यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
अविरलका कुरानेपालीमन,August 31 10:13 am



म आज एउटा त्यस्तो विषयवस्तुलाइ समेट्न जादै छु जसले हामी आम नेपालीलाइ सायद अचम्ममा पार्छ होला, हामी आम नेपालीको विवसता र हाम्रो आलसी, लालची र परनिर्भर चरित्रलाइ उदाङगो पार्छ होला । कुरा नुवाकोट जिल्ला विदुर नगरपालीका वडा नं ८ केउरीनीको हो । सामाजीक कार्यकर्ताको हिसावले सामुहीक काम कसरी गर्न सकिन्छ र स्थानीय स्रोत र साधनको अधिकतम् उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा एउटा तालिम दिन पुगेको थिए म त्यहा । एकदुइ घर वाहुन, केही घर तमाङ र बाँकी विश्वकर्मा गरी जम्मा जम्मी ३५ घरपरिवार वसोवास गर्ने केउरीनीमा २०२७ साल पौष १ गते श्री बटुक भैरव प्राथमीक विधालयको स्थापना भएको रहेछ । प्रधानअध्यापक सतानन्द रिजाल छिमेकी गाँउका र शिक्षीका द्धय श्रीमती शान्ता रीमाल विनपा ८ कोलनी र श्रीमती चन्द्रदेवी श्रेष्ठ विनपा १० बाट विद्यालयको शिक्षण पेशामा संलग्न छन् ।
प्रशासनीक कामको लागी कार्यलय कोठा समेत नभएको यस विद्यालयमा छात्रा २१ र छात्र १५ गरी जम्मा जम्मी ३६ जना विद्यार्थी अध्ययन गर्छन् । गाँउ भरी वाहुन समुदायका ४ पुरुष र २ महिला तथा दलित भनीएका समुदाय वाट प्रेम वहादुर विक एक्लैले एस एल सि उतिर्ण गरेका छन् । दुइकोठाको एउटा ब्लक, दुइकोठाको एउटा सिमेन्टेड भवन र चारकोठाको कच्ची भवन छ ।
उदेक लाग्ने कुरो त के छ भने यँहा कक्षा १,२ र ३ का सवै विद्यार्थीहरु एवं कक्षा ४ र ५ का सबै छात्र छात्र एउटै कोठामा वसेर अध्ययन गर्छन अर्थात उनीहरुको लागी बहुकक्षा सञ्चालन गरीएको छ । ६ सदस्यीय विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा रामशरण अधिकारी छन् र दुइ विक सदस्य वाहेक वाँकी सबै वाहुन नै छन् । छ वर्ष भएछ विद्यालयमा अभिभावक भेला नभएको स्थानीय वयोवृदहरु गुनासो गर्दै थिए घरमा खानेकुरा नहुदा समेत दिनभर विद्यालयको लागी काम गरीयो तर अहिले विद्यालयको यो अवस्था देख्दा रुन मन लाग्छ । यो कसरी भयो त भन्ने मेरो प्रश्नमा अलि निरास हुदै उनिहरु भन्छन् हामी लेखपढ गर्न जान्दैनौ वाहुनहरुनै व्यवस्थापन समितीमा छन्, केटाकेटीहरुलाइ विद्यालय पठायो केही पनि जान्दैनन् अरे त्यसैले ऋण धन गरेर भएपनि राइसिङ वजारको कर्म संग इङलिस वोर्डिङ स्कुलमा केटाकेटीहरु पढाउन पठाउछौ ।

