यो विवसता वाध्यता, हेलचेक्र्याइ या त नयाँ नेपालको प्रतिनिधित्व ?

म आज एउटा त्यस्तो विषयवस्तुलाइ समेट्न जादै छु जसले हामी आम नेपालीलाइ सायद अचम्ममा पार्छ होला, हामी आम नेपालीको विवसता र हाम्रो आलसी, लालची र परनिर्भर चरित्रलाइ उदाङगो पार्छ होला । कुरा नुवाकोट जिल्ला विदुर नगरपालीका वडा नं ८ केउरीनीको हो । सामाजीक कार्यकर्ताको हिसावले सामुहीक काम कसरी गर्न सकिन्छ र स्थानीय स्रोत र साधनको अधिकतम् उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा एउटा तालिम दिन पुगेको थिए म त्यहा । एकदुइ घर वाहुन, केही घर तमाङ र बाँकी विश्वकर्मा गरी जम्मा जम्मी ३५ घरपरिवार वसोवास गर्ने केउरीनीमा २०२७ साल पौष १ गते श्री बटुक भैरव प्राथमीक विधालयको स्थापना भएको रहेछ । प्रधानअध्यापक सतानन्द रिजाल छिमेकी गाँउका र शिक्षीका द्धय श्रीमती शान्ता रीमाल विनपा ८ कोलनी र श्रीमती चन्द्रदेवी श्रेष्ठ विनपा १० बाट विद्यालयको शिक्षण पेशामा संलग्न छन् । 
प्रशासनीक कामको लागी कार्यलय कोठा समेत नभएको यस विद्यालयमा छात्रा २१ र छात्र १५ गरी जम्मा जम्मी ३६ जना विद्यार्थी अध्ययन गर्छन् । गाँउ भरी वाहुन समुदायका ४ पुरुष र २ महिला तथा दलित भनीएका समुदाय वाट प्रेम वहादुर विक एक्लैले एस एल सि उतिर्ण गरेका छन् । दुइकोठाको एउटा ब्लक, दुइकोठाको एउटा सिमेन्टेड भवन र चारकोठाको कच्ची भवन छ ।
उदेक लाग्ने कुरो त के छ भने यँहा कक्षा १,२ र ३ का सवै विद्यार्थीहरु एवं कक्षा ४ र ५ का सबै छात्र छात्र एउटै कोठामा वसेर अध्ययन गर्छन अर्थात उनीहरुको लागी बहुकक्षा सञ्चालन गरीएको छ । ६ सदस्यीय विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा रामशरण अधिकारी छन् र दुइ विक सदस्य वाहेक वाँकी सबै वाहुन नै छन् । छ वर्ष भएछ विद्यालयमा अभिभावक भेला नभएको स्थानीय वयोवृदहरु गुनासो गर्दै थिए घरमा खानेकुरा नहुदा समेत दिनभर विद्यालयको लागी काम गरीयो तर अहिले विद्यालयको यो अवस्था देख्दा रुन मन लाग्छ । यो कसरी भयो त भन्ने मेरो प्रश्नमा अलि निरास हुदै उनिहरु भन्छन् हामी लेखपढ गर्न जान्दैनौ वाहुनहरुनै व्यवस्थापन समितीमा छन्, केटाकेटीहरुलाइ विद्यालय पठायो केही पनि जान्दैनन् अरे त्यसैले ऋण धन गरेर भएपनि राइसिङ वजारको कर्म संग इङलिस वोर्डिङ स्कुलमा केटाकेटीहरु पढाउन पठाउछौ । 
के आफ्नै आगनको विद्यालय लाइ व्यवस्थीत गरे हुदैन र भन्ने मेरो प्रश्नको जवाफमा उनिहरु भन्छन् हामीले जानेका बुझेका छैनौ जान्ने बुझ्नेहरुलाइ भन्यो वास्तै गर्दैजनन् कति चोटी त विद्यालय निरीक्षकलाइ समातेर हात जोडीयो केही गरीदिनु पर्यो भनेर तर खोइ आज सम्म केही पनि भएको छैन । मैले जिल्ला शिक्षा कार्यलय नुवाकोटका प्रमुख मुक्तिसिहं ठकुरी संग कुरा गर्दा हामीले सक्दो गरीरहेका छौ र पछि हेर्ने छौ भन्नु हुन्छ आखिर त्यो पछि कहिले आउला संविधान सभाको चुनाव पछि या त गणतन्त्र नेपाल घोषणा पछि । 
मैले वुझ्न नसकेको कुरा आफ्नो लागी आफैले केही नगर्ने हाम्रो मानसीकता कहिले समाप्त होला अनि गुणस्तरीय शिक्षाको हुँकार छोड्ने देशको शिक्षा मन्त्रालय र जिल्ला स्थिीत कार्यलय हरुले आफ्नै आँगनमा रहेको विद्यालयको यो दुर्दशा त मुकदर्शक भएर हेरीरहन्छन् भने विकटमा रहेका साल्मे भाल्चे र पाटीभन्ज्याङका लेकहरुकमा रहेका विद्यालयको अवस्था कस्तो होला । 
पक्कै पनि मलाइ एकचोटी हेर्ने इच्छा जागेको छ समय मिले अवस्य जानेछु र तपाइहरुलाइ पनि पस्कने कोसीस गर्नेछु यो र यस्ता विषय वस्तु कस्ता लाग्छन् मलाइ पृष्ठपोषण दिन नभुल्नुहोला हरदम यी र यस्तै सामाजीक विकासका विषयहरुलाइ उठान गरीरहनेछु ।

Thank God!
Comment by Subhechchhyak — नेपालीमन,August 30 @ 8:01 pm