Can anyone say, “Good-bye laptops!”

This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)
Can anyone say, “Good-bye laptops!”

This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)
Most expensive painting in the world

This is the most expensive painting in the world.
It costs $97 000.000 (ninety seven million dollars)
The reason is that it is painted from natural flowers’ colors,
no chemicals or paintings additions.
Mad … Isn’t it ?
Mars the fiery red planet will be the brightest in the night sky starting this August.
It will look as large as the full moon to the naked eye. This will culminate on August twentyseventh when Mars comes within 34.65M miles of Earth.
Be sure to watch the sky on August 27, 2006 at 12:15 am (Nepali Time) It will look like The Earth has 2 Moons.
Don’t Miss it. The next time Mars may come this close is in 2287. NO ONE ALIVE TODAY will ever see it again So you may share the info with your friends.
सात राजनैतिक दलका नेताहरु, राजा र पञ्चहरुको जमातलाइ कारवाही नगरी यो देशले शान्ति र अमनचयन पाउने छैन किनकी पञ्चहरु लञ्जावती झार झै औइलासकेका छैनन् अझै पनि उनिहरुको आन्तरीक सक्रियतामा कसैले रोक लगाउन सकेको छैन भने सात राजनैतिक दल अनावश्यक विषयमा आवश्यकता भन्दा बढि नखरा गर्दैछ जुन अत्याधीक आवश्यकताका आधारमा प्रक्रियागत रुपमा जनआवश्यकता र चाहाना अनुसार क्रमस गरीनु पर्थ्यो -प्रवासतिर सुनेको
आदरणीय सञ्जनबुन्द यो वाक्य मेरो हैन र मैले चाही कान्तीपुरका उजीर मगरबाट सापटी लिएको हुँ । करिब पच्चीस बर्षपछि पहिलो पटक सार्वजनीक हुनुभएका श्रद्धेय क. प्रचण्डको बारेमा लेख्ने र प्रत्यक्ष रुपमा रिपोटिङ गर्ने अवसर त मिलेन तै पनि आजका अनलाइन समाचार पत्रिकाहरुमा प्रमुखताका साथ छापीएका केही लेखहरुलाइ गिजोगाजल गर्ने प्रयासमा छु गल्ती भए माफी चाहान्छु ।कान्तीपुरमा उजीर जी लेख्छन, दस घन्टा बहस र छलफलबाट प्रचण्ड थकित थिए । बासको व्यवस्था नारायणहिटी दरबारनजिकै सञ्चयकोष भवन अगाडि भए पनि उनले राम्ररी रात बिताउन पाएनन् । उनी थप्छन् तिब्बत होली डे इन नामको उक्त होटल भित्र सामान्य छ । सामान्य खाना, बस्नको व्यवस्था रहेको होटलमा प्रचण्डलाई नुहाउनसमेत समस्या परेको थियो । होटलमा धाराको व्यवस्था थिएन । कार्यकर्ताको ठूलै संख्या त्यहाँ पसेपछि पानी र कोठाको समस्या पर्यो ।पुरा समाचारको लागी यँहा थिच्नुस् हुन त लामो तयारी र गृहकार्य पछिको बार्ता हो यो तै पनि विद्रोही नेताहरु जो बार्ताका लागी आए उनीहरुको उचित ब्यवस्था नहुनु आफैमा दुखपुर्ण छ त्यसो त जनताका लागी वस्ती वस्ती चहारेर हिड्नेहरु मा कुन् पाँचतारे होटेलको सपना होला र ?
अर्को समाचारमा विवीसी नेपाली सेवाले यस्तो लेखेको छ-माओवादी विद्रोहीहरूलाई अन्तरीम सरकारमा सामेल गराउने र देशमा दिगो शान्तिको स्थापना गर्नसक्ने शुक्रवारको सहमतिलाई ऐतिहासिक महत्वको भन्दै देशभर स्वागत गरिएको छ। छापामार युद्ध गरिरहेका माओवादी विद्रोहीहरूलाई सत्तामा ल्याउने अन्तरीम प्रावधानहरू हुनेछन् जुन एउटा अभूतपूर्व विकासक्रम हो।
तर सरकार भित्रैका समेत केहि राजनीतिज्ञहरू माओवादी विद्रोहीहरूलाई धेरै नै छुट दिइएको हो की भन्ने आशंका पनि व्यक्त गर्दछन्। केहि विश्लेषकहरू भन्छन्,शुक्रवारको शिर्ष वार्ता पछि सार्वजनिक गरिएको सहमतिमा विद्रोहीहरूले स्पष्ट रूपमा हिंसा वा हतियार परित्याग गर्ने भन्ने उल्लेख छैन। त्यसबाट आफ्नै सशस्त्र सैन्य भएको पार्टी सरकारमा सहभागी हुने स्थितीको सृजना हुन गएको छ।सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया व्यक्त गरिरहेका छन्।धेरैले हालसम्म शान्ति प्रकृयामा भएको प्रगतिलाई पूर्णरुपमा स्वागत गरेका छन् र माओवादीहरूलाई देशको भविष्यका निम्ति काम गर्न सक्ने एउटा शक्तिका रूपमा लिएका छन्। अरुहरू चाहिं तिनीहरूलाई विश्वास गर्न नसकिने बताउंछन्। यही समाचारमा विवीसी नेपाली सेवाले लेख्छ, माओवादीहरूका शिर्षस्थ नेता प्रचण्ड २५ बर्षपछि पहिलोपल्ट राजधानी काठमाण्डौंमा सार्वजनिक रूपमा उपस्थित भएको घटनाले अब उनीहरू फेरी हिंसात्मक विद्रोहमा फर्कने छैनन् र अब देशमा वास्तविक शान्तिको वातावरण तयार भएको धारणा भने व्यापक रूपमा रहेको छ। ।पुरा समाचारको लागी यँहा थिच्नुस् हुनत माओवादीको पनि युद्ध रहर होइन उसको वाध्यता हो । मेरो विचारमा राज्यमा भएको आर्थीक, राजनैतिक सामाजीक एवं सवैखाले असमान वितरण हरुनै माओवादी आन्दोलनको कारण हो ।
अर्को एउटा राजधानी दैनिकको राजा राख्ने षड्यन्त्र भए जन विद्रोह हुन्छः प्रचण्ड शिर्षकको समाचारमा कास्की जिल्लाको एक अज्ञात स्थलमा राजधानी राष्ट्रिय दैनिकले लिएको विशेष अन्तर्वार्ताको हवाला दिदै रामकृण्ण ज्ञवाली लेख्छन्-
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मुलुकमा कुनै पनि किसिमको राजतन्त्र राख्ने षड्यन्त्र गरिन्छ भने माओवादीले पुनः जनविद्रोह सुरु गर्ने चेतावनी दिनुभएको छ । त्यो जनविद्रोह प्रारम्भमा शान्तिप्र्ण हुने र त्यसमाथि दमन गरिन थाले फेरि सशस्त्र द्वन्द्व चर्काउने चेतावनी पनि प्रचण्डले दिनुभएको छ । कास्की जिल्लाको एक अज्ञात स्थलमा राजधानी राष्ट्रिय दैनिकलाई विशेष अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचन नगरी सेरेमोनियल राजा राख्ने षड्यन्त्र हुनथालेको बताउनुभयो । त्यसका विरुद्ध हामीले पहिले शान्तिप्र्ण आन्दोलन गर्नेछौं । शान्तिप्र्ण आमहड्ताल १९ दिन मात्रको होइन, २९ वा ३९ दिनको पनि हुनसक्छ, प्रचण्डले भन्नुभयो- यदि त्यो आन्दोलनमाथि दमन हुनथाल्यो भने हामी सशस्त्र संर्घषमा र्फकनेछौं, सकेसम्म हतियार बोक्न नपरोस् भन्नेमा छौ पुरा समाचारको लागी यँहा थिच्नुस्
प्रचण्ड डोटीमा शिर्षकको समाचारमा न्युज अफ नेपाल लेख्छ नेकपा -माओवादी का अध्यक्ष प्रचण्ड शनिबार दिउसो डोटीको दक्षिणी बर्छे क्षेत्रमा पुग्नुभएको छ। माओवादीको भेरी कर्णाली क्षेत्रीय ब्युरो र सेती महाकाली क्षेत्रीय ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड डोटी पुग्नुभएको हो। प्रचण्ड सग माओवादीका अर्का नेता डा। बाबुराम भट्टर्राईसमेत डोटी पुग्नुभएको छ।प्रचण्ड बिहान काठमाडौंबाट हेलिकोप्टरमा सोझै डोटी पुग्नुभएको स्रोतले जनँएको छ।स्रोतका अनुसार प्रचण्ड शुक्रबार नै डोटी पुग्ने कार्यक्रम रहे पनि शिखर वार्ता लम्बिएकाले शनिबार आउनुभएको हो।यता काठमाडौं संवाददाताले सरकारी वार्ताटोलीका संयोजक एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी नेतालाई हेलिकोप्टरबाट सुर्खेत हुदै डोटी पुयाएको जनाएका छन्।पुरा समाचारको लागी यँहा थिच्नुस्
शिखरबार्तामा प्रयाप्त गृहकार्य हुन सकेन शिर्षकका गोरखापत्र दैनिक ले चाही यसो लेखेको छ शुक्रबार राजधानीमा सम्पन्न सात राजनीतिक दल-माओवादीबीचको शिखरवार्ताले दृढ सङ्कल्प, इमानदार प्रयास र जिम्मेवारीबोधले जस्तोसुकै सङ्कट पनि पार लाग्छ भन्ने सन्देश दिएको बताइएको छ । एक दशक अघिदेखि मुलुकमा सुरु सशस्त्र द्वन्द्वले प्राप्त गरेको उचाइको उचित सम्मानका साथ व्यवस्थापकीय पक्षमा सिङ्गो मुलुकले देखाएको व्यग्रता र उत्सुकताकै परिणाम शिखरवार्ता भएको राजनीतिक विश्लेषक बताउँछन् ।
अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट दुर्गम गाउँमा शिर्षकको समाचारमा हिमाल खबर भने यसो लेखछ -शान्ति स्थापनाको निम्ति सातदलसंग ८ बुँदे सहमति गर्न २ असारमा काठमाडौमा सार्वजनिक भएका माओवादी अध्यक्ष प्रचण्ड होलिकोप्टरबाट सुदूर-मध्यपश्चिमको सीमावर्ती गाउँमा पुग्नु भएको छ। समाचार स्रोतका अनुसार, गृहमन्त्री कृष्णप्रसाद सिटौलले प्रचण्डलाई एयर डायनेष्टिको हेलिकोप्टरमा सुर्खेत हुँदै अज्ञात पहाडी क्षेत्रमा पुर्याउनु भएको हो। पुरा समाचारको लागी यँहा क्लिक गर्नुस
गृहमन्त्रीले प्रचण्डलाइ हेलीकप्टरमा डोटी पुर्याए शिर्षकको समाचारमा परेवा अनलाइन लेख्छ माओवादी अध्यक्ष प्रचण्ड, उहाकी धर्मपत्नी सीता पौडेल र नेता डा। बाबुराम भट्टराइ शनिवार विहान काठमाडौंबाट डोटी प्रस्थान गनुभएको छ। गृहमन्त्री कृष्ण सीटौलाले उहाँहरुलाइ हेलिकप्टरमा चढाएर डोटी पुर्याउनुभएको हो।पुरा समाचारको लागी यँहा क्लिक गर्नुस समचारकै क्रममा मेरो ध्यान यो समाचारमा पनि पर्यो समुन्द्रपारी डटकममा संवाददाताको हवाला दिंदै शहीद प्रद्युम्न खड्काको शालिक अनावरण शिर्षकमा लेखिएको छ ऐतिहासिक र अभूतपूर्व लोकतान्त्रिकआन्दोलनका क्रममा कलंकीमा सुरक्षाकर्मीको गोली लागी शाहदत प्राप्त गर्नुभएका प्रद्युम्न खड्काको सालिक सनिवार कलंकीको स्युचाटारमा अनावरण गरिएको छ ।बाँकी समाचारको लागी यँहा थिचौ । हवस् त आजको यात्रा एतिनै नमरी बाँचे कालले साँच अर्को मिर्मिरेमा अवश्य भेट्ने छौं नेपाल र नेपालीको जय होस जदो !!
नेपालका सत्र साल देहर्याउने प्रयास हुदैछ । पञ्चहरुको मिलोमतो र प्रेरणमा हत्या लुटपाटका घटना हुँदैछन। उता लोके सरकार बामे मात्र सर्दैछ त्यसैले अबको यो संगीन घडीमा नेपाली जनताले फेरी कसरत गर्नु पर्ने अवस्था सृजना भएको छ ।
धर्म निरपेक्ष राज्यको घोषणा आफैमा महत्वपुर्ण निर्णय हो तर हाम्रो जस्तो राज्यमा धर्म निरपेक्षताको अर्थ त्यँहा निर सकिन्छ जँहानीर भोका र गरीब नेपालीहरु बाइबलका किताब संग आफ्ना भोक साट्न विवस् छन् ।
-मनिषराज पन्त
राजा र राजदरबार अहिले नयाँ षड्यन्त्रको तानाबाना बुन्न ब्यसत छ । यस खेलमा सात राजनैतिक दलका केहि नेताहरुको समेत हात छ त्यसैले जनता सचेत हुनु जरुरी छ । यो देशमा राजाको उपस्थीति जरुरी छैन र सातदलबाट प्रमले राजालाइ भेट गर्नु भनेको आत्मसमर्पण गर्नु जस्तै हो । त्यसैले अब राजा र राजदरबारको अन्तिम विदाइको लागी नँया आन्दोलन छेड्नु जरुरी छ ।यो सबालमा अझ कम्युनिष्ट नाम जोडीएका र बोकेका नेताहरुबाट ठुलो खतरा छ त्यसैले यीनमाथी निगरानी त्यत्तिकै जरुरी छ ।
यदी एमाले जनताको पार्टी थियो भने सभामुख का लागी महिला नेतृ चित्रलेखालइ स्विकार गर्थ्यो, उ जनताको हित गर्ने र महिला हकमा लगाव राख्ने पार्टी कदापी हुन सक्दैन उ त नेपालको सबैभन्दा ठुलो सामन्ती समुह हो ।
अब नेपालमा के हुनुपर्छ
तानासाही शासनका जनतामाराहरुलाइ उचित कारवाही तथा प्रवेश निषेधित् क्षेत्रको घेषणा गरिनु पर्छ
अहिलेका नेताहरुलाइ गल्ती अनुसार कारवाही र सामाजीक वहिस्कारको थालनी गरिनु पर्छ
संसदको वैठकको पुर्ण लाइभ टेलिभिजनबाट गरिनु पर्छ
संसदको वैठक भइरहदा वाहिर जनताको पहरा हुनु पर्छ र गल्ती गर्नेलाइ कालोमोसो सहित गल्ली गल्ली घुमाउनु पर्छ
जसले जनताको विरुद्ध र देशको अहितमा कुरा गर्छ उसलाइ संसद निषेध गरिनु पर्छ
जनआन्दोलनका घाइतेलाइ उपचार, मृतकको परिवारलाइ उचित शिक्षा दिक्षा र रोजगारीको ग्यारेन्टी गरीनु पर्छ
जनआन्दोलनमा गोली बर्षाउनेहरुमाथी अविलम्ब कम्तीमा जन्म कैद र सर्वस्व हरण समेतको व्यवस्था हुनु पर्छ
राजनैति नियुक्ति खारेजमात्र होइन यसका मतियारहरुलाइ अविलम्ब जेलको बाटो देखाउनु पर्छ