-२०५९ मंसीर १२ गतेको पुरानो डायरीको पन्ना बाट
दुँनियाको हेर्राईमा उनि कवि पनि होईनन् न त माहान आदर्शबादी नेता नै । शिक्षाको हकमा कलम चलाउने चेष्टा गर्न सक्छन् अनि दृष्टि न्याय,समानता र समुद्ध समाजका लागी लागीरहन्छन् । काँधमा सधै दोकादे झोला देखिन्छ ,पातलो बाहुले र्सटमा टिलीक्क टल्कने खैरो पेन, चप्पलको प्याट-प्याट पड्काईले झ्वाट्ट चिनिन्छ उनि फेरी आए,तिनै भाषण बाजे । कहिले त दिक्क लाग्छ कति सुन्ने यि समानताका कुरा,न्यायका कुरा, आफ्नै आँखा अगाडि खुलेयाम विनास भईरहेछ न्याय,मिचिईरहेछ समानता तै पनि भाषण बाजेको मन अमिलो पार्नु पनि त भएन नि ! (more…)
राष्ट्रिय स्वतन्त्रता र सम्मान !
शक्तिले मात्र शक्तिको सम्मान गर्दछ । एकपटक म तेल अभिभमा इजरायली पत्रिका पढिरहको थिए। ती दिन त्यहा असंख्या आक्रमण, बमबारी र मृत्यु भइरहेको थिए । पत्रिको मुख्य पृष्ठमा एक यहुदी व्यक्तिको तस्विर छापिएको थियो , जसले पाच बर्षा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैंचामा परिणत गरेको थियो,हत्या बमबारी र मृत्युका खबरहरु अरु समाचर संगै भित्री पृष्ठमा छापिएका थिए,हामी मृत्यु , बिरामी, आतंक र अपराधका समाचार मात्र पढ्छौ,किनकी हामी यति धेरै नकारात्मक छौ………………. तपाई भन्नुहुन्छ , हाम्रो सरकार कुशल छैन ,तपाई भन्नुहुन्छ, हाम्रा कानुन धेरै पुराना छन्,तपाई नगरपालिकाले फोहोर उठाउदैन भन्नुहुन्छ ,तपाई भन्नुहुन्छ, फोनले काम गर्दैन,हाम्रो विमान सेवा संसारकै सबैभन्दा खत्तम छ, चिठ्ठी पठाएको ठाउमा कहिल्यै पुग्दैन् ,तपाई गुनासो गर्नुहुन्छ, मात्र गुनासो गर्नुहुन्छ । तपाई सिंगापुर जानुहुन्छ,सिंगापुरमा तपाई चुरोटको ठुटा सडकमा मिल्काउनु हुन्न, पसलमा उभिएर खानुहुन्न, तपाई दुवईमा रामदानको बेला र्सार्वजनिकक ठाउँमा खाने आँट गर्नु हुन्न, तपाई जेहादमा आफ्नो शिर नछोपी बाहिर निस्कने हिम्मत गर्नु हुन्न, तपाई लण्डनमा टेलिफोन एक्सचेन्जका कर्मचारीलाई १० पाउण्ड घुस ख्वाएर आफूले तिर्नु पर्ने बील अरुको नाममा सार्न आग्रह गर्ने आट गर्नुहुन्न, तपाई वासिङटनमा प्रतिघण्टा ८८ मिटर भन्दा तिब्र गतिमा गाडि कुदाएर म फलानोको छोरा हु भन्दै फुर्ती लगाउने साहस गर्नु हुन्न, तपाई अष्टे्लिया र न्युजिल्याण्डको समुन्द्री तटमा रित्तो नरिवलको जटा जथाभावी मिल्काउन सक्नुहुन्न ।टोकियोका सडकमा किन तपाई पान थुक्नुहुन्न - बोस्टनमा तपाई किन आफ्नो परीक्षा अरुलाई दिन लगाउनु हुन्न वा नक्कली र्सर्टिफिकेट किन्नु हुन्न - तपाई विदेश गएर उनीहरुको प्रचलित सम्पुण कानुनको सम्मान गर्नु हुन्छ र पालना गर्नु हुन्छ, तर आफ्नो देशमा गर्नु हुन्न । तपाई देशमा पाइला टेकेदेखि सडकमा कागज र चुरोटका टुक्रा मिल्काउनु हुन्छ, तपाई विदेशमा सम्मानित नागरिक बन्न सक्नु हुन्छ भने किन आफ्नै देशमा सक्नुहुन्न - धनि व्यक्तिका कुकुर सडकमा जथाभावी फोहोर गर्छन् , पछि तिनै व्यक्ति सडक फोहोर हुनुमा सम्बन्धित अधिकारको क्षमता माथि प्रश्न उठाउदै आलोचना गर्दछन् । अमेरीकामा यसरी कुकुरले फोहोर गर्दा मालिकले आएर सफा गर्नु पर्दछ । जापानमा पनि यस्तै नियम छ । हामी सरकारले सवै काम गरोस भन्ने चाहन्छौ,हामी सरकारले सडक सफा गरोस भन्ने चाहन्छौ,तर आफू चाही जथाभावी फोहोर फाल्न छोड्दैनौ । जब सकारात्मक योगदान पुर्याउने समय आउछ, हामी यो देश छोडेर भाग्दछौ । आफ्नो समस्या देखि डराए, लाछी र अल्छी बनेर अमेरिकाको समृद्धिका प्रशंसा गर्दै,त्यतातिर लाग्छौ । जब बेलायतमा रोजगारी पाइदैन, हामी अर्को उडानमा खाडी देश तिर लाग्छौ,जब खाडीमा युद्ध हुन्छ, हामी सुरक्षित उद्धारको माग गर्दछौ,अनि सरकारले हामीलाई आफ्नै देशमा फिर्ता ल्याउछ । हामी सबै आफ्नो देशलाई गाली गर्र्छौ । कोही पनि यहाको प्रणालीलाई स्याहार सम्भार गर्ने कुरा सोच्दैनौ ।हामीले आफ्नो चेतनालाई पैसामा बन्धक बनाएका छौ ।
(अब्दुलकलाम आजाद -निवर्तमान भारतीय राष्ट्रपति, २००७ जुलाईको बक्तब्यमा आधारति)
पर्खी बसे चौतारीमा तिमी आउने भर छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
कुरा काट्छन् बैरीहरु तै पनि केही चासो छैन
पर्खिबसे दोवाटोमा दिने केही नासो छैन
रुदै बसोस् एकान्तमा आखामा आसु छैन
हासीदिन निर्धक्कले ओठ्मा हास्ने हासो छैन (more…)
झिरमा उनीनु एउटा कुरा
तिम्रो पिरमा उनिनु अर्कै कुरा
आसु भर्दै नझर्ने कस्को हो र ?
झर्नु नझर्नु अर्कै कुरा
-शब्द साभार
सभ्यताको चिसो सिंढी चढ्न नखोज तिमी
त्यहा त ठूला चट्टान भेटिन सक्छन्
आकाशको उचाईमा आफूलाई राख्न नखोज तिमी
त्यहा त अस्तित्व मेटिन पनि सक्छन् ।
भावनाको अन्धवेगमा नबग तिमी
किनारा लगाइ दिन पनि सक्छन् (more…)
