Heifer International Nepal को आर्थीक तथा प्राबीधीक सहयोगमा द्धारा थानापती ग वि स वडा नं ९ मा संचालित समुदायको विकासमा युवा एकिकरण परियोजना अर्न्तर्गतको नव पालुवा युव समुहमा १० जना भाइ बहिनीलाई २०६३ मा ३ दिने भित्ते पत्रिका लेखन तालीम दिएको थियो । उक्त तालीम पछि नवपालुवा युवा समुहमा सबै भन्दा कलीला भाइ विपुल पाण्डे पत्रकार बनेका छन् । कक्षा ७ मा अध्ययनरत विपुल आप\mनो पढाइको समय पछि पत्रीकाको निम्ती समाचार संकलन गर्न गाउँघर डुल्ने गरेका छन् ।
उनकै सम्पादनमा थानापती बोल्छ पाक्षीक भित्ते पत्रिका निस्कने गरेको छ । गाउँघरमा मानीसहरुको कृषी समाग्री किक्री वितरण गर्नु पर्ने देखी विकास निर्माण भएको अनियमीतता तथा सामाजीक विकासमा युवाहरुको गतिविधी उनको पत्रीकाको मुख्य समाचार बन्ने गरेको छन् । SLC पास गरेपछि पत्रकार बन्ने सपना बोकेका विपुल नुवाकोट जिल्लाबाट प्रकाशन हुने एक मात्र दैनीक पत्रीका गतिशिल समयका थानापती सम्बाद दाता बनेका छन् ।
उनी गाउमा हाल कलीला पत्रकारका रुपमा चर्चामा छन् । उनको पत्रीका प्रतीको लगाव देख्दा विपुल पक्कै भविश्यमा राष्ट्रिय पत्रकार बन्छन् , स्थानिय समाज सेवी पदम थपलिया भन्नु हुन्छ । गाउँघरमा बरालीएर रहेको युवा जनसक्तिलाई हेफर र कार्डसनले सामुदायीक नेता बनाएको छ । यो सराहनीय कार्य हो स्थानिय महेन्द्र प्रा. वि का प्रधानाध्यापक श्री प्रेम प्रसाद पाठक भन्नु हुन्छ ।