के आफ्नै आगनको विद्यालय लाइ व्यवस्थीत गरे हुदैन र भन्ने मेरो प्रश्नको जवाफमा उनिहरु भन्छन् हामीले जानेका बुझेका छैनौ जान्ने बुझ्नेहरुलाइ भन्यो वास्तै गर्दैजनन् कति चोटी त विद्यालय निरीक्षकलाइ समातेर हात जोडीयो केही गरीदिनु पर्‍यो भनेर तर खोइ आज सम्म केही पनि भएको छैन । मैले जिल्ला शिक्षा कार्यलय नुवाकोटका प्रमुख मुक्तिसिहं ठकुरी संग कुरा गर्दा हामीले सक्दो गरीरहेका छौ र पछि हेर्ने छौ भन्नु हुन्छ आखिर त्यो पछि कहिले आउला संविधान सभाको चुनाव पछि या त गणतन्त्र नेपाल घोषणा पछि ।
मैले वुझ्न नसकेको कुरा आफ्नो लागी आफैले केही नगर्ने हाम्रो मानसीकता कहिले समाप्त होला अनि गुणस्तरीय शिक्षाको हुँकार छोड्ने देशको शिक्षा मन्त्रालय र जिल्ला स्थिीत कार्यलय हरुले आफ्नै आँगनमा रहेको विद्यालयको यो दुर्दशा त मुकदर्शक भएर हेरीरहन्छन् भने विकटमा रहेका साल्मे भाल्चे र पाटीभन्ज्याङका लेकहरुकमा रहेका विद्यालयको अवस्था कस्तो होला ।
पक्कै पनि मलाइ एकचोटी हेर्ने इच्छा जागेको छ समय मिले अवस्य जानेछु र तपाइहरुलाइ पनि पस्कने कोसीस गर्नेछु यो र यस्ता विषय वस्तु कस्ता लाग्छन् मलाइ पृष्ठपोषण दिन नभुल्नुहोला हरदम यी र यस्तै सामाजीक विकासका विषयहरुलाइ उठान गरीरहनेछु ।

अविरलका कुरानेपालीमन,August 13 11:35 am



Heifer International Nepal को आर्थीक तथा प्राबीधीक सहयोगमा द्धारा थानापती ग वि स वडा नं ९ मा संचालित समुदायको विकासमा युवा एकिकरण परियोजना अर्न्तर्गतको नव पालुवा युव समुहमा १० जना भाइ बहिनीलाई २०६३ मा ३ दिने भित्ते पत्रिका लेखन तालीम दिएको थियो । उक्त तालीम पछि नवपालुवा युवा समुहमा सबै भन्दा कलीला भाइ विपुल पाण्डे पत्रकार बनेका छन् । कक्षा ७ मा अध्ययनरत विपुल आप\mनो पढाइको समय पछि पत्रीकाको निम्ती समाचार संकलन गर्न गाउँघर डुल्ने गरेका छन् ।
उनकै सम्पादनमा थानापती बोल्छ पाक्षीक भित्ते पत्रिका निस्कने गरेको छ । गाउँघरमा मानीसहरुको कृषी समाग्री किक्री वितरण गर्नु पर्ने देखी विकास निर्माण भएको अनियमीतता तथा सामाजीक विकासमा युवाहरुको गतिविधी उनको पत्रीकाको मुख्य समाचार बन्ने गरेको छन् । SLC पास गरेपछि पत्रकार बन्ने सपना बोकेका विपुल नुवाकोट जिल्लाबाट प्रकाशन हुने एक मात्र दैनीक पत्रीका गतिशिल समयका थानापती सम्बाद दाता बनेका छन् ।
उनी गाउमा हाल कलीला पत्रकारका रुपमा चर्चामा छन् । उनको पत्रीका प्रतीको लगाव देख्दा विपुल पक्कै भविश्यमा राष्ट्रिय पत्रकार बन्छन् , स्थानिय समाज सेवी पदम थपलिया भन्नु हुन्छ । गाउँघरमा बरालीएर रहेको युवा जनसक्तिलाई हेफर र कार्डसनले सामुदायीक नेता बनाएको छ । यो सराहनीय कार्य हो स्थानिय महेन्द्र प्रा. वि का प्रधानाध्यापक श्री प्रेम प्रसाद पाठक भन्नु हुन्छ ।


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments