यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
अविरलका कुरा, अविरलका कुरानेपालीमन,August 13 8:30 pm

हो उनी सहजै उमेरका हिसबले पाका हुन् त्यो अर्थमा मैले उनलाइ सम्मान गर्नै पर्छ, त्यो मेरो नैतिक दायीत्व पनि हो तर यसो भन्दैमा उनका सबै कुविचारहरुलाइ म मान्ने पक्षमा छैन र यसो गरीयो भने सम्भवत वर्तमानमा मेरो ठुलो भुल हुनेछ र ति जुझारु सहीदहरु प्रति खपीनसक्नु अपमान हुनेछ। हो इतिहासका किताब लेख्नेहरुले सात सालका क्रान्ति, सत्र सालका क्रान्ती अनि छयालीस सालहरुका क्रान्ती सबै खुलस्त लेखेका छन् र सम्भवत अधिकासं नेपालीहरु यसप्रति जानकार छन् भन्ने मान्दछु। हो इतिहास जित्नेहरुले लेखेका छन् या त जीत्नेहरुका नाममा लेखीएका छन् अनि ति जीत्नेहरु बहादुर हुन मेरो आसय के हो भने सधै बहादुर हरुले इतिहास जित्छन् अनि आफ्नो नाममा लेखाउछन् जो गद्दार छन् उनीहरु समयको साचोमा अल्झीएर आफ्नो नाम इतिहासको अध्यारो पाटोतिर लेखाउन पुग्छन् हो मलाइ लाग्छ हाम्रा गिरीजा बा पनि यही अध्यारो पाटोमा आफ्नो नाम थोपर्ने प्रयत्नमा छन्।राजा चाहिन्छ या चाहिन्न भन्ने प्रश्न त्यत्ति सान्दर्भीक प्रश्न होइन जसले हिजोका जनउभार देखेको छ र आत्मा बाटै त्यसलाइ मनन गर्ने हैसीयत राख्छ उ फेरीपनि त्यही पुरानो र जर्जर राजतन्त्रको पछाडी आँसु झार्न लालायीत हुदैन । (more…)

जनआवाज, मानवअधिकार, अविरलका कुरानेपालीमन,June 27 4:16 pm

पुन: प्रकासीत
-नुवाकोटबाट कपिलदेव खनाल (गतिशील समय) को सहयोगमा
चार वर्षेखि लोग्ने फर्केर आउने आशामा बाटो हेरिरहेकी नुवाकोट थानसिंङकी लक्ष्मीदेवी श्रेष्ठका आँखा अझै थाकेका छैनन् । नाम चलेका थुप्रै ज्योतीषलाई ‘चिना’ हेराउँदा लोग्ने जीवित नै रहेको बताएपछि सपनीमा पनि लक्ष्मीदेवीले लोग्ने फर्किएको देख्छिन् २४ चैत्र २०५८ मा थानसि७ बेलासपुरवाट नेकपा -माओवादी) का तत्कालीन थानसिंङ गाजस प्रमुख गोरेबहादुर श्रेष्ठ -वर्ष४२) लाई सुरक्षाकर्मीर्ले गिरफ्तार गरेको थियो । तर, दुइ दिनपछि सञ्चार माध्यममा प्रशारित समाचारले र्सूयमती-ढिकुरेमा भएको भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको उल्लेख गरेपछि लोग्नेको लाश माग्न आएकी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ‘कहाँकहाँ को को मर्छ, सबै लाश हामीसँगं हुँदैन, तपाईको मान्छे मरिसकेको छ, जानुस् किरीया बस्नुस्’ भन्ने जवाफ दिएर फर्काएको थियो ।

