By Sappan K.C.
१३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच भैरहेको शिखर वार्तालाई दुबै पक्षले सकारात्मक दिशामा बढिरहेको बताए पनि बिहीबार भएको तेश्रो दिनको औपचारिक वार्ता कुनै निष्कर्ष विना स्थगित भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार तथा विद्रोहीबीच बिहीबार भएको तेश्रो दिनको औपचारिक शिखर वार्ता कुनै टुङ्गोमा पुग्न नसकि स्थगित भएको छ। वार्ताकारहरू दुई दिनपछि आइतबार फेरी बैठक गर्न सहमत भएका छन्। बिहीबारको वार्तापछि सहभागीहरूले कुराकानी सौहाद्रपूर्ण रुपले र सकारात्मक दिशामा अगाडि बढिरहेको बताए। त्यस क्रममा ठोस समाधान निस्कने अपेक्षा गरिएको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो शुरु भएको थियो। त्यसभन्दा पहिले अनौपचारिक बैठक चलेका थिए। तर दुई घण्टाजतिको बसाईपछि पनि वार्ताका प्रमुख मुद्दाहरूमा सर्वसम्मति नभएपछि बैठक स्थगित भएको थियो। त्यसैगरी वार्तास्थल बाहिर भने अघिल्ला दिनहरूको तुलनामा मानवअधिकारवादी, माओवादी पीडित र राजनीतिक कार्यकर्ताहरूको भीड बाक्लो थियो। औपचारिक वार्ता शुरु भएको साढे दुई घण्टा नबित्दै सरकारी र माओवादी वार्ताकारहरू सिंहदरबारस्थित शान्ति सचिबालयमा देखा परेका समाचारहरुमा उल्लेख छ ।
त्यसैगरी प्राप्त समाचार अनुसार,भिडभाडपूर्ण पत्रकार सम्मेलनमा बोल्दै सरकारी वार्ताटोलीका संयोजक कृष्णप्रसाद सिटौलाले भने, ‘’समग्र विषयमा टुङ्गोमा पुग्नका लागी हाम्रा नेताहरूलाई अलिकति समय चाहिएको हो।”वार्ता अत्यन्त सकारात्मक छ। वार्ता जुन ढङ्गले अगाडि बढ्नुपर्ने हो, त्यसरी नै बढेको छ।’’ विद्रोही टोलीका संयोजक कृष्णबहादुर महराले पनि दुबै पक्षका अडानहरू साँघुरिदै गएको बताए। यसका साथै उनको बिचारमा शान्तिवार्ता जस्तो जटील प्रकृयालाई आगडि बढाउन केही समय लाग्नु अनौठो कुरा होइन। उनले भने, ‘’अस्तिसम्म देखिएका हाम्राबीचका दूरीहरू साँघुरो बनेको छ र हामी एउटा निस्कर्षको नजिक पुग्न खोजेको जस्तो देखिन्छ।’’ साथै तिन दिनसम्म चलिसकेको औपचारिक वार्ता प्रकृया कहाँनेर अड्कियो भन्ने पत्रकारहरूको जिज्ञासाको जवाफमा वार्ताकार पक्षले ति मुद्दाहरूको प्याकेज समाधान खोजीरहेको बताएका प्राप्त समाचारहरुमा जनाइएको छ।
११अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी विद्रोही अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा शिघ्र निर्वाचन आयोग गठन गरी आगामी जुन महिनाभित्र संविधानसभाको निर्वाचन गराउने सहमति भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै प्राप्त समाचारमा जनाइए अनुसार,सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीबीच सन् २००७ को जुन महिनाभित्रमा संविधानसभाको निर्वाचन गराउने सहमति भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा उक्त निर्णय भएको हो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा दुई पक्षबीच छिट्टै निर्वाचन आयुक्त नियुक्त गर्ने बारे पनि सहमति भएको छ। यसै क्रममा झण्डै सात घण्टासम्म चलेको दोश्रो दिनको बैठकपछि सरकारी र माओवादी विद्रोही वार्ताकारहरू संविधानसभाको निर्वाचनको मिति अब गठन हुने भनिएको अन्तरिम मन्त्रीपरिषदले तोक्ने कुरामा पनि सहमत भएका छन्। सरकारी र विद्रोही वार्ताटोलीले हतियार व्यवस्थापन र मूलभूत राजनीतिको विषय लगायत अन्तरिम संविधानको सम्वन्धमा उठेका प्रश्नहरूमा छलफल गरी सहमतिका बुँदाहरू तगार गर्नका लागी बिहीवारसम्मको समय पाएका समाचारहरुमा उल्लेख छ । (more…)
By Sappan K.C.
५अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच आइतवार हुने भनिएको शीर्षवार्ताका लागि आवश्यक गृहकार्य स्वरूप दल तथा माओवादी विद्रोही नेताहरूबीच छलफल भएपनि ठोस उपलब्धि नभएको बताइएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्री कोइराला र विद्रोही अध्यक्ष प्रचण्डबीच प्रस्तावित शिखर वार्ताका लागि आवश्यक गृहकार्य गर्न सात दल र माओवादीहरुका वरिष्ठ नेताहरूले छलफल गरेका छन्। सो छलफलका एकजना सहभागी नेपाली काङ्य्रेसका महामन्त्री राचन्द्र पौडेलले बुधबार भएको कुराकानी प्रारम्भिक स्तरको भएको बताए। यसका साथै “शिखर वार्तालाई कसरी सहज बनाउने भन्ने छलफलको प्रमुख उद्देश्य भएपनि हामी कुनै विशेष एजेण्डामा प्रवेश गरेनौं।” साथै उनले सात दलबीच सल्लाह हुन बाँकी नै रहेकोले माओवादी विद्रोहीहरूसित सबै विषयमा कुरा हुन नसकेको बताएका समाचारहरुमा उल्लेख छ । (more…)
By Sappan K.C.
३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा राजा ज्ञानेन्द्र र गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दशैंको अवसरमा दिएको सन्देशमा संक्रमणकालिन नेपाललाई अगाडि वढाउन साझा प्रयासको आवश्यकता औंल्याउँदै राष्ट्रिय एकता र मेलमिलापमाथि जोड् दिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,बडा दशैंको परम्परागत सन्देशमा राजा ज्ञानेन्द्र र प्रधानमन्त्री कोइरालाले राष्ट्रिय एकता र मेलमिलापमाथि जोड दिएका छन्। साथै हालैको सफल जनआन्दोलनपछि शक्तिविहिन भएका राजा र शक्तिशाली भएका प्रधानमन्त्री दुवैले दशैंको अवसरमा दिएको सन्देशमा संक्रमणकालीन नेपाललाई अगाडि वढाउन साझा प्रयासको आवश्यकता औंल्याएका छन्। राजाको प्रत्यक्ष शासन चलिरहँदा पाँच महिनाअगाडि सम्म मूठभेडको राजनीतिको दुई विपरित ध्रुवमा उभिएका राजा र प्रधानमन्त्री दुबैले एकता र मेलमिलापको भाषा बोलेका छन्। दुबैले देशमा विद्यमान कठीन स्थिति र चुनौतिको चर्चा गर्दै त्यसबाट पार पाउन सबैको सामूहिक प्रयास हुनुपर्ने उनीहरूको भनाइ छ। (more…)
By Sappan K.C.
३०सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा हिन्दुहरूको महान पर्व बडा दशैंको सातौं दिन काठमाण्डौंको टुंडिखेलस्थित सैनिक मञ्चअगाडि हरेक वर्ष हुने फुलपाती बढाईं हेर्न जानेगरेका राजा र राजपरिवारका सदस्यहरू यो वर्ष उक्त समारोहमा अनुपस्थित भएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,काठमाडौंको टुँडिखेलमा आयोजित फूलपातीको परम्परागत समारोहमा यसवर्ष राजा ज्ञानेन्द्र तथा राजपरिवारका सदस्यहरु उपस्थिति रहेनन्। हरेक वर्ष फूलपातीको दिन टुँडिखेलस्थित सैनिक मञ्चमा राजा आएको हेर्न काठमाण्डौंबासीहरू अभ्यस्त भैसकेका थिए। (more…)
By Sappan K.C.
२९सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीहरूबीच बिहिबार हुने भनिएको शिखरवार्ता, वार्तामा छलफल गरिने मुद्दाहरूमा पर्याप्त गृहकार्य हुन नसकेकोले अब आगामी असोज २२ गते हुने अधिकारीहरूले बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रकृया अगाडी बढाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डकाबीच प्रस्तावित दोस्रो औपचारीक शिखरवार्ता १० दिनपछि हुने भएको छ। कोइराला र प्रचण्डबीच बिहिबार भएको अनौपचारीक वार्तापछि उक्त सहमति भएको थियो। बिहिबार हुने भनिएको बहुप्रचारित औपचारिक वार्ता पर्याप्त गृह कार्यको अभावमा हुन नसकेपछि ति दुइ नेताहरूबीच अनौपचारीक कुराकानी भएको हो। त्यस क्रममा वार्तामा ढिलाईका निम्ति सरकार र माओवादी दुवैले एकअर्कामाथि दोष लगाएपनि कोइराला र प्रचण्डबीचको अनौपचारिक वार्ताले वातावरणलाई विग्रनबाट रोकेको छ। ति दुइबीचको वार्ताको लगत्तै सरकारी र माओवादी वार्ताटोलीको बैठक भएको समाचारहरुमा उल्लेख छ ।
त्यस क्रममा प्राप्त समाचार अनुसार,सरकारी र माओवादी वार्ताटोलीको बैठक सकिएपछि मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला र प्रचण्डबा बीचमा भेटवार्ता भएको जानकारी दिए। (more…)
By Sappan K.C.
२५सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा ताप्लेजुङको धुम्सावाट विशिष्ट व्यक्तिहरू सहित २४ जना लिई उडेको एउटा हेलिकप्टर बेपत्ता भएको दोस्रो दिन आइतवार खोजी कार्य जारी राखिए पनि खराब मौसमका कारण सो विमानबारे केहि पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,पूर्वी नेपालको ताप्लेजुङस्थित धुम्सावाट शनिवार विशिष्ट व्यक्तिहरू सहित उडेको एउटा हेलिकप्टरको खोजीकार्यमा आइतवार पनि कुनै उपलब्धी हासिल हुन नसकेको अधिकारीहरुले बताएका छन्। प्रतिकुल मौसमका कारण हवाई माध्यमवाट खोजी कार्यमा अवरोध पुगेकाले धुम्सावाट तीन घण्टाको दुरीमा सात सदस्यीय खोजी टोलीलाई आईतवार अपरान्ह हेलिकप्टरवाट ओह्रालिएको छ। साथै समय वित्दै जाँदा हेलिकप्ट्रमा सवार वन तथा भूसंरक्षण राज्यमन्त्री, वरिष्ठ अधिकारीहरू तथा स्वदेशी एवं विदेशी विशेषज्ञहरुको अवस्थाप्रति आशंका र चिन्ता वढ्दै गइरहेको छ। त्यस क्रममा आइतवार करिब चार बजे ग्याब्ला भन्ने ठाउँमा हेलिकप्टरवाट ओह्रालिएका केहि उद्दारकर्मीहरूसित साँझसम्म सदरमुकामको सम्पर्क हुन नसकेको नेपाली सेनाको फूङलिङ कार्यालयले जनाएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यस क्रममा प्राप्त समाचार अनुसार,उद्धारटोलीसित स्याटलाइट फोन नभएको हुनाले सम्पर्क हुन नसकेको उद्धारकार्यका संयोजकहरू मध्येका एक हिमालयन उद्धार संघका अध्यक्ष विक्रम न्यौपानेले बताए। उनले भने, “हतार हतारमा उद्धार टोलीहरू पठाइएको हुनाले त्यसो भएको हुन सक्छ।”यसका साथै न्यौपानेले मंगलवार सेना सहितको थप उद्धारकर्मीहरू काठमाडौंबाट विराटनगर पठाई त्यहाँबाट हेलिकप्टरमा संभावित घटनास्थलतर्फ पठाइने कार्यक्रम रहेको बताए। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हेमराज दवाडीले खोजीकार्यमा स्थानीयवासीहरूको पनि सहयोग लिइएको बताए। ’त्यसैगरी थाहा भए अनुसार,नागरिक प्राधिकरणले हराइरहेको हेलिकप्टरकाबारे जानकारि दिने व्यक्ति वा संस्थालाई रू २,०१,०००/- पुरस्कार दिइने घोषणा गरेको छ। त्यस क्रममा बेपत्ता हेलिकप्टरमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, उनकी श्रीमती, अन्य बरिष्ठ सरकारी कर्मचारीमा वन मन्त्रालयका सचिव दामोदर पराजुली, वन विभागका महानिर्देशक शरद राई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. नारायण पौडेल लगायतका सरकारी अधिकारीहरू सवार थिए। त्यस्तै प्रसिद्ध भूगोलविद तथा अनुसन्धानकर्ता डा. हर्क गुरूंग, विश्व वन्यजन्तु कोष नेपालका प्रमुख अधिकारी डा.चन्द्रप्रसाद गुरूंग, तिर्थमान मास्के जस्ता स्वेदशी विशेषज्ञहरूका साथै विदेशी वातावरण संरक्षण परियोजनाहरूका अधिकारीहरू तथा फिनल्याण्ड राजदूतावासका बरिष्ठ अधिकारी समेत उक्त हेलिकप्टरमा रहेका प्राप्त समाचारहरुमा उल्लेख छ।
By Sappan K.C.
२४सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा माओवादीबाट टुक्रिएर गएको तराई जनतान्त्रिक मुक्ति मोर्चाका एकजना नेताले राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सांसद तथा भूतपूर्वमन्त्री कृष्णचरण श्रेष्ठको सिराहा जिल्लामा शनिवार विहान भएको हत्याको जिम्मेवारी दावी गरेका प्राप्त समाचारहरुमा जनाइएको छ।
यसै क्रममा समाचारहरुमा उल्लेख भए अनुसार,प्रतिनिधि सभाका सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कृष्णचरण श्रेष्ठको शनिवार विहान गोली हानी हत्या भएको छ। सिराहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर तीनका सांसद श्रेष्ठको बचाउ गर्ने क्रममा एकजना सर्वसाधारणको पनि मृत्यु भएको छ। (more…)
नेपालमा मन्त्री सहित स्वदेशी तथा विदेशी विज्ञहरू सवार हेलिकप्टर बेपत्ता,दुर्घटनामा परेको आशंका
By Sappan K.C.
२४सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा एकजना राज्य मन्त्री सहित बरिष्ठ सरकारी अधिकारीहरू र स्वदेशी तथा विदेशी विशेषज्ञ तथा कुटनीतिक अधिकारी समेत सवार एउटा हेलिकप्टर ताप्लेजुंग जिल्लाको धुम्सा क्षेत्रबाट उडेको केहि समयपछि सम्पर्क विहिन हुंदा त्यो दुर्घटनामा परेको आशंका गरिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,बरिष्ठ सरकारी अधिकारी र स्वदेशी तथा विदेशी विशेषज्ञहरू सवार हेलिकप्टर शनिवार विहानैदेखि हराइरहेकोमा राती अवेरसम्म पनि त्यस्को अवस्थितीका बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। साथै विहान नौ बजे ताप्लेजुंगको सदरमुकाम फुङलिङबाट लेलेप गाउं विकास समितीको धुन्सा तर्फ उडेको २४ जना सवार उक्त हेलिकप्टर विहान ११ बजे फर्कने कार्यक्रम थियो। तर फर्कने क्रममा धुन्साबाट उडेको पांच मिनेटमा नै सम्पर्क विहीन भएको र त्यस लगतै त्यहां विस्फोटनको आवाज सुनिएको बताइएको छ। त्यस क्रममा सम्भावित दुर्घटनास्थल सदरमुकामबाट २४ कोश टाढा भएको र दुर्गम भएकाले त्यहांसम्म पुग्न चारदिन लाग्न सक्ने जिल्ला प्रहरी निरिक्षकले बताएका छन्। साथै त्यसैले शनिवार रातीसम्म उद्दार टोली सम्भावित दुर्घटनास्थल तर्फ हिंडिसकेको थिएन। त्यस क्रममा प्राप्त समाचार अनुसार,बेपत्ता हेलिकप्टरमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, उनकी श्रीमती, अन्य बरिष्ठ सरकारी कर्मचारीमा वन मन्त्रालयका सचिव दामोदर पराजुली, वन विभागका महानिर्देशक शरद राई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. नारायण पौडेल, लगायतका सरकारी अधिकारीहरू सवार थिए। त्यस्तै प्रसिद्ध भूगोलविद तथा अनुसन्धानकर्ता डा. हर्क गुरूंग,विश्व वन्यजन्तु कोष नेपालका प्रमुख अधिकारी डा.चन्द्रप्रसाद गुरूंग, तिर्थमान मास्के जस्ता स्वेदशी विशेषज्ञहरूका साथै विदेशी वातावरण संरक्षण परियोजनाहरूका अधिकारीहरू तथा फिनल्याण्ड राजदूतावासका बरिष्ठ अधिकारी समेत उक्त हेलिकप्टरमा रहेका बताइएको छ। (more…)
नेपालमा मन्त्री सहित स्वदेशी तथा विदेशी विज्ञहरू सवार हेलिकप्टर बेपत्ता,दुर्घटनामा परेको आशंका
By Sappan K.C.
२४सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा एकजना राज्य मन्त्री सहित बरिष्ठ सरकारी अधिकारीहरू र स्वदेशी तथा विदेशी विशेषज्ञ तथा कुटनीतिक अधिकारी समेत सवार एउटा हेलिकप्टर ताप्लेजुंग जिल्लाको धुम्सा क्षेत्रबाट उडेको केहि समयपछि सम्पर्क विहिन हुंदा त्यो दुर्घटनामा परेको आशंका गरिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,बरिष्ठ सरकारी अधिकारी र स्वदेशी तथा विदेशी विशेषज्ञहरू सवार हेलिकप्टर शनिवार विहानैदेखि हराइरहेकोमा राती अवेरसम्म पनि त्यस्को अवस्थितीका बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। साथै विहान नौ बजे ताप्लेजुंगको सदरमुकाम फुङलिङबाट लेलेप गाउं विकास समितीको धुन्सा तर्फ उडेको २४ जना सवार उक्त हेलिकप्टर विहान ११ बजे फर्कने कार्यक्रम थियो। तर फर्कने क्रममा धुन्साबाट उडेको पांच मिनेटमा नै सम्पर्क विहीन भएको र त्यस लगतै त्यहां विस्फोटनको आवाज सुनिएको बताइएको छ। त्यस क्रममा सम्भावित दुर्घटनास्थल सदरमुकामबाट २४ कोश टाढा भएको र दुर्गम भएकाले त्यहांसम्म पुग्न चारदिन लाग्न सक्ने जिल्ला प्रहरी निरिक्षकले बताएका छन्। साथै त्यसैले शनिवार रातीसम्म उद्दार टोली सम्भावित दुर्घटनास्थल तर्फ हिंडिसकेको थिएन। त्यस क्रममा प्राप्त समाचार अनुसार,बेपत्ता हेलिकप्टरमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, उनकी श्रीमती, अन्य बरिष्ठ सरकारी कर्मचारीमा वन मन्त्रालयका सचिव दामोदर पराजुली, वन विभागका महानिर्देशक शरद राई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. नारायण पौडेल, लगायतका सरकारी अधिकारीहरू सवार थिए। त्यस्तै प्रसिद्ध भूगोलविद तथा अनुसन्धानकर्ता डा. हर्क गुरूंग,विश्व वन्यजन्तु कोष नेपालका प्रमुख अधिकारी डा.चन्द्रप्रसाद गुरूंग, तिर्थमान मास्के जस्ता स्वेदशी विशेषज्ञहरूका साथै विदेशी वातावरण संरक्षण परियोजनाहरूका अधिकारीहरू तथा फिनल्याण्ड राजदूतावासका बरिष्ठ अधिकारी समेत उक्त हेलिकप्टरमा रहेका बताइएको छ। (more…)
