यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
प्रेस विज्ञप्ती, मानवअधिकारनेपालीमन,September 9 11:42 am


Press Release
For Immediate Release!
Nepal Seattle Society(NSS) and Nepal Red Cross Society (NRCS) join together to appeal for help & support toward the recent flood and landslide victims in Nepal.
Seattle, Washington, September 7, 2006:
On August 24, 2006, heavy and continuous rain caused floods and landslides in Bajura, Baitadi, Nawalparasi, Banke, Bardiya and Achham districts in the western part of Nepal occurring over a four day period. According to the disaster report of Nepal Red Cross Society (NRCS), the flood water heavily affected Banke and Bardiya in the mid-western region and landslides deeply affected Achaam district in the far-western region. Hundreds of houses were completely demolished. More than 300 cattle were swept away. Hundreds of people are still missing and more than 10,000 people have been displaced. (more…)

मानवअधिकारनेपालीमन,August 21 11:45 am

Inter- Faith Prayer meeting for Mumbai Blasts Victim, and Peace in Lebanon

New York:August 6 will be ever remembered as a memorable day for the South Asian community of tri-state as Human Rights Group of India organized A Candle Light Peace Meeting in which all the South Asian origin nationals participated. It was a unique interfaith event in which the people of diverse faith and the religion participated. The event was organized by the President of Human Rights Group of India in cooperation with 46 organizations of the tri-state. The participating groups of Pakistani, Bangladeshi, Indians, and mainstream groups highlighted the theme of the day that political differences must be resolved by non-violent methods, and not violence. The Prayer meeting started with Zoroastrian priest Pervez P. Patel reciting Zarthushti. Payers and Mr. Homi Gandhi translating it in English. In his remark about the aftermath of the Mumbai blast Mr. Homi Gandhi said, terrorism is a cruel way of life, and its end result is death for the perpetrators and innocent people. Its only peaceful way of life that can solve the problems of the day. (more…)

जनआवाज, मानवअधिकार, म बोल्छुनेपालीमन,June 27 4:16 pm

पुन: प्रकासीत
-नुवाकोटबाट कपिलदेव खनाल (गतिशील समय) को सहयोगमा
चार वर्षेखि लोग्ने फर्केर आउने आशामा बाटो हेरिरहेकी नुवाकोट थानसिंङकी लक्ष्मीदेवी श्रेष्ठका आँखा अझै थाकेका छैनन् । नाम चलेका थुप्रै ज्योतीषलाई ‘चिना’ हेराउँदा लोग्ने जीवित नै रहेको बताएपछि सपनीमा पनि लक्ष्मीदेवीले लोग्ने फर्किएको देख्छिन् २४ चैत्र २०५८ मा थानसि७ बेलासपुरवाट नेकपा -माओवादी) का तत्कालीन थानसिंङ गाजस प्रमुख गोरेबहादुर श्रेष्ठ -वर्ष४२) लाई सुरक्षाकर्मीर्ले गिरफ्तार गरेको थियो । तर, दुइ दिनपछि सञ्चार माध्यममा प्रशारित समाचारले र्सूयमती-ढिकुरेमा भएको भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको उल्लेख गरेपछि लोग्नेको लाश माग्न आएकी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले ‘कहाँकहाँ को को मर्छ, सबै लाश हामीसँगं हुँदैन, तपाईको मान्छे मरिसकेको छ, जानुस् किरीया बस्नुस्’ भन्ने जवाफ दिएर फर्काएको थियो ।

‘घर छाड्ने बेलामा लाश नहेरिकन किरीया नगर्नु र पहिरन नफेर्नु भन्नुभएको थियो । त्यसैले वहाँको मृत्युको विश्वास नै लाग्दैन’ रातै पहिरहनमा रहेकी लक्ष्मीदेवी भन्छिन् । सैनिक हिरासतमा केही दिन संगै थुनीएका पुष्प धिताल, शिवराम कुलामीलगायतकाले २६चैत्र २०५८ सम्म गोरबहादुरलाई भेटेका थिए । उनीहरुका अनुसार २६ गते बेलुकीसम्मको खाना संगै खाएका थिए । २६ गते राती ९ बजे बैरेनी ब्यारेक -गल्छी) मा लान भनी मैथली तालीम केन्द्र बिदुरबाट सेनाले गोरेबहादुरलाई गाडीमा हालेको थियो । संगै गाडीमा राखिएका शिवराम कुलामीलाई केही समयपछि ब्यारेकमा नै ओरालिएको थियो तर श्रेष्ठलाई ओरालिएको थिएन । धिताल र कुलामी आठ महिनामा हिरासत मुक्त भएका ब्यक्तिहरु हुन् । केही ब्यक्तिहरुले गिरफ्तारीमा परेको एक महिनापछि पनि गोरेबहादुरलाई ब्यारेकमा देखेको उनको आफन्तलाई जानकारी नगराएका होइनन् । समातिएको ४५ दिनपछि दाजु भेट्न बहिनी ठूलीकान्छी श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बिदुर आएकी थिइन् । तपाईंको दाइ अग्लो गोरो चाहिं हो -’ प्रश्न गर्दै एक प्रहरीले भनेका थिए-’खाना खान लगिएको छ, एक घण्टापछि भेट्न सकिन्छ ।’ कुराकानीको क्रममा ती प्रहरीले उनलाई शिक्षक भएर पनि दाइ किन माओवादीमा लागेको भनी सोधे । ती प्रहरीका अनुसार पनि दाइ त्यहीं थिए, ठुलीकान्छी विश्वाससाथ भन्छिन्-ठीक त्यही बेला हामीलाई राम्रैसँग चिन्ने स्थानीय एक ब्यक्ति दाइलाई नै भेट्न त्यहाँ पुगेका थिए । तर, त्यसपछि अर्कै मान्छेले फिर्ता पठाइदियो । २६ चैत्र २०५८ को विहान ४ बजेदेखि मात्र सेनाले गोरेबहादुर, पुष्प र शिवरामलाई शारीरिक यातना दिन सुरु गरेको पाइन्छ । गोरेवहादुरले शिव र पुष्प बेकसुर रहेको र सम्पूण् दोष आफ्नै रहेको बताएपछि उनलाई चर्को यातना दिइन थालियो । प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले पानीमा चोपल्दै कुट्दै गर्दा अर्धमुर्छित अवस्थामा रहेका गोरेबहादुरलाई विभिन्न घटनाहरुको जिम्मेवारी लिइएको कागज गराएका थिए । कागजमा थानसिंङका भूतपूव प्रहरी रामलाल जि.सी र चौघडाका सीताराम र्राईको हत्या आफुले गरेकोलगायतका अपराधहरुको बयान लेखिएको थियो । ‘तिनीहरुको हत्या माओवादीले गरेको त हो तर त्यसबेला वहाँ -श्रीमान) काठमाडौंमा हुनुहुन्थ्यो’, लक्ष्मीदेवी भन्छिन्-उक्त घटनाको खबर वहाँले तीन दिनपछि मात्र पाउनु भएको थियो । उनको गुनासो छ- चैत्र २६ पछिको स्थिति बारे परिवार अनभिज्ञ छ । २७ माघ २०५८मा र्सूयमती- ढिकुरेमा भएको सुरक्षाफौज र माओवादीबीचको दोहोरो भिडन्तमा ‘दीप’ उपनामका गोरेबहादुरको मृत्यु भएको रक्षा मन्त्रालयको विज्ञप्तीको आधारमा नेकपा -माओवादी) ले उनलाई ‘शहीद’ घोषणा गरेको छ । रेडियो नेपाल तथा राजधानीका एफएमहरुबाट प्रशारित समाचारको आधारले १३ दिनको दिन पार्टी श्रेष्ठलाई शहीद घोषणा गरेको हो । उनकै नामवाट थानसिंङ गाविसलाई पार्टी ‘गौरी गाजस’ समेत नामाकरण गरिसकेको छ । झण्डै दुइ दशक शिक्षण पेशामा संलग्न श्रेष्ठले निरञ्जना प्रावि र्सूयमतिबाट उपदान लिएर जागिर छाडेका थिए । १ भदौ २०५८देखि श्रेष्ठले थानसिंग गाजस प्रमुखको जिम्मेवारी लिएका थिए । थानसिङ ५ दोबाटेस्थित घरमा गोरेवहादुर १० चैत्र २०५८ मा पुगेका थिए । भरोसा नभएर नै होला उनले श्रमितीलाई लाश नहेरी काजक्रिया नगर्नु भनेका थिए । माओवादीको पूण कालीन कार्यकर्ता भएपछि प्रायः काठमाडौ मै रहने श्रेष्ठ अन्तिम पटक घरमा आधा घण्टामात्र बसेर हिडेका थिए । २५ मंसिर २०५८ मा दुइ ट्रक सुरक्षाकर्मी गोरेबहादुरको घरमा पुगेको थियो । घर छापा मारेर केही लिखित सामग्री र नागरिकताको फोटोकपी बोकेर सुरक्षाफौज फर्किएको थियो जुनबेला श्रेष्ठ काठमाडौंमा थिए । यस घटनापछि लक्ष्मीदेवीले श्रेष्ठलाई घर आउन रोक लगाएकी थिइन् । ‘त्यो विहान एकैछिन बस्नुभो, खाली कस्तो कस्तो कुरामात्र गर्नुभो’ । के थाहा हामीलाई यही अन्तिम भेट हुन्छ भन्ने - सुँक्ककसुँक्कककगर्दै लक्ष्मीदेवी बताउँछिन् । गोरेबहादुरलाई गिरफ्तार गर्नुअघि सेना र प्रहरीले श्रेष्ठको परिवारलाई दिएको मानसिक यातनाको त हिसाब नै छैन तर गोरेबहादुरलाई समातिसकेपछि पनि उनको परिवारलाई विभिन्न किसिमका यातनाहरु दिइदै आएका छन् । काठमाण्डौमा अध्ययन र सामान्य रोजगारी गर्दै बसीरहेका श्रेष्ठको जेठो छोरा प्रदीप २८ मंसीर २०५८देखि नै मानसिक यातना खेपीरहेका छन् । दर्जनौं पटक ज्यान मार्ने धम्की आइरहेको छ- प्रदीप भन्छन्-माओवादीले खेती गर्न नदिएका गाउँका मान्छेको खेत रोप्ने जिम्मा तेरो हो भन्दै थर्काउने गरिरहेका छन् ।’ १६ माघ २०६० मा नेकपा -माओवादी) छापामारको ग्रिनेड विष्फोट हुंदा नजिकै रहेको १३ वषीय प्रमोद -गारेवहादुर-लक्ष्मीदेवीकी कान्छो छोरा) र्छरा लागि र्घाईते भएका थिए । उपचारको लागि त्रिशुली अस्पताल आईपुगेका आमा छोरालाई सुरक्षाकर्मीले हिरासतमा लिएका थिए । ‘लगाएको सबै गहना खोल्न लगाएर प्रहरीले आधा घण्टा थृन्यो लक्ष्मीदेवी भन्दछिन् । २०६० सालमा एसएलसी परीक्षा दिन बिदुर आएकी छोरी प्रतिमालाई पनि सुरक्षाकर्मीले दिनहुं बाटो छेकेर आतंकित पारे । अन्ततः परीक्षा सकिएको दिन गंगटे बजारवाट तारादल गणका सुरक्षाकर्मीले गिरफ्तार गरेर लगे । थानसिंगबाट आमा लक्ष्मीदेवी आएपछि एकदिन राखेर उनलाई छाडिएको थियो । ८ कात्तिक २०६२ मा थानसिंङस्थित घरबाट लक्ष्मीदेवीलाई माओवादी पालेको आरोपमा पुनः गिरफ्तार गरियो । र, भोलीपल्ट छाडियो । ‘तर, गिरफ्तार गर्नुको कारण खुलाईदैन’ सुरक्षकमीहरु आतंकित पार्न मात्र सक्रिय भएकोले पनि लोग्ने अझै जीवित रहेको अड्कल काड्छिन् लक्ष्मीदेवी । २४ माघ २०५८मा थानसिङबाट कम्प्यूटर बोकाएर लगिएका दुइ र्सवसाधारणसहित माओवादीको ‘कुमरी गाजस’का तामाङ्ग थरका कमाण्डर हालसम्म बेपत्ता छन् । कुमरीबाट समातिनेहरुमा र्सूयमतिका शिवराम पुलामी र बीरबल आलेमगर, चौघडाका रामबहादुर आचार्य र अन्य एक माओवादी कार्यकर्ता थिए । सुरक्षाफौजले कम्प्युटर बोकर गैरहेको अवस्थामा गिरफ्तार भएका चार जनालाई ३५ किलो -जुरेथुम) बजारसम्म पैदल हिर्डाई सुरक्षाफौजको गाडीबाट सदरमुकाम ल्याएको थियो । सदरमुकाम लयाउने क्रममा पुलामीलाई पछिल्लो गाडीमा र अन्य तीनलाई अघिल्लो गाडीमा राखेर ल्याइएकोमा हालसम्म बेपत्ता छन् । पुलामी गोरेबहादुरसँग समातिएर आठ महिनासम्म हिरासत बसेका ब्यक्ति हुन् ।

जनआवाज, मानवअधिकार, म बोल्छु 6:54 am

34 .POKHAREL, Arjun 26 November 2003
35 .POKHAREL, Kaushalya (f) 29 November 2003

यो सुचि कुनै डि. भि. चिठ्ठाको सुचि हैन अनि कुनै राष्ट्रिय अन्तराष्ट्रिय पदक विजेताको पनि हैन न त कुनै परिक्षाको परिक्षफलनै प्रकासीत गरीएको हो बरु यी नाम ति अभागी दाजु वहिनीको नाम हो जो अन्याय अत्याचार दमन शोषण्का विरुद्ध आवाज उठाउदा उठाउदै फाशिष्ट सेनाबाट चिलले चल्ला छोपे झै छोपीए । अनी त्याहा लेखीएको मिति चाही उनीहरुलाइ वेपत्ता पारीएको मिति हो । यो United Nations Office of the High Commissioner for Human Rights, Nepal ले मे २००६ प्रकासीत सन् २००३-२००४ मा माहाराजगंज व्यारेकमा थुनामा राखेर वेपत्ता पारीएकाहरुको सुचिमा समावेश नाम पनि हो । बाँकी विवरणहरु यस लेखको अन्त्यमा समावेश छन् कृपया हेर्न नभुल्नु होला —
मेरो स्मृतिमा त्यत्ति ताजा त छैन किन भने आज भन्दा करीव १०/११ वर्ष पहिला तिरको कुरा हो जव म नुवाकोट जिल्लाको थानपति गा.वि.स मा स्थापीत जनज्ञान माध्यामीक विधालयमा पढ्थे। म संगै अध्ययनरत वासुदेव पोख्रेल उसकी दिदी कौशिल्या पोख्रेल अनि म भन्दा दुइ ब्याज जुनीएर बैकुण्ठ पोखरेल यनीहरुलाइ म राम्ररी चिन्छु तर अर्जुन पोखरेल भने म भन्दा केही सिनीएर भएकोले त्यत्ति राम्रो भेउ छैन मलाइ। यी मध्यम वर्गीय परिवारका सदस्य हुन् । अरु स्कुले केटाकेटी जस्तै यीनीहरु पनि सामान्य नै थिय । जव समयले मानीसलाइ केही सिकाउदै गयो अनि यी स्कुले केटाकेटीहरुले पनि जीवनका उतार चढावहरु,समाजका अन्याय अत्याचार र शोषणका नमिठा चोटहरु र आलो घाउहरु आँखै समुन्ने देखे त्यसैले यीनको भावना ति घाउहरुमा मलम लगाउने तर्फ केन्द्रित भयो, यीनले यो राज्य सामु गरेका अपराध यही थियो । म कल्पना गर्न सक्दीन के वितिरहेको होला त्यो परिवारमा कान्छो छोरो वैकुण्ठ पोखरेल केही साल अघिनै अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष एवं नुवाकोट जिल्लाका भु.पु जिवीस सभापती भरत ढुगाना संगै धादीङको गुम्दीमा मारीएका थिए । छोरी कौशील्या मैले एकसाल पहिल्यै कान्तीपुर पत्रिकाको एउटा लेखमा शिवपुरीमा वलात्कार पछि हत्या गरीएको समाचार पढेको थिए । सुनिन्छ कोशील्या भने कुनै समयका काठमाण्डौ उपत्यकाका इन्चार्ज साधुराम देवकोटा (प्रसान्त)की जीवन संगीनी थिइन् (पछि उनलाइ पनि ब्यारेकमा जुत्ताको तनामा झुण्डीएर मेरेका भन्दै सेनाले हत्या गरेको थियो), अर्जुन पोखेल त्यो घरको जेठो छोरो उ पनि समातीएको तिन साल पुगीसक्दा पनि उ कँहा र कस्तो अवस्था मा छ अत्तो पत्तो छैन, बाँकी रहेको एउटा छोरो वासुदेव उ पनि कँहा छ परिवारलाइ जानकारी छैन । हो यो परिवार त एउटा उदाहरण मात्र हो यस्ता अभागी परिवार हजारौको संख्यामा छन् नेपालमा । आज माओवादी वार्ताम आएको छ किन खोज्दैन यी कौशिल्याहरुलाइ ? किन खोज्दैन अर्जुनहरुलाइ,के कृण्ण के.सी. को मात्र खोजी गरीनु पर्ने हो ? अनि यो लाछी र नपुसंक सरकार किन जवाफ दिदैन यी निर्दोषहरु कहा र कस्तो अवस्थामा छन् ?
वेपत्ता पारीएका यी नागरीक हरु कँहा छन् हिजंडा सरकार जवाफ दे ! सक्छस् भने यी यातानाका सिकार नगरीकहरुको भावनालाइ बुझ र ति २१ औ शताव्दीका यमराजहरुलाइ सजाय दे !नत्र भने लोकतन्त्रको खोल ओढेर कुर्सीमा नवस्लास किनकी अत्ति भनेको अत्ति नै हो जव जनता सहनुको सीमा पार गर्न वाध्य हुनेछन अनि देख्लास यो खेलको अध्याय त्यहि समाप्त हुनेछ !

United Nations Office of the High Commissioner for Human Rights, Nepal Report of investigation into arbitrary detention, torture and disappearances at Maharajgunj RNA barracks, Kathmandu, in 2003 – 2004
__________________________________ May 2006

Introduction
This is a report of OHCHR’s investigations into the arrest, detention, torture and continuing disappearance of individuals arrested by the Royal Nepalese Army (RNA, now the Nepalese Army) and held in Maharajgunj barracks in Kathmandu in 2003 on suspicion of being linked to the Communist Party of Nepal (Maoist) (CPN-M). (more…)

जनआवाज, मानवअधिकारनेपालीमन,June 5 8:14 am

राम्रो लगाउने र मिठो खाने सुन्दर सपना बोकेर उनी साउदी अरब हुइकिए तर के थाह उनलाइ याँहा पुग्दा नपुग्दै उनि ठगीन्छन भन्ने । उनी अर्थात तनहुका शंकर घर्ती उनी र उनी जस्तै अरु तिन निर्दोस नेपाली ठगीए । आँखा अगाडी ठगीदा पनि चुप रहनु पर्ने यो कस्तो विवसता हो । कालीमाटी स्थीत जे।भी इन्टरनेशनलले बेचेको थियो यी चार नेपाली लाइ । दुइ त हवाइअड्डा बाटै हराए तर शंकर र अर्का एकजना भने यो अविरलयात्रीले काम गर्ने कम्पनीको रीयाद कार्यलयमा आइपुगेका छन् ।यसको कार्यलयमा कल गरेर अनुरोध गरे मलाइ यी नेपालीको वास्तवीक कम्पनी नाम दिनुपर्‍यो दुरभाष नम्बर पनि पाए तर दिएका दुइ नम्बर मध्ये एकको पुरा नम्बर पुरा थिएन भने अर्को नम्बर गलत ब्यक्तिको थियो । केही समय अघि मात्र मैले ००९७७१४२८८७५६ एवं ९८५१०७२७२५ मा सम्पर्क गर्न खोजे तर नम्बर ब्यस्त देखाउछ ।आखीर एउटा नेपाली नै नेपालीको दुखको कारण बन्छ यो किन । अहिले यी नेपालीहरु नेपाली दुतावास रियादमा शरणर्थीका रुप्मा बसीरहेका छन् । सम्बन्धीत् सबैको ध्यान जाओस र अपराधीलाइ कार्वाही होस् ।

जनआवाज, मानवअधिकारनेपालीमन,May 18 7:50 am

पुरा पढ्नको लागी यँहा थिच्नुस्

नेपालीमन समाचार, मानवअधिकारनेपालीमन,May 3 4:22 pm

सिन्धुली/ अखिल नेपाल महिला संघ -क्रान्तिकारी) सिन्धुलीकी जिल्ला सचिव कल्पना पोख्रेललाई शाही सेनाले चैत्र २५ गते धनुषा जिल्लाबाट गिरफ्तार गरी वेपत्ता बनाएको अनेमसंघ -क्रान्तिकारी) सिन्धुली जिल्ला समितिले बताएको छ । सो समितिले एक वक्तव्य प्रकाशित गरी उहा“को तत्काल र्सार्वजनिकीकरण र रिहाइको माग गरेको छ । (more…)

नेपालीमन समाचार, मानवअधिकार 6:10 am

प्रसंग विश्व प्रेस स्वतन्त्रतता दिवसको हो । कामको चाप र समयको अव्यवस्थापनले समयमै यसबारे चर्चा गर्न नसेकोमा क्षमाप्रार्थी छु । सन २००५ मा मात्रै कामकै सिलसिलामा १५० प्रत्रकार मारीएको यो संगीन घडीमा प्रेस स्वन्त्रता दिवसको औचित्य आफैमा महत्वपुर्ण रहन्छ । यो समयमा पत्रकार एकजुट हुनुपरेको छ किनकी शक्तिका पुजारीहरुबाट पत्रकारहरु दिनदिनै मारीने स्वतन्त्रपुर्वक हिडडुल गर्न र निश्पक्ष रुपमा लेख्नबाट रोक लगाइएका छन् कति त आस्थाका आधारमा मारीएका छन् । कृण्ण सेन इच्छुक देखी लिनु पर्ने नामहरु धेरैछन् । यसै सन्दर्भमा मोफसलको पत्रकारिता बारे २४ मार्च २००६ मा नेपाल पत्रकार महासंघ र इन्टरनेशनल एड्भोकेसी मिसनद्वारा काठमाडौंमा आयोजित नेपालमा प्रेस स्वतन्त्रताको अवस्था विषयक राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र
स्रोतः बालकृष्ण चापागाई - प्रवासी नेपाली डट कम को सहयोगमा) (more…)

जनआवाज, मानवअधिकारनेपालीमन,April 30 3:02 pm

तस्वीर प्रकासको सहयोगमा लेखनाथ भण्डारी (www.prabasinepali.com)

खबरदार सहिदको रगत खेर नजाओस्

मानवअधिकारनेपालीमन,April 26 3:36 pm

शाही सेनाले हिजो मोरङमा एक युवतीको वलत्कार गरी हत्या गरेको छ । नेपाल टेलीकमको सुरक्षार्थ खटीएको सेनाले २२ वर्षीय सपना गुरुको सामुहीक वलत्कार पछि हत्या गरेपछी सैनिक क्याम्प घेर्न आएका स्थानीय वासीलाइ अन्धाधुन्ध गोली चलाउदा एक महिला सहित कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएको छन् ।धरान स्थीत विपी कोइराला अस्पताल अहिले घाइतेहरुले खचाखच छ । घाइतेहरुको स्थानीय मानवअधिकारवादीहरुको सहयोगमा उद्धार कार्य भइरहेको छ । उता शाही जल्लादी सेनाले भने आत्रमणको शंकामा गोली चलाएको बताएको छ ।यस अमानवीय कार्यको नेपालीमन निन्दा गर्दै दोषी उपर हदैसम्म कार्वाहीको माग गर्दछ ।


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments