कुरा प्रस्तावमा स्पष्ट गरिएको छ ।
ख) सडकमा प्रदर्शित जनताको अभूतपुर्व पहल, त्याग, शौर्य र बलिदान, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा केन्द्रीत भइसकेको पृष्ठभूमीमा وसंसदئ को पुनस्थापनाले जनआंकक्षालाई प्रतिनिधित्व गर्न नसकेको बरु त्यसले सामन्ती दरवारीया तथा वैदेशिक प्रतिकृयावादीहरुकालागि षडयन्त्रको ठांउ दिने गंभीर खतरा रहेको कुरा प्रति प्रस्तावले र्सतर्क गराएको छ । जनताको ऐतिहासिक पहलबाट निश्चित भइसकेको आफ्नो र्सवनासबाट बच्न सामन्ती तत्वहरु केही पछि मात्र हटेका छन् । यो स्थितिमा प्रस्तावले लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनैतिक शक्ति नागरिक समाज, जातिय तथा सामाजिक संघ संस्था एवं बौद्धिक व्यक्तित्वहरुका बीचमा गणतान्त्रिक मोर्चा बनाई आन्दोलनलाई संविधानसभाको निर्वाचन नहुंदासम्म जारी राख्नु पर्ने कुरामा विशेष ध्यान केन्द्रीत गरेको छ । (more…)

प्रेस विज्ञप्तीनेपालीमन,May 10 5:36 am

नेपाल कम्युनिष्ट पार्टी -माओवादी
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य
गत मंसिर ७ गते सात राजनैतिक दल तथा हाम्रो पार्टी वचि सम्पन्न १२ वुदे ऐतिहासिक समझदारी प्रति पुर्णप्रतिवद्ध हुदै संविधान सभा मार्फ अग्रगामी राजनैतिक निकासको पक्षमा हाम्रो पार्टी दृढतापुर्वक अघि वढीरहेको र्सवविदितै छ । १२ वुदे समझदारीको मर्म अनुसार जनयुद्धको क्रममा विभिन्न व्यक्ति वा राजनैतिक दलका कार्यकर्ताहरुको अन्यायपुर्ण तरिकाले कव्जा गरिएको घर जग्गा तथा सम्पत्ति सम्वन्धमा सम्वन्धितलाई फिर्ता गर्ने काम सुरु भैसकेको छ र वाकि काम संवन्धित व्यक्ति वा पार्टी कार्यकर्ता संग छलफल गरि पुरा गर्न स्पष्ट निर्देशन भैसकेको छ । त्यसरी नै वार्ता प्रकृयालाई सहज तुल्याउन युद्ध विराम र यस अनुरुप तयार भएको आचार संहिताको आधारभुत मर्मलाईर् इमान्दारीपुर्वक लागु हुने कुरा पनि हामी यहा“ स्पष्ट गर्न चाहान्छौ । हामी सत्ता पक्ष वाट पनि सोहि वमोजिमको प्रतिवद्धता र पालनाको अपेक्षा गर्दै वार्ता प्रकृयालाई अझै सहज वनाउन सत्ता पक्षवाट पनि देश भित्र र भारतमा वन्दी वनाईनु भएका हाम्रो पार्टी नेता तथा कार्यकर्ताहरुको स्रिघ्र रिहाईको प्रकृया सुरु गर्न विषेश अपिल गर्दछौ ।
२६ वैशाख ०६३ कृष्ण वहादुर महरा प्रवक्ता नेकपा -माओवादी

प्रेस विज्ञप्तीनेपालीमन,May 4 2:57 pm

नेपाल कम्युनिष्ट पार्टी माओवादी
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
(Central Committee )
प्रेस वक्तव्य
सात संसदवादी राजनैतिक दलको सरकारद्धारा हिंजो गरेको युद्धविरामको घोषणाका साथै हाम्रो पार्टी था यसका नेताहरुमाथि लगाइएका झुट्टा आरोपहरु खारेज गरि वार्ताका निम्ति गरिएको आवहानलाई हामी जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको आकंक्षा परिपुर्तीका दिशामा लिइएको एक सकारात्मक कदमकारुपमा स्वागत गर्दछौं । (more…)