‘घर छाड्ने बेलामा लाश नहेरिकन किरीया नगर्नु र पहिरन नफेर्नु भन्नुभएको थियो । त्यसैले वहाँको मृत्युको विश्वास नै लाग्दैन’ रातै पहिरहनमा रहेकी लक्ष्मीदेवी भन्छिन् । सैनिक हिरासतमा केही दिन संगै थुनीएका पुष्प धिताल, शिवराम कुलामीलगायतकाले २६चैत्र २०५८ सम्म गोरबहादुरलाई भेटेका थिए । उनीहरुका अनुसार २६ गते बेलुकीसम्मको खाना संगै खाएका थिए । २६ गते राती ९ बजे बैरेनी ब्यारेक -गल्छी) मा लान भनी मैथली तालीम केन्द्र बिदुरबाट सेनाले गोरेबहादुरलाई गाडीमा हालेको थियो । संगै गाडीमा राखिएका शिवराम कुलामीलाई केही समयपछि ब्यारेकमा नै ओरालिएको थियो तर श्रेष्ठलाई ओरालिएको थिएन । धिताल र कुलामी आठ महिनामा हिरासत मुक्त भएका ब्यक्तिहरु हुन् । केही ब्यक्तिहरुले गिरफ्तारीमा परेको एक महिनापछि पनि गोरेबहादुरलाई ब्यारेकमा देखेको उनको आफन्तलाई जानकारी नगराएका होइनन् । समातिएको ४५ दिनपछि दाजु भेट्न बहिनी ठूलीकान्छी श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बिदुर आएकी थिइन् । तपाईंको दाइ अग्लो गोरो चाहिं हो -’ प्रश्न गर्दै एक प्रहरीले भनेका थिए-’खाना खान लगिएको छ, एक घण्टापछि भेट्न सकिन्छ ।’ कुराकानीको क्रममा ती प्रहरीले उनलाई शिक्षक भएर पनि दाइ किन माओवादीमा लागेको भनी सोधे । ती प्रहरीका अनुसार पनि दाइ त्यहीं थिए, ठुलीकान्छी विश्वाससाथ भन्छिन्-ठीक त्यही बेला हामीलाई राम्रैसँग चिन्ने स्थानीय एक ब्यक्ति दाइलाई नै भेट्न त्यहाँ पुगेका थिए । तर, त्यसपछि अर्कै मान्छेले फिर्ता पठाइदियो । २६ चैत्र २०५८ को विहान ४ बजेदेखि मात्र सेनाले गोरेबहादुर, पुष्प र शिवरामलाई शारीरिक यातना दिन सुरु गरेको पाइन्छ । गोरेवहादुरले शिव र पुष्प बेकसुर रहेको र सम्पूण् दोष आफ्नै रहेको बताएपछि उनलाई चर्को यातना दिइन थालियो । प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले पानीमा चोपल्दै कुट्दै गर्दा अर्धमुर्छित अवस्थामा रहेका गोरेबहादुरलाई विभिन्न घटनाहरुको जिम्मेवारी लिइएको कागज गराएका थिए । कागजमा थानसिंङका भूतपूव प्रहरी रामलाल जि.सी र चौघडाका सीताराम र्राईको हत्या आफुले गरेकोलगायतका अपराधहरुको बयान लेखिएको थियो । ‘तिनीहरुको हत्या माओवादीले गरेको त हो तर त्यसबेला वहाँ -श्रीमान) काठमाडौंमा हुनुहुन्थ्यो’, लक्ष्मीदेवी भन्छिन्-उक्त घटनाको खबर वहाँले तीन दिनपछि मात्र पाउनु भएको थियो । उनको गुनासो छ- चैत्र २६ पछिको स्थिति बारे परिवार अनभिज्ञ छ । २७ माघ २०५८मा र्सूयमती- ढिकुरेमा भएको सुरक्षाफौज र माओवादीबीचको दोहोरो भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको रक्षा मन्त्रालयको विज्ञप्तीको आधारमा नेकपा -माओवादी) ले उनलाई ‘शहीद’ घोषणा गरेको छ । रेडियो नेपाल तथा राजधानीका एफएमहरुबाट प्रशारित समाचारको आधारले १३ दिनको दिन पार्टी श्रेष्ठलाई शहीद घोषणा गरेको हो । उनकै नामवाट थानसिंङ गाविसलाई पार्टी ‘गौरी गाजस’ समेत नामाकरण गरिसकेको छ । झण्डै दुइ दशक शिक्षण पेशामा संलग्न श्रेष्ठले निरञ्जना प्रावि र्सूयमतिबाट उपदान लिएर जागिर छाडेका थिए । १ भदौ २०५८देखि श्रेष्ठले थानसिंग गाजस प्रमुखको जिम्मेवारी