पर्खी बसे चौतारीमा तिमी आउने भर छैन कति बिघ्न सोच्यो उस्ले तिम्लाई बुझ्न खाचो छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
कुरा काट्छन् बैरीहरु तै पनि केही चासो छैन
पर्खिबसे दोवाटोमा दिने केही नासो छैन
रुदै बसोस् एकान्तमा आखामा आसु छैन
हासीदिन निर्धक्कले ओठ्मा हास्ने हासो छैन
पीडाहरु कति साच्यो तै पनि मन बाझो छैन
लड्यो कति दोबाटोमै उचाई चढ्न खोज्या हैन
तिमी बाहेक जिन्दगीमा अरु कोही रोज्या छैन
पर्खु भने चौतारीमा तिमी आउने भर छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
भताभुङ सपनाहरु बाकी अब केही छैन
उखेलेर फ्याकीदेऊ साच्नु अब केही छैन
निराशाले हो कि उस्लाई बाच्न पनि मन छैन
रमझममा दिन बिताउ सुखको त्यो सागर छैन
पर्खी बसोस् चौतारीमा फेरि तिम्रो भर छैन
हासीदिनु ओठ फुकाई समाजको डर छैन
जति गरोस् कसरत मनपर्दो आकार छैन
जति बिघ्न सोचोस् उस्ले सपनाहरु साकार छैन
आफ्नै सोचोस् तिमीलाई आफैभित्र सोचाइ छैन
के भनेर दिन बिताउला आफ्नो मनको रोजाइ छैन
पर्खी बसोस् तिमीलाई फेरि तिम्रो भर छैन
हासीदिनु उस्लाई देखी समाजको डर छैन
टाढीदैछौ तिम्ले किन भन्नु पनि उचित हैन
कुडिएर मन दुःखोस सोचाइ उस्को छदै छैन
कति सोचोस् तिमीलाई सोच्नु बा“की केही छैन
तिमी बाहेक दुनियामा बिचराको कोही छैन
पर्खि बसोस् तिमीलाई फेरी तिम्रो भर छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
मुटु दुःख्यो पीडाहरुले लगाइदिने मलम छैन
दिल खोलेर मनका भाव खोलीदिने कलम छैन
सुनोस् कति तीता कथा अब उस्लाई सुन्नु छैन
मनका भाव गुम्साएर मनैभित्र थुन्नु छैन
पर्खी बसोस् चौतारीमा त्यै नि तिम्रो भर छैन
मुस्कुरादिनु निर्धक्कले समाजको डर छैन
निर्धक्कले मनको बह पोख्या छदै छैन
तिमी पनि आफ्नै मान्छे नचिन्या त हैन
तिम्लाई सम्झी त्यो मन उस्को नपोल्या त हैन
तिमी विना त्यो जिन्दगी र्सार्थक हुने छैन
पर्खी बसोस् दोबाटोमा तिमी आउने भर छैन
हासीदिनु निर्धक्कले दुनियाको डर छैन
बोलि दिंदा कहिले काही ब्रि्रने त केही छैन
हासी दिंदा उस्कै लागि सकिने त हुदै हैन
तिम्लाई सम्झी मन भरि नरोएको हुदै हैन
तिमी वाहेक जिन्दगीमा अरु कोही छदै छैन
पर्खी बसोस् दोबाटोमा फेरि तिम्रो भर छैन
हासीदेऊ निर्धक्कले दुनियाको डर छैन
बाचिदेऊ उस्कै लागि दुनियाको भरै छैन
सृजना/अलग संसारनेपालीमन,September 4 1:26 pm
