सभ्यताको चिसो सिंढी चढ्न नखोज तिमी
त्यहा त ठूला चट्टान भेटिन सक्छन्
आकाशको उचाईमा आफूलाई राख्न नखोज तिमी
त्यहा त अस्तित्व मेटिन पनि सक्छन् ।
भावनाको अन्धवेगमा नबग तिमी
किनारा लगाइ दिन पनि सक्छन्

समुन्द्रको तटहरुमा जिन्दगीलाई नमिल्काउ तिमी
मौका पाउने बित्तिकै वगाइदिन पनि सक्छन्
हातमा हात मिलाएर जिउने प्रणहरु पनि आउलान्
त्यो त सिर्फनाटकमात्र हुन सक्छन्
कसमहरुको भेल संगै दुनिया बगिरहलान् ।
बुझ्नु दुनिया नौटंकी पनि हुन सक्छन्
त्रि्रा बारे मीठा कुराहरु सुनिरहलान्
त्यो त तिम्रो उचाई नाप्ने वाहना हुन सक्छन्
जिन्दगी त्रि्रो साटिएको भान होला
बुझ्नु त्यो त तिम्रो हैसियत नाप्ने तरीका हुन सक्छन् ।
चन्द्रमा झार्ने आश्वासन नदेउ कसैलाई
त्यो त त्रि्रो अभिशाप बन्न सक्छन्
सुःखी संसारको मीठो परिकल्पना नदेउ कसैलाई
त्यो त जिन्दगीको बाधक बन्न सक्छन् ,
आफ्नो हैसियत सोध्न नखोज तिमी
त्यो त तिम्रो मुर्खता बन्न सक्छन्,
कसैसगं हैसियत नाप्ने चेष्टा नगर तिमी
त्यो त तिम्रो सिर्फ धृष्टता बन्न सक्छन्
बाटाहरु पन्छाइदेऊ भनि पुकार नगर कसैलाई
त्रि्रा बाटा छेकिन पनि सक्छन्
आफ्ना दुखी जिन्दगीका मर्मस्पर्शी भावनाहरु नलुकाउ
एकाएक देखीन पनि सक्छन्
जिन्दगी पुर्णीमाको जून झै बनाउन नखोज तिमी
हेर्दा हेर्दै डुबिदिन पनि सक्छन्
न्यानो मायाको अपेक्षा नगर तिमी
चिसो सिढींहरुमा पछारिन पनि सक्छन्