यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
सृजना/अलग संसार, नेपालीमन कवितानेपालीमन,September 3 1:08 pm

सभ्यताको चिसो सिंढी चढ्न नखोज तिमी
त्यहा त ठूला चट्टान भेटिन सक्छन्
आकाशको उचाईमा आफूलाई राख्न नखोज तिमी
त्यहा त अस्तित्व मेटिन पनि सक्छन् ।
भावनाको अन्धवेगमा नबग तिमी
किनारा लगाइ दिन पनि सक्छन् (more…)

नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 22 9:40 pm


मलाइ केटाकेटीको माछा माछा भ्यागुतो खेलको एक पटक बडो नराम्रो संग याद आयो । हुन पनि म बबुरो अनि मेरो सिन्का जत्रो हातले त्यो पाहाड जत्रो हातको माछा कसरी समाउन सक्नु जहिले पनि भ्यागुतो तर आस चाही मर्दैनथ्यो र अन्तीम अवस्था सम्म पनि जारी रहीरहन्थ्यो त्यो खेल माछा माछा भ्यागुतो आज नेपालमा जनता र राज्य सञ्चालकहरु बीच यही खेल त चलीरहेको छ नि ! बबुरो जनता भन्छ मलाइ अमन चयन देउ दुइछाक टार्न सहज बनाइदेउ अनि निर्धक्क बाँच्न सक्के वातावरण बनाइदेउ मलाइ मेरो हक र अधिकार लेउ तर राज्य सञ्चालकहरु चिच्याउदै भन्छ हामीले अमन चयन दिएका छौ, सुख शान्ती बाँडेका छौ तिमीहरुको औकात र हैसीयत सम्मको जे दिनु पर्ने हो सबै दिएका छौ तर असलीयतमा महगींको कुरुप आकृति दिन्छ शक्तिको सन्काह र बौलठ्ठी पन दिन्छ अनि ति बबुरा जनताको झुपडीमा डर , सन्त्रास र अनिकालको उपहार दिन्छ तै पनि हामीले लोकतन्त्रका सपना त्याग्न सकेका छैनौ आजसम्म भएको यही हो भोली यो हाम्रो बलिदान र योगदान पुन: एक पटक माछा माछा भ्यागुता नबनोस् एक पटक फेरी जुटौ र उठौ हामीले ढिला गरे इतिहासले हामीलाइ धिक्कार्ने छ शुभयात्रा !

नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 21 3:47 pm

नेपाल र नेपालीको आस्थामाथीको बलत्कार थियो त्यो महंगी । दुइ छाक टार्न धौ धो नेपालीहरुको दुखमय जीवनमा अर्को एउटा पन्छाइनसक्नु पाहाडको छेकबार थियो त्यो । आखीर निहुरीनै पर्यो त्यो निश्चीत भएर पनि किन यसो गरीयो यसको मतलब अझ सम्मपनि वा लोकतन्त्रको आगमन सम्म पनि हचुवा र मनगढन्ते निर्णयहरु भैरहेका छन् । देशमा दंगा र उत्तेजना फैलाउने कामहरु गरीरहेका छन् । यो त लोके सरकारको जनतामाथीको एउटा महंगो उपहारको कुरो भयो उता शिवसेना नामको जत्थाको त्यत्तिकै चलखेल रहेको खबर सुन्नमा आयो । हिन्दुस्थानमा बाल ठाकरे र राजठाकरेको शिवसेना जस्तै मनपरी सेना त होलानी यो पनि । अनि यो साच्चैको शिवसेना भए हिजो मात्र हिन्दु माहसंघका अध्यक्षको हत्या हुदा यो के हेरेर बसीरहेको थियो अहिले नेपाललाइ एउटा धार्मीक सहिष्णु राज्य बनाउने प्रयास भइरहदा भने के यीनको टाउको दुख्नु जरुरी छ तिम्रा शिव सेना त यीस शिव सेना भरत किशोर सिहं जस्तोलाइ बचाइराख्ने हरामी सेना हो कि हैन एकपटक आफैलाइ नियालेर हेर्न नभुलौ होला शुभयात्रा

सृजना/अलग संसार, नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 19 8:25 pm



हजारौ जनताको बलीदानीले लोकतन्त्रको अगमन भयो तर मलाइ कता कता लागीरहेछ लेकतन्त्र होइन दौरासुरुवाल तन्त्रको पो अगमन भयो त, चिल्ला पजेरोतन्त्रको पो त अगमन भयो त । हिजोको आलो घाउ अझ ताजै छ गौरवमय आन्दोलनका क्रममा अंग भंग भएका जनता सम्म न्यायको भिख मागीरहेका छन् तर श्री ३ गिरीजा बाबु र यसका भाइभारदारहरु दौरा सुरुवालमा पजेरोमाथी शयर गरेका गरेकै छन् । अब एक सय दिन वितेको लगत्तै पेट्रोलीयम पदार्थमा भाउ बढायो । भारदार मध्येका दारी महत जी भन्नु हुन्छ मुल्य वृदीको अर्को विकल्प छैन । किन छैन महत महाशय सामन्तको दरबारमा करोडौ रकम विना शिर्षक विनियोजन गर्न मिल्छ तर जनताको दैनिक उपभोग्य बस्तुमा सहुलियत दिनु मिल्दैन ? हेरौला महत महाशय यो रवाफ र धक्कुले कति दिन काम गर्ला अनि तपाइको छोटे माहाराज पद कतिदिन सम्म टिकी रहला । नेपाली दाजुभाइ हो यो निर्णय आफैमा निकै गलत निर्णय छ तर त्यसो भन्दैमा पटक पटक आफ्नै घर भत्काउनु के हाम्रो बुद्धिमानी ठहरीएला र ? त्यसैले यो हुलदंगा र तोडफोड भन्दा शान्ती पुर्ण आन्दोलनको मार्ग रोज्दा के होला मलाइ चाही यस्तो लाग्छ बाँकी तपाइहरुमै शुभयात्रा !

जनआवाज, नेपालीमन कविता 1:21 pm



हो राज्य सञ्चालनमा राज्यसंग पनि धेरै कठीनाइहरु हुन सक्छन्। सत्तामा पुग्ने वित्तिकै सबथोक ठिक ठाक रहन्छ भन्ने पनि छैन तर कम्तीमा हामी भोका नांगाको हितमा प्रयासहरु त हुनु पर्‍यो नि ! हामी पन्चान्नब्बे प्रतिसत नेपालीका लागी के त्यो प्रयास मात्र पनि हुन सक्दैन ? के राज्यको घाटा बेहोर्ने निहुमा सवै ऋणको बोझ हामी गरीव नेपाली माथी थोपर्नु जायज ठहरीन्छ ? डिजेलको भाउ बढ्यो मट्टीतेलको भाउ बढ्यो अब के यो बढेको भाउले सधैको लागी आयल निगमको घाटा पुर्ती हुन सक्छ त ? मलाइ लाग्छ हतियारको खेती र ब्यापार गर्न अनि सत्ता टिकाउन र सदैब आफु जिवीत रहीरहन राज्यले चलेको कुटील चाल हो यो । देशमा अमन चयन कायम गर्नुको सट्टा पुरातन विचारबाट देशको अर्थतन्त्र जोगाउन खोज्नेहरुको फाल्तु तरीका हो । यो कस्तो नियती हाम्रो सत्ता बाहीर रहदा त्यही मुल्यवृद्धि गरीनु हुन्न भन्छ जब सत्तामा पुग्छ लाजै नमानी सरासर भाउ बढाउछ । हेरौ अब कति नेपाली भोक भोकै पर्ने हुन अनि यो लोके सरकारले नेपालीहरुको लागी बाँडेको महंगी उपहार स्वयं लोके सरकारकै लागी पनि कति भारी पर्ने हो त्यो समयले देखाउला समयलाइ आफ्नो पोल्टामा हाल्न खोज्ने श्री ३ गिरीजाहरु र इतिहासलाइ उल्टो गतीमा हिडाउन प्रयत्नरत उनका भाइ भारदार अनि मतीयारहरु ( ऐमाले+काग्रेस =जम्मा भाइभारदारहरु ) लाइ अग्रीम शुभकामना नेपालीको आस्थाको बलत्कार गर्ने तिमीहरुको तुच्छ महत्वकाक्षा कहिले पुरा हुनेछैन शुभयात्रा !

सृजना/अलग संसार, नेपालीमन कवितानेपालीमन,August 17 10:08 pm



मलाइ भावनामा बग्न औधी मनपर्छ। पेशाले लेखापाल भएपनि मेरा प्राय समय साहित्य र देश विदेशका समाचार पढ्दैमा सकिन्छन् । अधिकासं ब्लग म कार्यलय समयमै लेख्ने गर्छु । यसबाट मेरो कार्यदक्षता बृदिका साथ साथै अनौठो अनुभुती मिल्छ मलाइ । कुरो केही समय पहिलाको हो । मेरा एक जना मित्र भर्खर साउदी अरब प्रवेश गर्ने वित्तिकै मसंग भेटघाट भयो र यही भेटघाटका क्रममा उहाले आफ्नी मायालु संग बार्तलाप गर्दा गर्दै सृजना गरेको थिए यो ब्लग । समय अभावको कारण पहिला त्यत्ति मिलाएर राख्न सकेको थिएन र आज मौका मिलाएर यसलाइ सजाएर राख्ने जमर्को गरेको हुँ । हुन त मलाइ राष्ट्रप्रेमले ओतप्रोत भावनाहरु लेख्न बढी मन पर्छ त्यसो त यो प्रसंग पनि हाम्रो जीवनको अति नजीकबाट सम्त्रन्ध राख्ने प्रसगं हो कतिलाइ मन पर्न पनि सक्छ कतिलाइ वकवास लाग्न पनि सक्छ। त्यसैले यसलाइ बढि विश्लेषणात्मक रुपमा भन्दा केबल मेरो भावना प्रस्तुतीको रुपमा स्वीकार गरीदिनुहुनेछ भन्ने आशा लिएको छु जदो !

नेपालीमन कविता, अविरलका कुरा 2:02 pm



हो कयौ आमाहरुको काख रित्तिएको छ । कति बुढी आमाहरुको चाहुरीएको अनुहार आशुँले सिम खेत जत्तिकै बनेको छ। कयौका छोराहरु आँखा सामुन्ने मारीएका छन् त कतिका छोरीहरु आँखा सामुन्ने बलत्कृत भएकी छे । हो हामीले सहनु सहेका हौ । हामीले भोग्नु भोगेका हौ त्यही अन्याय, अत्याचार, शोषण र दमनले जब निर्धाहरुको बस्ती लपक्कै छोप्यो तब बस्तीका युवाहरु उठे, बुढा पाकाहरु जुटे, विधार्थी, वकील, कलाकार सबै हातमा हात साथमा साथ मिलाएर त्यो सामन्ती किल्लामाथी धावा बोल्न पुगे । आँखीर एकदिन त्यो विलासी किल्ला ढल्यो तर वस्तीकै गद्दारहरुले तयसलाइ पुन मलजल गरीरहेका छन् सायद त्यो फेरी उठ्ने प्रयास गर्नेछ र त्यस समय यो देशका हरेक युवाहरुको वलीदानीको आवश्यकता पर्नेछ र एकाएक ति पुराना सामन्तीहरुको विनास संगै नया अर्ध सामान्तीहरु पनि खरानी हुनेछन् । यसका लागी हरेक युवाहरुले आफ्ना आमा संग भन्नेछन् आमा तिमीलाइ शहिदमाता बन्ने अवसर पो मिलेन कि ?

नेपालीमन कवितानेपालीमन,August 16 1:36 pm



समयको यो कालखण्ड हाम्रा लागी निकै चुनौतिपुर्ण छ । समयले हामीलाइ उपल्लो मानव वस्तीमा लैजाने निधो गरीसकेको छ तर पनि हामी यही सदियौ पुरानो सिनो वस्तीमा वस्न विवस छौ हो हामीलाइ त्यो सुन्दर वस्तीमा पुग्न औधी रहर छ तर अहिले हामी रोकीएको छैनौ कसैको बाटो हेरेर रोकीएका होइनौ बरु के उसले त्यो उपल्लो बस्तीको बाटो साच्चै बनाउला त त्यो हेर्नका लागी हामी अडीएका छौ। हामीमा धेरै धैर्य छ, सहनशीलता छ यसको मतलब हामी निरीह होइनौ कसैले हामीलाइ निरीह र विवसको रुपमा चित्रण गर्न खोज्यो भने उ यो इतिहासमा कलंकको रुपमा अध्यारा भित्ताहरुमा टासीनेछ । हो जब हामीले यी सबै हेरी सक्नेछौ र हाम्रो धैर्यको बाध समेत टुट्नेछ तब हाम्रा मुठ्ठी कसीनेछन् र वैरीका छातीमा एकाएक बज्रनेछन र यो तबसम्म निरन्तर भइरहनेछ जब सम्म लोकतान्त्रीक गणतन्त्र नेपाल संगै सुनौलो विहानीको उदय हुनेछैन त्यसैले आउनोस एक पटक हामी सबै हामी भएर अनुभब गरौ स्वयं हामी ………………………

नेपालीमन कवितानेपालीमन,August 10 3:49 pm

मजा त के मजा पिएर ज्युनुमा पो छ मजा
कोही पिएर जीउछन त कोही जीएर पिउछन्
आफु त यता न उताको धतुरे परीयो
रुदा रुदै हासेर बाँच्नुको के हुन्थ्यो र मजा ? (more…)

नेपालीमन कवितानेपालीमन,June 26 4:21 pm

समय अन्धकार सरी आइरहेछ वेगले,
कठोरताको प्यालाहरु पिउदै मसंग पौठेजोरी खोजिरहेछ
कति निर्दयी निर्दयीता पनि कति सम्म
खोस्न खोजिरहेछ निरन्तर,
कसैको बाच्ने अधिकार त कसैको लेख्ने अधिकार
त्यसैले म आफैसाग भाग्न खोजिरहेछु
त्यही नाथे समय साग पनि
तै पनि मडारिदै मेरै पिछा गरिरहेछ समय,
भो आजै सुम्पिदिउ मेरो जिन्दगी
त्यही निर्दयी समयलाई तर,
कता हो कता अनकन्टार भित्र,
मनका कुना कन्तराभित्र डर गर्जिरहेछ
कतै भावनाको वेगहरुमा हुत्याईदै
आत्म सम्मान र आत्मीयताका कल्पनाहरु
क्षण भरमै पल भरमै खरानी भै
दुनिया“को सामु पछारिदिने त होइन
त्यसैले निरन्तर नै सोच्दैछु
के म दुनिया सामु यसरी नै रहि रहन सकु“ला त -
आखिर देख्नु हेर्नु र सोच्नु बाहेक
के नै जानेको छु र तै पनि वास्तविकतामा,
कसैको मनोरञ्जन त कसैको पीडा बिसाउने चौतारी
अनि कसैको प्राप्तिको अभिलाषाहरुको
भिड लिएर आइरहेछ त्यो अभिशाप समय
मलाई झक्झकाइरहेछ मन वहकिने गरी
थाम्नै नसक्दा पनि पीडाको भारीहरु लिएर
सायद चौतारी सम्झेर हो वा आफ्नै सम्झेर हो
फेरि पनि दुष्मनझै पिछा गरिरहेछ निरन्तर निस्फिक्रि,
त्यही निर्दयी, त्यही कठोर समय ।


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments