- दीपशिखा
तिम्रो कल्पनाजस्तै
बाधिन्छन्, आखामा कालोपट्टी
र सोधिन्छन् र्सवत्र प्रश्नहरु
भिराइन्छन् हातमा हतकडी
र सोझयाउछन् सारा सस्त्रहरु
करुसाबका उन्मुक्त घर हुन् रे यी
ठिङगुराको यात्रामा सिकाइन्छ स्वतन्त्रता ! (more…)
-प्रवल घायल
शिशाको मुटु हुदैन, मन हुदैन
त्यसैले त्यो फुट्छ, रुदैन
न्याय र सत्य जनताका आदर्श हुन्
अन्याय र असत्य दुष्टका व्यवहार हुन्
माननीय मूल्य मान्यता दब्छ भने,
विद्रोह उठ्छ, उठिरहेको छ विश्वभरि
जब वर्ग संर्घष तीव्र हुन्छ
क्रान्तिले छलाङ्ग मारिरहेको हुन्छ
प्रतिकूलतामा अनुकूलता खोज्दै ।
हुनुपर्ने त लाल र निपुण दुवै हो
तर मर्न नजान्नेले जिउन पनि जान्दैन (more…)
धनेश्वर पोख्रेल
जलजला रिसाइसकेको छ
सिस्ने तात्तिइसकेको छ
कुमाख आक्रोसित भैसकेको छ
आजकल झिम्रुक र माडीमा पनि
तातो-तातो रातो-रातो पानी उम्लिदै छ
बबै भुकम्पको ज्वारभाटा ओकल्दै छ
धौलागिरीमा छाया परेको देखेर
रिडी-गण्डकी र ढोरपाटनहरु
आजकल धेरै सलबलाउन थालिसकेका छन्
यहा“ कतै माउसुलीहरु त पसेका छैनन् ? (more…)
इश्वरचन्द्र ज्ञवाली
हिमपातले पनि रोक्न सकेन
वर्षतले पनि रोक्न सकेन
चीसो सिहिरेटो/ठिहिरेटो वा
झन्झावातले पनि रोक्न सकेन
भीषण उकालोले पनि हाम्रो यात्रा
सकेनन् रोक्न । (more…)
राजन वम -सामाना परिवार
ऊ मरेको होइन आस्था, आस्थाको दियो बनेको छ
रगत बगेको होइन आगो, आगोको झिल्को बनेको छ
सृजना टिप्न जनतासगै पाइला चाल्ने ऊ
न्यायको प्रभा सृष्टि गरी सुन्दर बन्यो ऊ
संर्घष बन्यो छाती उसको मेघ झै गर्जेर
युगीन भयो अथक यात्री महान् बनेर (more…)
लोकेन्द्र विष्ट
बेऊर जेल, पटना, भारत
जर्मनीमा एकखाले ट्याङ्कको अविष्कार भयो
बहु-उपयोगी सो बाहन आयुधको निर्माणमा
दाह्रीवाल बाजेहरु त कम रगत-पसिना खर्चेनन्
उन्नाइसौं शदीको पुवार्धमा
श्रम,पुजी र विचारको संश्लेषणमा
एउटा कालजयी अस्त्र-उपकरण बन्यो
जसले विश्व र्सवहारावर्गलाई विपुल शक्तिशाली बनायो (more…)
-हिरामणी दुःखी
मेरो उसलाई सलाम छ
जसले मृत्युको परिभाषा सिकायो
जीवनको असलियत सम्झायो
मान्छे हुनुको र्सार्थकता बुझायो (more…)
-अविरलयात्री साउदी अरब
भो पुग्यो सहिनसक्नु भो अब
लोकको छातीमा निरंकुश बुट बज्रीरह्यो जब
लोकले एकस्वरले भनि रहेछन् लोकतन्त्र खोज
त्यसैले निरंकुश राजा अब देश छोड
सदीयो पुरानो तिम्रो जर्जर आकृति
हिटलर र बुस भन्दा पनि अगाडि तिम्रो निती
चाहिदैन नेपाल र नेपालीलाइ एकतन्त्रीय शासन
त्यसैले कुरुप आकृति अब देश छोड
घेर्ने छौ सिहंदरबार लाखौ श्रमजीबिहरुको साथले
हेर्ने छ दुइकरोड नेपाली अनि दुनियाले
भोली मागेर पनि माफी नमिलोस्
त्यसैले निरंकुश आकृति अब देश छोड
रगतको खोलो बगायौ दरबारमा हिजो

बगीरहेछ त्यस्तै रगत सडक गल्लीहरुमा आज
स्वीकार्नै छ गल्ती एकदिन उभिएर लोकमाझ
त्यसैले निरंकुश आकृति अब देश छोड
नछोडे धरै छैन भागरे पनि कहा जाने हो
टिक्दैन अब त्यो तिम्रो नौटंकी अनि हावाको महल
त्यसैले बाँच्नकै लागि मात्र भए पनि
निरंकुस राजा बेलैमा देश छोड
अजयदीप
उज्यालोको खोजीमा
संर्घष्रत पहाडहरु

Efectivos del EPL en la localidad de Musiriya. Photo/ AP Bhat
तस्वीर स्रोत क्रान्तीकारी नेपाल ब्लग
जारी छ क्रान्तिको जंग
असंख्य असंख्य परिवारको
साझा स्वामित्वमा जन्मिरहेका छन्
अजम्वरी कम्युनहरु
रगत बग्दैका पहाडहरुमा । (more…)
-दिर्ग्दर्शन, रुकुम -महत लावाङ)
यात्रा लामो भयो भन्ने लाग्छ भने
बाइस वर्षलामो
चिनिया क्रान्तिको इतिहासलाई सम्झ
र सान्त्वना दिंदै थकित पाइलाहरुलाई
लम्किरहु अझै अग्लो शिखर चुम्नलाई ।
संसार तर्न हिंडेका योद्धाहरुलाई
खहरे खोलाले बगाउन खोज्दछ भने
घृणाले तिरस्कार हिमाल, प्रभात र आलोकहरुलाई
सम्झ युगीन दस्तावेज कोरेका शहीदहरुलाई
र अथक यात्रा गर्दै जाऊ (more…)
