झिरमा उनीनु एउटा कुरा
तिम्रो पिरमा उनिनु अर्कै कुरा
आसु भर्दै नझर्ने कस्को हो र ?
झर्नु नझर्नु अर्कै कुरा

जीन्दगी तुफान संग पनि जुध्न सक्छ भन्थे
हरेक पल पल दुनियाँको साथ मिल्छ भन्थे
संसारमा जीवन भन्दा प्यारो अरु हुन्न अरे
त्यही जीवन भन्दा प्यारो तिमी छौ भन्थे
साएद तिमीलाइ बुझेर होला हृदयदेखीनै
छाडी गयौ तै पनि तिम्रो विवसता भन्थे
अनि मेरो भुल भए सहजै सुधार्छु पो भन्थे
आफ्नै सम्झी प्राण दिए तिमीलाइ
तिम्रै मनमन्दीरमा सजीएर पो बस्छु भन्थे
अब जीवन धुजा धुजा भयो कसरी जोडौ
तिमी विना यो जीवन अधुरो हुन्छ भन्थे
यी हेर त कति रमाउदै बाँचेको छु आज
हिजो तिमी विना जीउँदीन पो भन्थे
आजको मलाइ हेर त एक पटक
हिजो तिमी विना म अपुर्ण पो भन्थे
नेत्र प्र शर्मा,माल्दिभ्स
सकिन तिमि सङ्ग हिजो मैले प्रस्ताब कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भयर बस्दा मलाइ।।
छन त छदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भयर देखाउन नमिल्ने तिम्रो आखामा।। (more…)
रेवती कुमार श्रेष्ठ
तिमी प्रति मेरो प्रस्ताव हिजो पनि नगएको हैन
आज सम्म मेरोमाया तिमी मिम्ती कम भएको छैन
तिमी रोएको वयान गर्न यो जीवनमा
मेरो मन सफलताको कलमले आज पनी हात नधोएको हैन
तिमीले लत्याएर मलाइ जातको कुरा उठाउदा (more…)
साथ दियौ हात दियौ अनि फेरी घात दियौ
कुरी बसे पुर्णीमालाइ औसीको रात दियौ
उपेक्षानै प्यारो भए थाम्यौ किन हात मेरो
बाँचा कसम झुटा रैछन् पराइको साथ दियौ (more…)
हिजो तिम्लाइ साथ दिदा तिम्रै नामको बात लाग्यो
छोडी गयौ आज कतै मन मन्दीरमा घात लाग्यो
कति कमजोर रैछ साइनो बेखबर टुटी दिने
हरेक रात कल्पनाको नजानीदो मात लाग्यो (more…)
कालो बादल मडारिदै सुर्यलाई छोपे जस्तो
समयले तलाई छोप्दा टोलाएर कतै बस्दे
अपजसको घेरा भित्र तिरस्कारको डोको बोकी
भरियाझै लुरुलुरु बेदनाको भारी बोक्दै
आफैलाई दोषी ठानी पिंजडामा कैद गर्दे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे
समयको पर्खाइमा पलहरु खतम गर्दै
भावनाको डुगांहरु खियाउन छाड्दे
कस्तो रैछ जिन्दगानी परिभाषा खोज्दै
खोक्रा ती आदर्शलाई पछ्याउन छाड्दै
जिन्दगीमा कैल्ये काही त खुसीसंग बाँच तैले
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे !
चैतको मौसमसँगै उडाएका सपनाहरु
खै कता छन् दोबाटोमा दुनियाँलाई सोध्न छाड्दे
नत तेरो कर्म ठूलो न त भाग्य रै छ बलियो
कही कतै जिन्दगीलाई मक्याउन छाड्दे
हातमा भए कलम एउटा गीत तैंले लेख्दे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे !
असम्भव त्यो गोरेटोमा हिड्ने सपना टुक्रा पार्दै
मन भित्रका भावनालाई निमोठेर मार्दे
कसैसंग मीठो बचन आश गर्न छाड्दे
के छ भनि सोधे भने राम्रै छ नि भन्दे
के गर्छस त कर्मै खोटो भाग्यलाई दोष नदे
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे !
स्वार्थको भण्डार भित्र सुःखसंग ज्युन खोज्दै
सहजताको परिभाषा धमिल्याउन छाड्दे
भन्छन् जीवन मूल्यवान छ रे ,
सधैभरी यस्लाईपनि अमिल्याउन छाड्दे
भेटिस् भने दोबाटोमा निर्धक्कले हाँस तैले
अभागी छस् अविरल तँ दुनियाँलाई दोष नदे !
अग्निद्वीप
शरीर तिम्रो ढलेपछि मशाल हाम्ले जलाएछौ
रगत तिम्रो बगेपछि शिविर हाम्ले चलाएछौ ।
दुश्मनको ताती आयो चट्याङ बनी जाई लाग्यौ
तिम्रो गर्जन सुनी हाम्ले दुश्मन भीरमै ढलाएछौ ।
रगत तिम्रो शरीर तिम्रो
बलिदान तिम्रो भयो जीत भयो जनताको
त्यही जीतले देशभरि नै दुश्मनलाइ गलाएछौ ।
रगत तिम्रो शरीर तिम्रो
बाँकी तिम्रो सपनालाई पूरा गर्ने कसम खान्छौ
सपना त्यो पूरा गर्न बन्दुक दह्रो समाउछौ ।
रगत तिम्रो
शरीर तिम्रो
(धादिङको डाडाखर्क मोर्चामा शहादात प्राप्त गर्नु हुने पाचौ व्रिगेड, नया बटालियनका योद्धाहरु क.रमेश, क.छिरिड, क.हुकारप्रति र्समपित।)
कोपिला शर्मा
आजभोलि सबको निन्द्रा एकैचोटी जागिरहेछ
दिन दहाडै इतिहासको बूढो गिद्धलाई ताकिरहेछ ।
नाङ्गनि नि अति साह्रै नाङ्गीयो नि बूढो गिद्ध
बिद्रोहको आगो बाल्न जनतालाई डाकिरहेछ ।
अब देख्न थाल्यो क्यारे आफ्नो काल आफैंभित्र
सिनो देख्दा पनि गिद्ध दच्किएर भागिरहेछ ।
अ“ध्यारो यो दुनियाँ नि हुन्छ भने झिलिमिली
आफैं जली मैनजस्तै पग्लिन मन लागिरहेछ ।
सम्झदै छु झलझल्ती इतिहासका अमर शहीद
ब्युँझ युवा ! देशले फेरि वलिदान मागिरहेछ ।।
-साभार जनादेश
गाउलेको त म सधै घरघरमा छु
भन्नै पर्दा देश छाड्ने तरखरमा छु
उफ् उकाली चढ्ने की ओराली झर्ने
अझै पनि धरमरमा छु
अघि वढ्ने त बगीसके नदिसरी
आफु त ढुंगा परे बगरमा छु
पत्राचारनै गर्न छाड्यौ फेरी
लत्यायौकी कतै बेखवर छु
जब जल्यो गाजलमा पुत्ला
तब कसैको मायालु नजरमा छु
राजकुमार अर्याल -पुत्ला
