पुन: प्रकासीत
-नुवाकोटबाट कपिलदेव खनाल (गतिशील समय) को सहयोगमा
चार वर्षेखि लोग्ने फर्केर आउने आशामा बाटो हेरिरहेकी नुवाकोट थानसिंङकी लक्ष्मीदेवी श्रेष्ठका आँखा अझै थाकेका छैनन् । नाम चलेका थुप्रै ज्योतीषलाई ‘चिना’ हेराउँदा लोग्ने जीवित नै रहेको बताएपछि सपनीमा पनि लक्ष्मीदेवीले लोग्ने फर्किएको देख्छिन् २४ चैत्र २०५८ मा थानसि७ बेलासपुरवाट नेकपा -माओवादी) का तत्कालीन थानसिंङ गाजस प्रमुख गोरेबहादुर श्रेष्ठ -वर्ष४२) लाई सुरक्षाकर्मीर्ले गिरफ्तार गरेको थियो । तर, दुइ दिनपछि सञ्चार माध्यममा प्रशारित समाचारले र्सूयमती-ढिकुरेमा भएको भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको उल्लेख गरेपछि लोग्नेको लाश माग्न आएकी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ‘कहाँकहाँ को को मर्छ, सबै लाश हामीसँगं हुँदैन, तपाईको मान्छे मरिसकेको छ, जानुस् किरीया बस्नुस्’ भन्ने जवाफ दिएर फर्काएको थियो । 
‘घर छाड्ने बेलामा लाश नहेरिकन किरीया नगर्नु र पहिरन नफेर्नु भन्नुभएको थियो । त्यसैले वहाँको मृत्युको विश्वास नै लाग्दैन’ रातै पहिरहनमा रहेकी लक्ष्मीदेवी भन्छिन् । सैनिक हिरासतमा केही दिन संगै थुनीएका पुष्प धिताल, शिवराम कुलामीलगायतकाले २६चैत्र २०५८ सम्म गोरबहादुरलाई भेटेका थिए । उनीहरुका अनुसार २६ गते बेलुकीसम्मको खाना संगै खाएका थिए । २६ गते राती ९ बजे बैरेनी ब्यारेक -गल्छी) मा लान भनी मैथली तालीम केन्द्र बिदुरबाट सेनाले गोरेबहादुरलाई गाडीमा हालेको थियो । संगै गाडीमा राखिएका शिवराम कुलामीलाई केही समयपछि ब्यारेकमा नै ओरालिएको थियो तर श्रेष्ठलाई ओरालिएको थिएन । धिताल र कुलामी आठ महिनामा हिरासत मुक्त भएका ब्यक्तिहरु हुन् । केही ब्यक्तिहरुले गिरफ्तारीमा परेको एक महिनापछि पनि गोरेबहादुरलाई ब्यारेकमा देखेको उनको आफन्तलाई जानकारी नगराएका होइनन् । समातिएको ४५ दिनपछि दाजु भेट्न बहिनी ठूलीकान्छी श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बिदुर आएकी थिइन् । तपाईंको दाइ अग्लो गोरो चाहिं हो -’ प्रश्न गर्दै एक प्रहरीले भनेका थिए-’खाना खान लगिएको छ, एक घण्टापछि भेट्न सकिन्छ ।’ कुराकानीको क्रममा ती प्रहरीले उनलाई शिक्षक भएर पनि दाइ किन माओवादीमा लागेको भनी सोधे । ती प्रहरीका अनुसार पनि दाइ त्यहीं थिए, ठुलीकान्छी विश्वाससाथ भन्छिन्-ठीक त्यही बेला हामीलाई राम्रैसँग चिन्ने स्थानीय एक ब्यक्ति दाइलाई नै भेट्न त्यहाँ पुगेका थिए । तर, त्यसपछि अर्कै मान्छेले फिर्ता पठाइदियो । २६ चैत्र २०५८ को विहान ४ बजेदेखि मात्र सेनाले गोरेबहादुर, पुष्प र शिवरामलाई शारीरिक यातना दिन सुरु गरेको पाइन्छ । गोरेवहादुरले शिव र पुष्प बेकसुर रहेको र सम्पूण् दोष आफ्नै रहेको बताएपछि उनलाई चर्को यातना दिइन थालियो । प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले पानीमा चोपल्दै कुट्दै गर्दा अर्धमुर्छित अवस्थामा रहेका गोरेबहादुरलाई विभिन्न घटनाहरुको जिम्मेवारी लिइएको कागज गराएका थिए । कागजमा थानसिंङका भूतपूव प्रहरी रामलाल जि.सी र चौघडाका सीताराम र्राईको हत्या आफुले गरेकोलगायतका अपराधहरुको बयान लेखिएको थियो । ‘तिनीहरुको हत्या माओवादीले गरेको त हो तर त्यसबेला वहाँ -श्रीमान) काठमाडौंमा हुनुहुन्थ्यो’, लक्ष्मीदेवी भन्छिन्-उक्त घटनाको खबर वहाँले तीन दिनपछि मात्र पाउनु भएको थियो । उनको गुनासो छ- चैत्र २६ पछिको स्थिति बारे परिवार अनभिज्ञ छ । २७ माघ २०५८मा र्सूयमती- ढिकुरेमा भएको सुरक्षाफौज र माओवादीबीचको दोहोरो भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको रक्षा मन्त्रालयको विज्ञप्तीको आधारमा नेकपा -माओवादी) ले उनलाई ‘शहीद’ घोषणा गरेको छ । रेडियो नेपाल तथा राजधानीका एफएमहरुबाट प्रशारित समाचारको आधारले १३ दिनको दिन पार्टी श्रेष्ठलाई शहीद घोषणा गरेको हो । उनकै नामवाट थानसिंङ गाविसलाई पार्टी ‘गौरी गाजस’ समेत नामाकरण गरिसकेको छ । झण्डै दुइ दशक शिक्षण पेशामा संलग्न श्रेष्ठले निरञ्जना प्रावि र्सूयमतिबाट उपदान लिएर जागिर छाडेका थिए । १ भदौ २०५८देखि श्रेष्ठले थानसिंग गाजस प्रमुखको जिम्मेवारी लिएका थिए । थानसिङ ५ दोबाटेस्थित घरमा गोरेवहादुर १० चैत्र २०५८ मा पुगेका थिए । भरोसा नभएर नै होला उनले श्रमितीलाई लाश नहेरी काजक्रिया नगर्नु भनेका थिए । माओवादीको पूण कालीन कार्यकर्ता भएपछि प्रायः काठमाडौ मै रहने श्रेष्ठ अन्तिम पटक घरमा आधा घण्टामात्र बसेर हिडेका थिए । २५ मंसिर २०५८ मा दुइ ट्रक सुरक्षाकर्मी गोरेबहादुरको घरमा पुगेको थियो । घर छापा मारेर केही लिखित सामग्री र नागरिकताको फोटोकपी बोकेर सुरक्षाफौज फर्किएको थियो जुनबेला श्रेष्ठ काठमाडौंमा थिए । यस घटनापछि लक्ष्मीदेवीले श्रेष्ठलाई घर आउन रोक लगाएकी थिइन् । ‘त्यो विहान एकैछिन बस्नुभो, खाली कस्तो कस्तो कुरामात्र गर्नुभो’ । के थाहा हामीलाई यही अन्तिम भेट हुन्छ भन्ने - सुँक्ककसुँक्कककगर्दै लक्ष्मीदेवी बताउँछिन् । गोरेबहादुरलाई गिरफ्तार गर्नुअघि सेना र प्रहरीले श्रेष्ठको परिवारलाई दिएको मानसिक यातनाको त हिसाब नै छैन तर गोरेबहादुरलाई समातिसकेपछि पनि उनको परिवारलाई विभिन्न किसिमका यातनाहरु दिइदै आएका छन् । काठमाण्डौमा अध्ययन र सामान्य रोजगारी गर्दै बसीरहेका श्रेष्ठको जेठो छोरा प्रदीप २८ मंसीर २०५८देखि नै मानसिक यातना खेपीरहेका छन् । दर्जनौं पटक ज्यान मार्ने धम्की आइरहेको छ- प्रदीप भन्छन्-माओवादीले खेती गर्न नदिएका गाउँका मान्छेको खेत रोप्ने जिम्मा तेरो हो भन्दै थर्काउने गरिरहेका छन् ।’ १६ माघ २०६० मा नेकपा -माओवादी) छापामारको ग्रिनेड विष्फोट हुंदा नजिकै रहेको १३ वषीय प्रमोद -गारेवहादुर-लक्ष्मीदेवीकी कान्छो छोरा) र्छरा लागि र्घाईते भएका थिए । उपचारको लागि त्रिशुली अस्पताल आईपुगेका आमा छोरालाई सुरक्षाकर्मीले हिरासतमा लिएका थिए । ‘लगाएको सबै गहना खोल्न लगाएर प्रहरीले आधा घण्टा थृन्यो लक्ष्मीदेवी भन्दछिन् । २०६० सालमा एसएलसी परीक्षा दिन बिदुर आएकी छोरी प्रतिमालाई पनि सुरक्षाकर्मीले दिनहुं बाटो छेकेर आतंकित पारे । अन्ततः परीक्षा सकिएको दिन गंगटे बजारवाट तारादल गणका सुरक्षाकर्मीले गिरफ्तार गरेर लगे । थानसिंगबाट आमा लक्ष्मीदेवी आएपछि एकदिन राखेर उनलाई छाडिएको थियो । ८ कात्तिक २०६२ मा थानसिंङस्थित घरबाट लक्ष्मीदेवीलाई माओवादी पालेको आरोपमा पुनः गिरफ्तार गरियो । र, भोलीपल्ट छाडियो । ‘तर, गिरफ्तार गर्नुको कारण खुलाईदैन’ सुरक्षकमीहरु आतंकित पार्न मात्र सक्रिय भएकोले पनि लोग्ने अझै जीवित रहेको अड्कल काड्छिन् लक्ष्मीदेवी । २४ माघ २०५८मा थानसिङबाट कम्प्यूटर बोकाएर लगिएका दुइ र्सवसाधारणसहित माओवादीको ‘कुमरी गाजस’का तामाङ्ग थरका कमाण्डर हालसम्म बेपत्ता छन् । कुमरीबाट समातिनेहरुमा र्सूयमतिका शिवराम पुलामी र बीरबल आलेमगर, चौघडाका रामबहादुर आचार्य र अन्य एक माओवादी कार्यकर्ता थिए । सुरक्षाफौजले कम्प्युटर बोकर गैरहेको अवस्थामा गिरफ्तार भएका चार जनालाई ३५ किलो -जुरेथुम) बजारसम्म पैदल हिर्डाई सुरक्षाफौजको गाडीबाट सदरमुकाम ल्याएको थियो । सदरमुकाम लयाउने क्रममा पुलामीलाई पछिल्लो गाडीमा र अन्य तीनलाई अघिल्लो गाडीमा राखेर ल्याइएकोमा हालसम्म बेपत्ता छन् । पुलामी गोरेबहादुरसँग समातिएर आठ महिनासम्म हिरासत बसेका ब्यक्ति हुन् ।
