-२०५९ मंसीर १२ गतेको पुरानो डायरीको पन्ना बाट
दुँनियाको हेर्राईमा उनि कवि पनि होईनन् न त माहान आदर्शबादी नेता नै । शिक्षाको हकमा कलम चलाउने चेष्टा गर्न सक्छन् अनि दृष्टि न्याय,समानता र समुद्ध समाजका लागी लागीरहन्छन् । काँधमा सधै दोकादे झोला देखिन्छ ,पातलो बाहुले र्सटमा टिलीक्क टल्कने खैरो पेन, चप्पलको प्याट-प्याट पड्काईले झ्वाट्ट चिनिन्छ उनि फेरी आए,तिनै भाषण बाजे । कहिले त दिक्क लाग्छ कति सुन्ने यि समानताका कुरा,न्यायका कुरा, आफ्नै आँखा अगाडि खुलेयाम विनास भईरहेछ न्याय,मिचिईरहेछ समानता तै पनि भाषण बाजेको मन अमिलो पार्नु पनि त भएन नि ! दुइ हात जोडेर नमस्कार बाजे भन्न पाउदा नपाउदै हात समात्न लालाहित बाजे दुँनियाको पिडा गहभरी पोख्न आतुर देखिन्छन् र निक्कै भावुक मुद्रामा भन्दै गर्छन खोई अब कसरी मेरो दिनचर्या चल्ला र ? यस्तै चाला हो भने त मैले नबाचे पनि भयो नि ! अहो यति हसीला, रसिला,साच्चै गहकिला बाजेलाई आज के चोट पर्यो होला म त तिन छक परे र लाटोकोसेरो झै बाजेलाई नियाली रहे । आखिर मन मान्दै मानेन फ्याट्ट सोधे बाजे तपाईले पनि यस्ता निरासाको कुरा गरे मैले चाही के गर्नु नि१ बाजेको पिडाले भरीएको छाती फुले झै लाग्यो , गहभरी आशु बग्यो र बाजेको अड्कीएको बोलीहरु विस्तारै फुटे बाबु न्याय मर्यो, ऐ होर- कठै बिचरो न्याय, मैले भन्न पाउदा नपाउदै बाजे बर्बराउन थाले मेरो आफ्नै आगनमा मेरै अगाडि जानाजान मेरो न्याय मर्यो । मलाई राम्ररी थाहा छ उ निर्दोश थियो ,कति सोझो थियो तै पनि बाँकी रहेन ,उ आज मेरो सामु छैन मलाई छाडेर गयो बाबु साच्चै मेरै अगाडि मेरो न्यायको हत्या भयो । मेरो न्यायको हत्यामा नागरीक समाज भन्नेहरुले एक थोपा आँशु बगायो न समकक्षिहरुले , उ निहत्था,निर्दोष न्याय साच्चै अनाहकमा ,विफ्वाँकमा मारीयो , विभत्स मृत्यु वरण गर्नुपर्यो उसले तै पनि समाज आँखामा पट्टी बाँधेर बसिरह्यो रमिता हेरीरह्यो निरन्तर निरन्तर । बाजे टक्क रोकीए र केही नभनी बाटो लागे ।
मेरा प्रश्नले बाजेलाई निक्कै दुखित तुल्याएको हुनु पर्दछ धेरै दिन सम्म बाजेको अनुहार सम्म पनि देखिएन । मैले सोचे साच्चै बाजेलाई यतिसाह्रो सोध्नु नपर्ने थियो ,मुटु नछोईदिनुपर्ने थियो्,यस्तै सोच्दै प्रायश्चित गर्ने सोच बनाउदा नबनाउदै एकदिन चिटिक्क परेका साच्चै हसिला र रसिला तिनै बाजेलाई सिमीटारको मुल बाटोमै भेटे र बाजे आज निक्के हतारमा देखिनुहुन्छनि , मैले भन्न पाउदा नपाउदै बाजेले मेरा अनुहारमा हेरे हेरे निक्के बेर अनि बर्बराउन थाले कति अबोध छन् यि अनुहार हरु हो बाबु मेरो न्याय पनि त्यस्तै अबोध थियो साच्चे राष्ट्रप्रेमले ओतप्रोत थियो, आँखा भरी बेदनाका थोपा हरु स्पष्ट देखिन्थे अनि सुक्न लागेका बाजेका मुखबाट धारा प्रबाह निस्कीरहेथ्यो एक मिनेट पनि बस्दिन तै बस् यो राक्षसहरुको भिडमा अनि असत्यहरुको बस्तिमा ……………….. म त तिन छक परे त्यत्ति रसीला बाजेलाई आज कति बेदनाले पोलेके होला, आखिर त्यसरी न्याय र्फकने पनि त होईन नि । फेरी न्यायको हत्या भएकोमा मलाईपनि दुःख लागेको छ नि । त्यस दिन देखी बाजे बस्तीम देखिन छाडे सायद न्यायको हत्याले बिचलीत बाजे कुनै बस्तीमा बसेर न्यायको रक्षा गर्दै होलान् अनि न्यायका अनुयायी र हिमायतीहरुलाई ढाडस दिदै होलान् जे होस् आफ्ना प्यारो न्याय मारीएको झोकमा बाजेले बस्ती उजाड बनाएर छोड्नु नहुने थियो , चटक्क हामीलाई बिर्सन नहुने थियो । आजकाल गाँउ पाखाका बस्तीहरु तिनै बाजेको सिको गर्दैछन् मन निचोर्दै र आँशुको भल बगाउदै सबै पछि लागेको हुनु पर्दछ मलामी खोज्न दुइदिन लाग्छ । के गर्ने नियतिले कोर्रा हान्यो जानी जानी पनि हामीले कहि गर्न सकेनौ ति बाजे लाई मात्र रोक्न सकेको भएपनि कहि हुने थियो कि - भन्छन् बुद्धि पछाडि आउनु र बुढो भएपछि छोरो पाउनु एकै हो अरे ।
लाखौ लाख बस्तीहरुको लागी यि बाजे त एउटा उदाहरण मात्र हुन् । कसैका निहित स्वार्थ पुर्तिका खातिर लाखौ लाख बाजेहरु आज बस्ती छोड्न विवस् छन् । विहान बज्ने शंखका गुज्जायमान ध्वनीहरु विहानी प्रहर सगैं एका एक बारुद र गोलीको अमिलो धुवाँभित्र पलायन हुदैछन् । तर आखिर यो कहाली लाग्दो अस्तव्यस्तता कहिले सम्म ? तिनै रसिला साच्चै गहकीला बाजे भए मन निचोरेर दिन्थे यसका उत्तर । तै पनि मेरो अनुरोध तिनै बाजेहरुलाई, जस्लाई आज पनि बस्ती हरुले खाजीरहेको छ , समाजले पछ्याईरहेको छ । एक पटक आफ्ना उत्तराधिकारी हरुलाई सम्झेर भएपनि बस्ती र्फकनु पर्छ र हराभरा,सुन्दर र साच्चीकै मानवहरुको सुन्दर वस्तीमा परिणत गर्नु पर्दछ । अनि हामीले पनि सधै मुठी उठाएर होस् या दुइ हात जोडेर जसरी भएपनि भन्न पाईरहनु पर्दछ नमस्कार है भाषण बाजे ! अस्तु ।
अविरलका कुरानेपालीमन,September 15 11:15 am