प्रेस विज्ञप्तीनेपालीमन,April 26 7:27 pm

नेपाल कम्युनिष्ट पार्टी -माओवादी
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य

लोकतन्त्र, शान्ति र अग्रगमनकालागि हाम्रो पार्टी सात संसदवादी राजनैतिक दलहरुसंग १२-बुंदे समझदारी कायम गर्न तथा समझदारी अनुसार शान्तिपुर्ण जनसंर्घषमा समेत सक्रिय पहल लिएको कुरा र्सवविदितै छ । समझदारी र संर्घषमा भइरहेको संयुक्त पहललाई विश्वास गरेर नै सडकमा जनसमुदायले जनसंर्घषकै इतिहासमा वीरता र सिर्जनशिलताको नयां इतिहास रचना गर्‍यो । निर्सत संविधानसभा र गणतन्त्र, जनसंर्घषको प्रमुख नारा रआदर्श बन्न पुगेको कुरा दिनको घाम जत्तिकै र्छलङ्ग छ । नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वणिर्म अक्षरमा लेखिने वर्तमान जनसंर्घष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपुर्ण संर्घषको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ । यो विशिष्टताको गहन, अध्ययन, विश्लेषण र संश्लेषणको प्रक्रिया वौद्धिक र आम जनताका बीचमा समेत लामो समयसम्म चलिरहेको छ ।
तर, अहिले यसलाई सात दलको मात्र संर्घष भए जस्तो गरि कथित संसदको पुनस्थापनाद्धारा जनताले इतिहासमा प्रदर्शन गरेको महान संश्लेषण र आदर्शलाई अवमूल्यन गर्ने भयानक प्रयत्नहरु भइरहेका छन् । जनसंर्घषको एक प्रमुख शक्ति ने.क.पा.माओवादी लाई संवोधननै नगरि भएको कथित घोषणा र संझौता भित्र नेपाल र नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको महान पहल र आकंक्षाका विरुद्ध गंभीर षडयन्त्रका तानाबाना लुकेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।,
हाम्रो पार्टी नेपाल र नेपाली जनताको आधुनिक गणतान्त्रिक चेतनाका विरुद्ध हुने सबै प्रकारका षडयन्त्रसंग जस्तो सुकै मोर्चामा रहेर पनि प्रतिरोध गर्न कहिल्यै पछि पर्ने छैन । अहिले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंर्घष लाई निरन्तर उर्जाशिल राखि एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध, जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निर्सत संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्धेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टी यसै वक्तव्य मार्फ आजकै मिति देखि लागू हुने गरि तीन महिनाकालागि पूनः एकपक्षीय युद्धविरामको घोषणा गर्दछ । युद्धविरामको अवधिभर जनमुक्ति सेनाले कुनै आक्रमक फौजी कार्यवाही गर्ने छैन अपीतु सक्रिय रक्षाको अवस्थामा रहि जनसमुदायको सेवा र शान्तिपुर्ण परिचालन गर्ने काममा सक्रिय रहने छ । हाम्रो पार्टी विश्वास गर्दछ कि हाम्रो यो घोषणाले संविधानसभा, लोकतान्त्रिक गणतन्त्र र शान्तिको आकंक्षामा सडकमा पोखिएको जनसागरको उच्च सम्मानमात्र हुने छैन, त्यसलाई निरन्तर उर्जाशिल राख्दै इतिहासलाई एउटा तात्विक निष्कर्षम्म पुर्‍याउनसमेत मद्धत गर्ने छ । हाम्रो हृदय जनताको हृदयसंग जोडिएको छ ।
मिति - १३ वैशाख २०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा.माओवादी


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments