(यस लेख सम्पुर्ण रुपमा हिमालयन बैकका साउदी अरेवीया प्रतिनिधी मनिषराज पन्त संगको कुराकानीमा आधारीत छ ।)
हिमालयन बैक लिमिटेड
Himalayan Bank Limited
(The Power To Lead)
परिचय
नेपालको बैकिङ क्षेत्रमा सन् १९९३ देखी अनवरत रुपमा विभिन्न सेवा प्रदान गर्दै आइरहेको हिमालयन बैक लिमिटेड संयुक्त लगानीमा सञ्चालीत बैक हो । पाकीस्तानको हविव बैक लिमीटेड र नेपालको कर्मचारी सञ्चयकोष, र्सवसाधारण नेपाली नागरीक र नेपालका ठुला उधोग ब्यवसायीहरुको संयुक्त लगानीमा यो बैक सञ्चालीत छ ।
लण्डन बाट प्रकासीत विश्वका वैकहरुको भागवत गिता मानीने World’s Bankers Almanac ले दिएको वरीयतामा यस बैकले निरन्तर रुपमा नेपाल भित्रका बैकहरुमा पहिलो र विश्वका बैकहरुमा २२६९ औं स्थानमा आफुलाइ स्थापीत गराउन सफल भएको छ । स्थापना कालदेखीनै नेपालमा क्रेडीट कार्ड, डेविट कार्ड, ए.टि.एम. कार्ड र पि.एस.ए. बचत खाताहरु जस्तै अन्य विभिन्न सुविधाहरु प्रदान गर्ने नेपालको पहिलो बैक हो ।
निजी तथा संयुक्त लगानीका बैकहरु मध्ये छोट्रै समयमा हिमालयन बैक नेपालको सबैभन्दा ठुलो बैक हो । निरन्तर यस बैकको पहलकदमी र ग्रहाक वर्गले यस बैक प्रति देखाएको अपार विश्वास र र्समर्थनले यो बैकलाइ यस अवस्था सम्म आइपुग्न मद्दत पुगेको हो । हिमालयन बैक लिमीटेड संग एक लाख पचासहजार भन्दा बढि निक्षेप खाताहरु सञ्चालनमा छन् यो नेपालको निजी तथा संयुक्त लगानीमा सञ्चालनमा आएका बैकहरुकम सबै भन्दा बढि संख्या हो । यस बैकको हालसम्म २६ अर्व भन्दा बढि निक्षेप र १६ अर्व भन्दा बढि लगानी रहेको छ यो पनि नेपालको निजी तथा संयुक्त लगानीका बैकहरुमा पहिलो स्थान हो । यस बैकको हाल सम्मको कुल पुजी (Total Assets) रु ३० अर्ब रहेको छ । यस बैकको सफलतामा यस बैकले निरन्तर प्रदान गर्दै आइरहेको सरल, र्सवसुलभ एवं नया नया प्रविधीका सेवाहरु तथा यस बैकका ग्रहाक वर्गहरुले देखाएको जागरुकता र विश्वसनीयताको महत्वपुर्ण भुमिका छ । त्यसैले भविश्यमा पनि यी र यस्तै खाले विभिन्न सुविधाहरु अनवरत रुपमा तपाइहरु सामु अझ छिटो छरीतो, भरपर्दो र नौलो आयामका रुपमा पस्कने कुरा यस बैकका साउदी अरब प्रतिनिधी श्री मनीषराज पन्त बताउनु हन्छ । (more…)