लिएका थिए । थानसिङ ५ दोबाटेस्थित घरमा गोरेवहादुर १० चैत्र २०५८ मा पुगेका थिए । भरोसा नभएर नै होला उनले श्रमितीलाई लाश नहेरी काजक्रिया नगर्नु भनेका थिए । माओवादीको पूण कालीन कार्यकर्ता भएपछि प्रायः काठमाडौ मै रहने श्रेष्ठ अन्तिम पटक घरमा आधा घण्टामात्र बसेर हिडेका थिए । २५ मंसिर २०५८ मा दुइ ट्रक सुरक्षाकर्मी गोरेबहादुरको घरमा पुगेको थियो । घर छापा मारेर केही लिखित सामग्री र नागरिकताको फोटोकपी बोकेर सुरक्षाफौज फर्किएको थियो जुनबेला श्रेष्ठ काठमाडौंमा थिए । यस घटनापछि लक्ष्मीदेवीले श्रेष्ठलाई घर आउन रोक लगाएकी थिइन् । ‘त्यो विहान एकैछिन बस्नुभो, खाली कस्तो कस्तो कुरामात्र गर्नुभो’ । के थाहा हामीलाई यही अन्तिम भेट हुन्छ भन्ने - सुँक्ककसुँक्कककगर्दै लक्ष्मीदेवी बताउँछिन् । गोरेबहादुरलाई गिरफ्तार गर्नुअघि सेना र प्रहरीले श्रेष्ठको परिवारलाई दिएको मानसिक यातनाको त हिसाब नै छैन तर गोरेबहादुरलाई समातिसकेपछि पनि उनको परिवारलाई विभिन्न किसिमका यातनाहरु दिइदै आएका छन् । काठमाण्डौमा अध्ययन र सामान्य रोजगारी गर्दै बसीरहेका श्रेष्ठको जेठो छोरा प्रदीप २८ मंसीर २०५८देखि नै मानसिक यातना खेपीरहेका छन् । दर्जनौं पटक ज्यान मार्ने धम्की आइरहेको छ- प्रदीप भन्छन्-माओवादीले खेती गर्न नदिएका गाउँका मान्छेको खेत रोप्ने जिम्मा तेरो हो भन्दै थर्काउने गरिरहेका छन् ।’ १६ माघ २०६० मा नेकपा -माओवादी) छापामारको ग्रिनेड विष्फोट हुंदा नजिकै रहेको १३ वषीय प्रमोद -गारेवहादुर-लक्ष्मीदेवीकी कान्छो छोरा) र्छरा लागि र्घाईते भएका थिए । उपचारको लागि त्रिशुली अस्पताल आईपुगेका आमा छोरालाई सुरक्षाकर्मीले हिरासतमा लिएका थिए । ‘लगाएको सबै गहना खोल्न लगाएर प्रहरीले आधा घण्टा थृन्यो लक्ष्मीदेवी भन्दछिन् । २०६० सालमा एसएलसी परीक्षा दिन बिदुर आएकी छोरी प्रतिमालाई पनि सुरक्षाकर्मीले दिनहुं बाटो छेकेर आतंकित पारे । अन्ततः परीक्षा सकिएको दिन गंगटे बजारवाट तारादल गणका सुरक्षाकर्मीले गिरफ्तार गरेर लगे । थानसिंगबाट आमा लक्ष्मीदेवी आएपछि एकदिन राखेर उनलाई छाडिएको थियो । ८ कात्तिक २०६२ मा थानसिंङस्थित घरबाट लक्ष्मीदेवीलाई माओवादी पालेको आरोपमा पुनः गिरफ्तार गरियो । र, भोलीपल्ट छाडियो । ‘तर, गिरफ्तार गर्नुको कारण खुलाईदैन’ सुरक्षकमीहरु आतंकित पार्न मात्र सक्रिय भएकोले पनि लोग्ने अझै जीवित रहेको अड्कल काड्छिन् लक्ष्मीदेवी । २४ माघ २०५८मा थानसिङबाट कम्प्यूटर बोकाएर लगिएका दुइ र्सवसाधारणसहित माओवादीको ‘कुमरी गाजस’का तामाङ्ग थरका कमाण्डर हालसम्म बेपत्ता छन् । कुमरीबाट समातिनेहरुमा र्सूयमतिका शिवराम पुलामी र बीरबल आलेमगर, चौघडाका रामबहादुर आचार्य र अन्य एक माओवादी कार्यकर्ता थिए । सुरक्षाफौजले कम्प्युटर बोकर गैरहेको अवस्थामा गिरफ्तार भएका चार जनालाई ३५ किलो -जुरेथुम) बजारसम्म पैदल हिर्डाई सुरक्षाफौजको गाडीबाट सदरमुकाम ल्याएको थियो । सदरमुकाम लयाउने क्रममा पुलामीलाई पछिल्लो गाडीमा र अन्य तीनलाई अघिल्लो गाडीमा राखेर ल्याइएकोमा हालसम्म बेपत्ता छन् । पुलामी गोरेबहादुरसँग समातिएर आठ महिनासम्म हिरासत बसेका ब्यक्ति हुन् ।

जनआवाज, मानवअधिकार, अविरलका कुरा 6:54 am

34 .POKHAREL, Arjun 26 November 2003
35 .POKHAREL, Kaushalya (f) 29 November 2003

यो सुचि कुनै डि. भि. चिठ्ठाको सुचि हैन अनि कुनै राष्ट्रिय अन्तराष्ट्रिय पदक विजेताको पनि हैन न त कुनै परिक्षाको परिक्षफलनै प्रकासीत गरीएको हो बरु यी नाम ति अभागी दाजु वहिनीको नाम हो जो अन्याय अत्याचार दमन शोषण्का विरुद्ध आवाज उठाउदा उठाउदै फाशिष्ट सेनाबाट चिलले चल्ला छोपे झै छोपीए । अनी त्याहा लेखीएको मिति चाही उनीहरुलाइ वेपत्ता पारीएको मिति हो । यो United Nations Office of the High Commissioner for Human Rights, Nepal ले मे २००६ प्रकासीत सन् २००३-२००४ मा माहाराजगंज व्यारेकमा थुनामा राखेर वेपत्ता पारीएकाहरुको सुचिमा समावेश नाम पनि हो । बाँकी विवरणहरु यस लेखको अन्त्यमा समावेश छन् कृपया हेर्न नभुल्नु होला —
मेरो स्मृतिमा त्यत्ति ताजा त छैन किन भने आज भन्दा करीव १०/११ वर्ष पहिला तिरको कुरा हो जव म नुवाकोट जिल्लाको थानपति गा.वि.स मा स्थापीत जनज्ञान माध्यामीक विधालयमा पढ्थे। म संगै अध्ययनरत वासुदेव पोख्रेल उसकी दिदी कौशिल्या पोख्रेल अनि म भन्दा दुइ ब्याज जुनीएर बैकुण्ठ पोखरेल यनीहरुलाइ म राम्ररी चिन्छु तर अर्जुन पोखरेल भने म भन्दा केही सिनीएर भएकोले त्यत्ति राम्रो भेउ छैन मलाइ। यी मध्यम वर्गीय परिवारका सदस्य हुन् । अरु स्कुले केटाकेटी जस्तै यीनीहरु पनि सामान्य नै थिय । जव समयले मानीसलाइ केही सिकाउदै गयो अनि यी स्कुले केटाकेटीहरुले पनि जीवनका उतार चढावहरु,समाजका अन्याय अत्याचार र शोषणका नमिठा चोटहरु र आलो घाउहरु आँखै समुन्ने देखे त्यसैले यीनको भावना ति घाउहरुमा मलम लगाउने तर्फ केन्द्रित भयो, यीनले यो राज्य सामु गरेका अपराध यही थियो । म कल्पना गर्न सक्दीन के वितिरहेको होला त्यो परिवारमा कान्छो छोरो वैकुण्ठ पोखरेल केही साल अघिनै अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष एवं नुवाकोट जिल्लाका भु.पु जिवीस सभापती भरत ढुगाना संगै धादीङको गुम्दीमा मारीएका थिए । छोरी कौशील्या मैले एकसाल पहिल्यै कान्तीपुर पत्रिकाको एउटा लेखमा शिवपुरीमा वलात्कार पछि हत्या गरीएको समाचार पढेको थिए । सुनिन्छ कोशील्या भने कुनै समयका काठमाण्डौ उपत्यकाका इन्चार्ज साधुराम देवकोटा (प्रसान्त)की जीवन संगीनी थिइन् (पछि उनलाइ पनि ब्यारेकमा जुत्ताको तनामा झुण्डीएर मेरेका भन्दै सेनाले हत्या गरेको थियो), अर्जुन पोखेल त्यो घरको जेठो छोरो उ पनि समातीएको तिन साल पुगीसक्दा पनि उ कँहा र कस्तो अवस्था मा छ अत्तो पत्तो छैन, बाँकी रहेको एउटा छोरो वासुदेव उ पनि कँहा छ परिवारलाइ जानकारी छैन । हो यो परिवार त एउटा उदाहरण मात्र हो यस्ता अभागी परिवार हजारौको संख्यामा छन् नेपालमा । आज माओवादी वार्ताम आएको छ किन खोज्दैन यी कौशिल्याहरुलाइ ? किन खोज्दैन अर्जुनहरुलाइ,के कृण्ण के.सी. को मात्र खोजी गरीनु पर्ने हो ? अनि यो लाछी र नपुसंक सरकार किन जवाफ दिदैन यी निर्दोषहरु कहा र कस्तो अवस्थामा छन् ?
वेपत्ता पारीएका यी नागरीक हरु कँहा छन् हिजंडा सरकार जवाफ दे ! सक्छस् भने यी यातानाका सिकार नगरीकहरुको भावनालाइ बुझ र ति २१ औ शताव्दीका यमराजहरुलाइ सजाय दे !नत्र भने लोकतन्त्रको खोल ओढेर कुर्सीमा नवस्लास किनकी अत्ति भनेको अत्ति नै हो जव जनता सहनुको सीमा पार गर्न वाध्य हुनेछन अनि देख्लास यो खेलको अध्याय त्यहि समाप्त हुनेछ !

United Nations Office of the High Commissioner for Human Rights, Nepal Report of investigation into arbitrary detention, torture and disappearances at Maharajgunj RNA barracks, Kathmandu, in 2003 – 2004
__________________________________ May 2006

Introduction
This is a report of OHCHR’s investigations into the arrest, detention, torture and continuing disappearance of individuals arrested by the Royal Nepalese Army (RNA, now the Nepalese Army) and held in Maharajgunj barracks in Kathmandu in 2003 on suspicion of being linked to the Communist Party of Nepal (Maoist) (CPN-M). (more…)

जनआवाज, अविरलका कुरानेपालीमन,June 20 11:31 am

म उसलाइ कसरी राजा भनु सञ्जनवृन्द उ त हत्यारो पो हो त । लोकको आँखामा त्यो दिन अझै ताजै छ । म कसरी भुलौ सञ्जनवृन्द त्यो दिन मेरो मानसपटलमा त्यो अझै कालो बादल झै मडारीरहेछ । अह म पटक्कै भुल्न सक्दीन त्यो रात अनि त्यो कालो विहान तब म कसरी भुलौला त्यो कालो रातको नायकलाइ त्यो अध्यारो विहानको योजनाकारलाइ । म मृत्युदण्डको पक्षमा छैन त्यसैले यसको अपिल त म गर्दीन तै पनि त्यो मानवीयता विहिन आकृति जसले आफ्नै परिवारको वली चढायो केबल पद र प्रतिष्ठाको लागी उसको लागी उचित कानुनी सजाए जेलको चिसो सिढी सम्म म अपिल गर्छु ।लोकको आँखामा अलिकतीमात्र भए पनि बस्न सक्नु अनि मानवीयताको पर्खाल भित्र आफुलाइ केही हदसम्म उभ्याउने प्रयास गर्नु त्यत्तिमात्र थियो सञ्जनवृन्द उसको अपराध तै पनि उ अनाहकमै मारीयो सपरिवार सदा सदाको लागी कालो इतिहास कोरीयो उसको नाममा त्यसैले म अपिल गर्छु त्यो इतिहास च्यातिनु पर्छ र हत्यारोको नाममा अपराधको सृङखला बद्ध काहानीको दस्ताबेज जस्ताको तस्तै लेखीनु पर्छ त्यसले यो योजनाको योजनाकार मात्र इतिहासको आध्यारो पाटोमा रुमल्लीन परोस् न की नियतीका सिकार निर्दोष हरु अनि अर्को जरुरी कुरो अरु तानाशाहहरुले पुन यस्तै कालरात्री र अध्यारो विहानीको कल्पना सम्म नगरुन् ।
यँहा कुरो यस्तो छ तर उता कांग्रेसका खैरे खत्रि भने जीब्रो चपाउदै यो र त्यो भनेको भन्यै छन् । जब मान्छेले आफ्नो औकाद भन्दा माथीको जिम्मेवारी पाउछ उसले कुनै न कुनै गल्ती गर्छनै । जानोस नजानोस बुझोस् नबुझोस जा पायो त्याही प्याच्च बोलेकै हुन्छ । मलाइ लाग्छ हाम्रो खैरे खत्रिको पनि यही हाल भएको हो । उनले नुवाकोटको त्यो विकट जन्म स्थान र आज त्यहीका जनताले भोगेका दुखलाइ विर्से अब कुरै गरै भने ढिडो र साग खाएर हलो जोत्ने क्षमताका सामान्य किसानलाइ देशको नेता बनएपछि उसले के गर्ला आफै विचार गरौ न।
सरकार माओबादी विचको आठबुदे समझदारीले कस्लाइ हानी पुर्‍यायो ? ११ बर्षको युद्ध अभ्यासले खारीएको हरु विना आधार कसरी हतियार विसाउन सक्छन् ? अनि खैरे खत्रिले भनेझै हतियार पहिलै खैरे खत्रिलाइ बुझाएर कुनचाही मुर्ख वार्तामा आउछ ? के विद्रोहीले चाही सरकारलाइ भर गर्नु पर्ने प्रयाप्त आधार बाँकी छ र ? हिजो तिनै खैरे खत्रिहरु हैनन् पाँचतारे होटलमा झम्के झोलमा डुबेर जनताको छोरा छोरी भकाभक मार्ने आदेश दिने आज कसरी उनीहरु जनताकै लागी हुन् भन्न सकिन्छ ?
यो अरु केही हैन गरुडको छाँयामा परेको सर्प जस्तै दरबारको छाँयामा अर्धचेत हरुको अनुनय हो । टुकुचाको डिलै डिल आफुलाइ हिडाएर अनि पवित्र वाग्मतीको आकृतितीर फर्कीएर नर्क गर्ने प्रयास हो । सबैले सोचुन यीनले स्वीकार गरेपनि हामी त्यो हत्यारोलाइ राजा स्वीकार गर्न सक्दैनौ इतिहासमा जो सत्यको पक्षामा उभिनेछन उसको नाम इतिहासमा स्वर्णीम अक्षरले लेखीने छ जो तोरीलाउरे धतुरेहरु खुट्टा कमाउदै दरबारको पाउलागी गर्लान समयले यीनलाइ पनि विस्तारै पाखा लाउदै जानेछ । इतिहासको स्वर्णीम दस्तादेजका सर्जक बन्ने कि नेपाली जनताको अपार घृणाका पात्र आ-आफ्नै विचार । नेपाल र नेपालीको सदा जय होस जदो !!

अविरलका कुरानेपालीमन,June 15 11:46 am

गधालाइ धोएर गाइ बन्दैन यो ध्रुबसत्य कुरा हो ! मलाइ शंका हैन पहिल्यै एकिन थ्यो यो बुढोले जात जनाउला भनेर मैले लेखेको पनि थिए त्यस ताका हेर्नको लागी यँहा क्लिक गर्नुस यो देशको दुर्गतीमा यो बुढो जती जिम्मेवार छ अरुको भागबण्डामा कमीनै पर्ला । माओवादीलाइ हतियार उठाउनको लागी मजुर ग्रयो कस्ले ? अरु त अरु माकुने र यसको पेवा पार्टी हमाले लाइ समेत पुरै राजाबादी पार्टी बनायो । भन्छन् नी मुखमा रामराम बगलीमा छुरा यी त कोखाबाट छुरी धस्ते जात हुन् सञ्जनवृन्द अगाडीबाटै मुकावीला गरेत लडीन्थ्यो नि !
अझै पनि म भन्छु अहिलेको लोके सरकार हिंजडा सरकार हो । कानुनी राज्यको अवधारणको खोल ओढेर यीनले हत्यारो राजालाइ काखी च्यापेको च्याप्यै छ म त्यो हत्यारोलाइ राजा मान्दीन भन्छु, तँपाइले भनीरख्नु भाछ हामी सबै नेपाली ले भनिराख्या छौ तै पनि त्यो बुढो गीरीजा लाइमात्र किन चाहीएको हो त्यो । गधालाइ कम वजनको भारी बोकाउदा रुन्छ रे भन्छन् अनि मालीकको रछ्यानमा ढुकेर रहलपहल खाने बानी परेको कुकुरलाइ सुनैको थालमा चौरासी व्यञ्जन दिएनी के को रुच्थ्यो र !
यो खेलमा यीनका मात्र बल र पहुच छैन मित्र हो दुइ दिन के भारतीय विस्तारबादी हरु संग मिलेका थे सब बकबास र जनताका विरुद्ध बोल्न सुरु भैसक्यो ।हरेक पटकको यात्रा हेरौ न नेपालको स्वाधीनता र स्वतन्त्रतामा आँच पुराएकै छ के अबको यो यात्रा चै अछुतो रला र हैन राजा चाहीन्छ या चाहीन्न यो त वहसको विषयनै हैन नि ! त्यत्तिका जनताले रगतको खोलो बगाए किन त यो राजतन्त्र बाट मुक्तका लागी दुइदर्जन नेपाली दाजुभाइले शाररीक सपांगता गुमाए किन त यो तानाशाही, जर्जर र भग्नावशेष राज्य व्यवस्थाको अन्त्य र नँया जनबादी अनि लोकतान्त्रीक राज्य र राज्यप्रणालीको लागी ।अब यी लोके नामका जर्जर तानाशाहीहरु चाँही पुरानै खेल खेलेर जनतालाइ झुक्याउने प्रयासमा छन् यी……..स काइते हो तिमीहरुको यो सपना पुर हुन त यो संगीन घडीमा गारै पर्ला ????? लोकतान्त्रीक नेपाल जिन्दाबाद ! भ्रष्ट र गैरजिम्मेवार लोके नेताहरु मुर्दाबाद ! नेपाल र नेपालीको जय होस ! जदो !!

अविरलका कुरानेपालीमन,May 27 9:28 am

घरमा शंका, कार्यलयमा शंका, साथीभाइहरु संगको भेटघाटमा शंका देशको राजनितीमा शंका जताततै वरीपरी विभिन्न शंकै शंका । म कार्यलय पुग्छु कतै श्रमीकहरुको हित विरुद्धमा षड्यन्त्रका तानाबाना त बुनिदैछैन कहिलेकाही सहयात्रीहरुको विचार सुन्छु त्याहा पनि शंकै शंका कतै अस्वस्थ प्रतिस्प्रधाको खेती त शुरु भएको छैन यसरी आजकाल म शंकै शंकामा बाँचेको छु । यसपाला मलाइ अर्को एउटा ठुलो शंकाले सताएको छ । सरकार विद्रोही बार्तामा सफलताको शंका । दुइ करोड नेपाली शान्ती चाहान्छन् र त्यो पनि अस्थायी होइन स्थायी रुपमा । विद्रोहीका हतियार विसोस्, तानाशाही शाही आकृतिको अन्त्य होस् र नँया नेपालको निर्माण होस् हरेक नेपाली जनताको चाहना यही हो । हामीले पनि कामना गरौ यो चाहना र आकंक्षा अब पुरा होस् । हामी स्वतन्त्र पुर्वक बोल्न हिडडुल गर्न, लेख्न पढ्न र बाँच्न पाउने न्युनतम मानव अधिकारको दायराभित्र रम्न सकौ । (more…)

अविरलका कुरानेपालीमन,May 23 8:31 am

नेपाली जनताले आफ्ना हक र अधिकारका लागी सिर्जीएको इतिहासको दस्ताबेज बन्नु पर्छ राष्ट्रिय गान ।

जनताको भावनाको उच्च सम्मान गर्ने र भावी पुस्तालाइ पनि लोकतन्त्रको मार्ग देखाउने लेखीयोस् राष्ट्रिय गान

श्रीमान गम्भीर नेपाली ………….आज मलाइ जीवनको त्यो समय याद आइरहेछ, मानसपटलमा जीवनको त्यो कालखण्डको ऐना झल्कीरहेछ जुन समय म आकासे सर्ट, कट्टु र चप्पलको भरमा त्यो बालुवाको डाडै डाडा विधालय जान्थे आउथे । हरेक दिनको नियमीत कार्य हुन्थ्यो लाइनमा उभिनु र चिच्याइ चिच्याइ श्रीमान गम्भीर नेपाली गाउनु । यसको अर्थ के थियो वा यसको गुदी भित्र के थियो त्यसको कुनै प्रवाह थिएन अरुको अनुहारमा हेर्‍यो फेरी चिच्यायो । नचिच्याए गुरुले कुट्ने डर चिच्याउ मनै लाग्दैन के भनेको हो के ।आज यही गान मेटीएको छ र यसलाइ बदल्ने पक्रिया सुरु भएको छ । त्यसैले मैले पनि केही बोल्ने तुच्छ चाह राखेको हुँ । हुनत यो संसारमा अझ हाम्रो नेपालमा दिग्गज विद्धानहरुको विगविगी छ, कुनै कमी छैन । तैपनि यो तुच्छ नागरीकलाइ ति दिग्गजहरु प्रति फर्कीएर औला उठाउने तिब्र इच्छा छ ।किनकी एक दिग्गजले प्रस्ताव गर्नु भएको राष्ट्रिय गानको मैले न त कुरो बुझे न त चुरो नै ।
राष्ट्रिय गान सरल हुनुपर्छ, र सहज हुनुपर्छ जनजिब्रोमा चलखेल गर्न सजिलो । लोकका सिधा नरनारीले फुराउनै मुस्कील वाक्यहरुको संयोजनमा चाही राष्ट्रिय गान नबनोस् ।अझ यो तुच्छ प्रणीको विचारमा त राष्ट्रिय गानको लागी देश तथा विदेशमा बस्ने नेपालीहरुबाट माग गरीनु पर्छ र उत्कृष्ठ छनौट गरी राखिनु पर्छ । कुनै भाषा-भाषी, जनजाती, राजनिती, धर्म र सामुदाय विशेष परम्परा र यसको गुनगान गाउन सक्दैन राष्ट्रिय गानले । नेपालको इतिहासमा नेपाली जनताले आफ्ना हक र अधिकारका लागी सिर्जीएको इतिहासको दस्ताबेज बन्नु पर्छ राष्ट्रिय गान । लोकतन्त्रको सपना बेकेर जीवनको आहुती दिनेहरु प्रति अनि लोकतन्त्रको लागी जीवनको शाररीक पुर्णता गुमाएका हरुको सपना लाइ सम्मान दिने बन्नु पर्छ राष्ट्रिय गान। बुझ्नै नसक्ने संस्कृत शब्द र अध्याधीक साहित्यीक संरचनामा नै चाहिन्छ भन्ने छैन बरु लोकको जीब्रोमा र बोलीमा लपक्कै टासीने हुनुपर्छ ।जे होस जनताको भावनाको उच्च सम्मान गर्ने र भावी पुस्तालाइ पनि लोकतन्त्रको मार्ग देखाउने लेखीयोस् राष्ट्रिय गान ।

अविरलका कुरानेपालीमन,May 21 2:19 pm

भर्खरै मैले केही समाचारहरु प्राप्त गरे र मेरो संसार ब्लगमा उमेशजी को पनि समाचार पढे सबैमा एकै खाले कुराहरु सुनियो कोइराला बाजे दरबार छिर्नु भो तर किन र के का लागी कसैलाइ थाह छैन । तर धन्न नमान्नुहोला मित्र यो हाम्रो देशको परम्परा र नीयती दुबै हो । नेपाली जनताले बलीदानी पुर्वक ल्याएको लोकतन्त्रलाइ खेलौना सम्झीएका छन् नेताहरुले । जनताको आँखामा छारो हालेर अब यीनले नँया खेल सुरु गर्छन यो मेरो आशंका हो हेर्दै जानुहोला यो आशंका एकदीन यीनले सावीत गर्नेछन् । हामीले के पायौ र कति गुमायौ यसको मुल्यांकन गरौ । दश बर्षमा राज्यले कैयो आमाहरुलाइ सन्तान विहीन बनायो, कैयौ चेलीहरुको सिंदु पुछिए त कैयो दाजुभाइहरुका चेली र जीवन संगीनीहरुको साथ टुट्यो तर युको बदलामा हामीले खोजेका चिज पायौ त ? के शान्ती पायौ ? अमनचयन, शिक्षा, रोजगारी के यी सब पायौ त ? अझ यसको पनि आसा नगरौ एक झर पानी छल्नको लागी छाप्रो, दुइ छाक टार्नकेा लागी एक टुक्रा रोटी र ज्यान ढाक्नको लागी एक टुक्रा कपडा समेत पाएनौ । अव पनि के को आश गर्ने ? हिजो मात्रै जस्तो लाग्छ लगभग दुइदर्जन नेपालीले ज्यान गुमाएको, यो आलो घाउ अझै सुकेको छैन । ति सहिदको ढिकुरो नउठाउदै नोताहरुको दरबार यात्रा सुरु भइसक्यो यो के का लागी र किन ? अब यीनले जनताको बिचबाट जवाफ दिन सक्नु पर्छ । जनताको अगाडी पारदर्शी रुपमा जान सकेनन् भने यी नेताहरुको दरवार यात्रा हैन अब परलोक यात्रा सुरु हुनेछ अत्ति भनेको अत्तिनै हो अत्ति गरेपछी कसैलाइ पनि माफ गर्न सकिन्न !

अविरलका कुरा 6:47 am

हिजो बेलुका नेपाली मन पल्टीएर समाचार हेरीरहेथ्यो एउटा कार्यक्रममा महिला नेतृ चित्रलेखा यादव महिला हकबारे अभिब्यक्ति दिइरहनु भएको थियो । उहाको कथन थियो पुरुषहरुलृ जहिले पनि महिलाहरुलाइ पदमा रहन दिदैनन्- काम गर्ने कालु मकै खाने भालु भनेको यही हो ।हुन पनि लगभग अहिले त्यसै भयो । उपसभामुख लाइ सभामुख बनाउने कुरामा किन कन्जुस्याइ के एमालेले सभामुख लिदैमा अब नेपाल कायलपलट हुन्छ त ? यस्तो परादर्शी कुरामा त यती धेरै असमानता छ भने राजनैतीक पार्टीहरुको समान हक अधिकार बारेका दस्ताबेजको के अर्थ ? अर्को गलत प्रथा पनि छ हामी माझ हामीलाइ त्यो चाहीन्छ उ चाहीन्छ ए धतुरे हो तिमीहरुलाइ त जनताले खेताला पठाएका हुन जनताका इच्छाअनुसार काम गर्ने मानो खाने ज्यादा बकबास किन ? यो तिमीहरुको अंशावण्डा गर्ने अखाडा हो नियमानुसार जसले उपसभामुखको काम गरीरहेछ उसलाइ सभामुख बनाउनु किन मिलेन? अनि धिक्कार ति महिला सांसदलाइ पनि के सधै गलत प्रथाको सहेर वा चुप लागेर समर्थन गरीनु पर्छ ।? नानाथरी महिला आवाज उठाउनेहरुको भिड खोइ कहा छ ? आवश्यक र महत्वपुर्ण कुरामा आवाज नउठाउने अनि समान अधिकार र के के नारवाजी गर्दै सडकमा दौडदैमा महिला हित हुन्छ र ? यस विषयमा त्यत्ति जानकार त हैन एउटै कुरो भन्न सक्छु यो संसदले महिला माथी अन्याय गरेकै हो बाँकी बोल्ने नबोल्ने तपाइहरुकै विचार !