पर्खी बसे चौतारीमा तिमी आउने भर छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
कुरा काट्छन् बैरीहरु तै पनि केही चासो छैन
पर्खिबसे दोवाटोमा दिने केही नासो छैन
रुदै बसोस् एकान्तमा आखामा आसु छैन
हासीदिन निर्धक्कले ओठ्मा हास्ने हासो छैन (more…)
सभ्यताको चिसो सिंढी चढ्न नखोज तिमी
त्यहा त ठूला चट्टान भेटिन सक्छन्
आकाशको उचाईमा आफूलाई राख्न नखोज तिमी
त्यहा त अस्तित्व मेटिन पनि सक्छन् ।
भावनाको अन्धवेगमा नबग तिमी
किनारा लगाइ दिन पनि सक्छन् (more…)
हजारौ जनताको बलीदानीले लोकतन्त्रको अगमन भयो तर मलाइ कता कता लागीरहेछ लेकतन्त्र होइन दौरासुरुवाल तन्त्रको पो अगमन भयो त, चिल्ला पजेरोतन्त्रको पो त अगमन भयो त । हिजोको आलो घाउ अझ ताजै छ गौरवमय आन्दोलनका क्रममा अंग भंग भएका जनता सम्म न्यायको भिख मागीरहेका छन् तर श्री ३ गिरीजा बाबु र यसका भाइभारदारहरु दौरा सुरुवालमा पजेरोमाथी शयर गरेका गरेकै छन् । अब एक सय दिन वितेको लगत्तै पेट्रोलीयम पदार्थमा भाउ बढायो । भारदार मध्येका दारी महत जी भन्नु हुन्छ मुल्य वृदीको अर्को विकल्प छैन । किन छैन महत महाशय सामन्तको दरबारमा करोडौ रकम विना शिर्षक विनियोजन गर्न मिल्छ तर जनताको दैनिक उपभोग्य बस्तुमा सहुलियत दिनु मिल्दैन ? हेरौला महत महाशय यो रवाफ र धक्कुले कति दिन काम गर्ला अनि तपाइको छोटे माहाराज पद कतिदिन सम्म टिकी रहला । नेपाली दाजुभाइ हो यो निर्णय आफैमा निकै गलत निर्णय छ तर त्यसो भन्दैमा पटक पटक आफ्नै घर भत्काउनु के हाम्रो बुद्धिमानी ठहरीएला र ? त्यसैले यो हुलदंगा र तोडफोड भन्दा शान्ती पुर्ण आन्दोलनको मार्ग रोज्दा के होला मलाइ चाही यस्तो लाग्छ बाँकी तपाइहरुमै शुभयात्रा !


मलाइ भावनामा बग्न औधी मनपर्छ। पेशाले लेखापाल भएपनि मेरा प्राय समय साहित्य र देश विदेशका समाचार पढ्दैमा सकिन्छन् । अधिकासं ब्लग म कार्यलय समयमै लेख्ने गर्छु । यसबाट मेरो कार्यदक्षता बृदिका साथ साथै अनौठो अनुभुती मिल्छ मलाइ । कुरो केही समय पहिलाको हो । मेरा एक जना मित्र भर्खर साउदी अरब प्रवेश गर्ने वित्तिकै मसंग भेटघाट भयो र यही भेटघाटका क्रममा उहाले आफ्नी मायालु संग बार्तलाप गर्दा गर्दै सृजना गरेको थिए यो ब्लग । समय अभावको कारण पहिला त्यत्ति मिलाएर राख्न सकेको थिएन र आज मौका मिलाएर यसलाइ सजाएर राख्ने जमर्को गरेको हुँ । हुन त मलाइ राष्ट्रप्रेमले ओतप्रोत भावनाहरु लेख्न बढी मन पर्छ त्यसो त यो प्रसंग पनि हाम्रो जीवनको अति नजीकबाट सम्त्रन्ध राख्ने प्रसगं हो कतिलाइ मन पर्न पनि सक्छ कतिलाइ वकवास लाग्न पनि सक्छ। त्यसैले यसलाइ बढि विश्लेषणात्मक रुपमा भन्दा केबल मेरो भावना प्रस्तुतीको रुपमा स्वीकार गरीदिनुहुनेछ भन्ने आशा लिएको छु जदो !
आजकाल कुकुरहरुको विगविगी छ
कहिले कस्तो कुकुर कहिले कस्तो
कालो रातो खैरे टाटे पाटे
हरेक रगं र रुपमा जताजतै कुकुरै कुकुर
कहिले के भुक्छ कहिले के
पत्तै नपाइ थाहै नभइ
भुकेको भुक्यै छ
फेरी इतिहासको कालखण्डमा
एउटा अर्को कुकुर निस्कीयो
उ अलि भकभके छ
भुक्दा विचविचमा अड्कन्छ
उसले जे बोल्छ त्यो पुर्याउदैन
प्रयजसो कालो रंगमा देखीने यो
बेलाबेलामा मालिकतिरै फर्केर भुक्छ
अस्तीमात्र हो मालीकले जञ्जीरले बाँधेर खोरमा जाकेको
त्यसताका मालीकलाइ सराप्नु सराप्यो
किनकी उ भोको थ्यो
अहिले उ आजाद छ
त्यसैले त उ चोकचोकमा भुक्छ
तर विडम्बना मालीकलाइ बचाएर भुक्छ
शाही रक्षानमुखी भएर भुक्छ
भुक्दा भुक्दै अन्नदातालाइ पनि टोक्लाकी
बचेर त हिड्नै पर्छ
किनकी त्यो शाही रेवीज लागेको
विमारी कुकुर हो
बुढो सिहं, लोभी स्याल र धुर्त व्वासाहरु
मनोरम जंगल,
जंगलमा जिनतीन जोहो गरिरहेका प्राणीहरु
सुख दुखको कहानी कोर्दै बाँचीरहेका
ति विचरा प्राणीहरु
त्यही जंगल, त्यही दुश्यका बिच
एउटा देख्दै घृणा जाग्दो सिहं
उसको उत्तराधिकारी त्यो छोटो सिहं
कुनै दिन त्यो जंगलको ठेकेदार थियो
काम ठेक्कापट्टाको
यताको मुर्ती उता लैजाउ
बेच्नु बेच्यो, मन्दीर सक्कायो
लगभग जंगल धार्मीक र पुरातात्वीक वस्तु विहिन भयो
जंगलमा दुइ तिन उधोग खोल्यो
वार धायो, डिस्को धायो
क्यासीनो छिर्यो कुट्नु कुट्यो
जंगलमा संगीत सृजेर बाँच्नेहरुलाइ मार्यो
हुँदा हुँदा आफ्नै साख्खै दाइलाइ मार्यो
भाउजु, भतिज भतिजी छानीछानी मार्यो (more…)
अब त गिर्जाका जालझेल र देउवाको नाटक औधी भो
माकुनेका चिल्ला भाषणले कान सुन्नियो
त्यसैले यी सबलाइ जेल भित्र कोचेर हुन्छकि
यीनका डडान्लोमा कोर्रा ठोकेर
हे नेपाली दाजुभाइ हो
जसरी भएपनि अब मलाइ स्थायी शान्ती चाहियो (more…)
उसलाइ दरवारको जुठो औधी मनपर्छ
त्यसैले शाहि रक्षान तिर फर्कीएर र्याल चुहाइरहन्छ
हत्यारा ज्ञानेन्द्रेको अगि पछि
पुच्छर हल्लाइ रहन्छ
परिआए आफ्नो शुभेच्छुक
र शुभचिन्तकको सातो लिन खोज्छ
अनि लुत्रुक्क परेर पुच्छर हल्लाउदै शाही रक्षानको
पेरीफेरीमा घुमीइरहन्छ
किनकी उ कुकुर हो
उसलाइ कुर्सी औधी मनपर्छ
त्यसैले मर्ने उमेरमा पनि कुर्सीमै टासीइरहन्छ
बुढो भए पनि ज्याद्रो पो छ
जिवनभर लडाइ चर्काइ रहन्छ
अब त पक्लक्क मर्ला
र मानव जातिलाइ चयन होला कि भनेको
अझै भुक्दै
उहि शाही रक्षानको पेरीफेरीमा पो हल्लीरहन्छ
सबै भन्छन हत्तपत्त त्यो मर्दैन
किनकी त्यो बुढो कुकुर पो हो त
अरु प्राणीहरुलाइ पनि यसले
कुकुर बन्न प्रेरीत गरीरहन्छ
आफुलाइ कुकुर हरुको दादा सम्झन्छ
तर हेर्नमा लुते छ
सधै बाघझै गर्जेको भान पारीरहन्छ
किनकी उ कुकुर हो
भुस्याहा कुकुर पो हो
उ शाही कुकुर पो हो त
देश रगताम्य छ
सडक गल्लीमा जनआवाज उर्लिएको उर्लीएकै छ
दिनदिनै रगतको खोला बगेकै बग्यै छ
तानाशाही वुट निर्दोश जनताको छातीमा बर्षेको छ
यो अवस्थामा म विदेशी भुमीमा कसरी जीउला
लामो लस्कर जनताको निडर बढेको बढ्यै छ
खोइ लालची नेताहरुले फेरी समर्पण गर्लान कि
मनभित्र एकखालको भयले सताएको छ
सकिन्छ कि केही गर्न प्रवासबाटै
त्यसैले दौडदा दैडदै दिन वितेको छ
मन भाँचीएर नेपाली जनताको आस्थामाथी जोडीएको छ
यो संगीन घडीमा मृकदर्शक भएर
परदेशमा म कसरी बाँचुला
लाखौ त्यो नेपाली जनताको लस्करमा आफुलाइ नपाउँदा
भित्र भित्रै मन पाकेको छ
बाँच्नुको अर्थ हिनताले भोक हराएको छ
भत्कीएको घर र चुहीएको छानोले परदेशमै बस्न उर्दी छोडेको छ
अहिलेनै उडेर पुगौ कि त्यो जनसागरमा झै लाग्छ
मन देशमै छाडेर परदेशमा म कसरी जिउँला
अर्धमृत र अर्धचेतन भएर परदेशमा म कसरी जिउँला
तानाशाही बन्दुक जनताको छातीमा बज्रदा
म आँखा छोपेर परदेशमा कसरी जिउँला
कसरी जिउँला
अलखोबर साउदी अरब
नयाँ वर्ष तिमी परिवर्तन लिएर आउनु
प्रतिगमनका स्पष्ट खतराहरुसगै
सुसेल्दै र नियाल्दै अघिबढिरहेको समय
आज अन्तिम भइसकेछ
हिजो सिस्नेको लेकहरु रक्ताम्मै पारेर
हाँस्दै र रुदै गरेको यो समय
आज सदाको लागि विदा भइसकेछ
सडकमा लामा लस्कर छ लोकतन्त्रका खातिर
गाँउ बोल्न थालेको छ बस्ती चल्मलाएको छ
अब त साच्चै यो नया बर्षमा सुनौले विहानी देखीनु पर्छ
अब त घाम लाग्नु पर्छ, हो बिल्कुलै सुनौलो घाम
पुराना संरचनाहरु जो रुढिवादी छन्
ती वैमनश्यता र वैभवका मुरीहरु
जुन मानवीयताको विरुद्ध छन्
हो पुरानो वर्षो तीतो परिकल्पनाहरु मेटिनु पर्छ
जुन नेपाल र नेपालीको मर्ममा आहात र्छछन्
नयाँ वर्षतिमी सिस्नेको लेक भएर आयौ भने,
जलजलाको पनि खबर सोधेर आउनु है,
थवाङको बस्ती तिमीले भेट्यौ भने
मेरो मीठो सम्झना सुनाएर आउनु है (more…)
