–अविरलयात्री
यो पुर्खाखाले आर्जेको मुलुक, स्वभिमान र आत्मसम्मानको प्रतिक अनि विर गोर्खालीको रक्तरंजित इतिहासले भिजेको माटो । संसारको कुनै कुना त्यस्तो छैन होला जसलाइ गोर्खाली विरताको कहानीको भेउ नहोस् । हिजो यो मातृभुमि हिन्दु अधिराज्य थियो । वौद्ध, हिन्दु, मुस्लीम, शिख, इसाइ खोइ कसैले कसै प्रति न त औला उठाएको थियो न त एकआपसमा आफ्नै धर्म सहितको नँया राज्यको कल्पना गरेको थियो । हिजो तराइ आफ्नै लयमा हासीरहेको हुन्थ्यो, पहाडका हरिया फाँटहरु अनि लेकका सेता हिमशिखर हरु आफ्नै लय र सुरमा रमाइरहेका हुन्थ्यो । हिजो तराइ दुख्दा पहाड पनि दुख्थ्यो, पहाड रुदाँ तराइ पनि संगसंगै वेदना बाँड्न तम्सीन्थ्यो यो इतिहासको धेरै पुरानो कालखण्ड होइन हामी सबैको मानसपटलमा ताजा भएर बसीरहेको विगत हो । चार जात छत्तिस बर्ण यो मुलुक सबैको साझा फुलवारी थियो । गुरुङ मर्दा पक्कै बाहुन पनि वेदनाले रुन्थ्यो, मगरलाइ समस्या पर्दा पक्कै पनि क्षेत्री मुकदर्शक बन्दैनथ्यो । जातजाती, धर्म, भाषा र भेगको आधारमा कसैले कसैलाइ भेदभाव गरेको थिएन, यसैमा अड्कीएर बचेखुचेका पुरातनबादी सोचका खम्बाहरु विस्तारै ढल्दै थियो डग्मगाउदै थियो । प्रकृतिक अभ्यासहरुमा समानताबादी सोचहरु विस्तारै फुल्दै थिए, तराइमा, पहाडमा, लेकमा जताततै जहितही ।
आज समय बदलीएको छ , परिस्थीति उल्टीएको छ । तराइले पहाडलाइ विस्तारै हेला गर्न थालेको छ, पहाडले तराइलाइ उपेक्षा गर्न थालेको छ, भित्रभित्रै आगोका ज्वालाहरु, लप्काहरु विस्तारै बड्न थालेका छन् आखिर किन - हिन्दु अधिराज्यको वैधानीकता समाप्त भएको छ र राज्य धर्म निरपेक्ष बनेको छ । जातीय, संघीय र स्वायत्त शासनका परिकल्पनाहरु लहलह तोरीवारी झै फुलेका छन् तै पनि यी सबै घात र प्रतिघातका नमिठा पिडाहरु अझै किन ?किन व्रि्रोह गर्दैछ तराइ ? किन टुट्दैछन् साम्प्रदायीक एकताका कडीहरु ? किन मेटीदैछ भाइचारा, बन्धुत्व ? र किन सकिदैछ सिंगो मानवीयताका सुन्दर आस्थाहरु ? आखिर किन ? हो आखिर किन हुदैछ यी नमीठा घटनाक्रमहरु ? को जिम्मेवार छन् यसका लागी ? र के हो त यसको समाधान ? सवैले असल नागरीक भएर सोच्न जरुरी छ किनकी विलम्ब गर्नु मुलुकलाइ विखण्डनको मार्गमा धकेल्नु हो ।यो पंक्तिकारलाइ प्रतिगामीको लेवल लगाइन पनि सक्छ, उग्रवादी सोचको सिकार भनिन पनि सक्छ तै पनि देखेको कुरा लेख्नु मेरो धर्म हो, यो समाज, यो राज्य र मेरा अग्रज हरुले सन्तुलन गरीदिएको यो जीवनलाइ खुम्च्याएर बाँच्नु भन्दा मर्न नै निको मान्छु म किनकी यो मातृभुमि मेरो हो र म यो मातृभुमीको पनि राष्ट्र र समाजको लागी जीवनको बलिदानी गर्नु हरेक नागरीकको अधिकार र अहोभाग्य हो । हो राज्य विखण्डन तिर उन्मुख हुनु पक्कै राम्रो होइन र यसको पहिलो जिम्मा नेकपा माओवादीले लिनु पर्छ सकारात्मक रुपमा । यदी विचार र विवेकमा सन्तुलन कायम गरिन्छ भने यो कुराले कसैलाइ पनि ननिको नलाग्नु पर्छ । हिजो तराइमा जनयुद्ध मौलाएको थियो किनकी त्यहा मधेसी हक र हितका लागी धेरै भन्दा धेरै कुरा उठेको थियो, स्वयत्त र संघिय राज्य प्रणालीको खुब प्रचार प्रसार भएको थियो, बबुरा ति तराइवासी नेपालीहरु नँया संसारको परिकल्पनामा डुवेका थिए, आमरुपमा दासता र सामन्तबादको चंगुलबाट उम्कन आतुर थिए । तर कालन्तरमा त्यसो भएन । जस्ले कुराको उठान गर्‍यो उसैभित्र सामान्तबाद र निरंकुशताको विगविगी बढ्यो फलत निमुखा जनता बोल्न र शक्ति प्रर्दशनको लागी तयार हुनुपर्‍यो, अन्ततः तराइ रिसायो र नमाज्जाले भड्कीयो । यही क्रम र प्रक्रियाले के भोली अझ भयावह स्थिती सृजना नहोला र ? के अब मेची कोशी र कर्णलीहरु त्यसै चुपचाप रहलान् र ? पक्कै त्यसो हुने छैन । यदी माओवादीले आफ्नो पुरनै र्ढरा र हठीपन नछोडेसम्म यो सम्भव छैन यसका लागी माओवादी आजैबाट विगतका गल्तीलाइ सच्याउदै अग्रगमनको बाटो नरोजे जातीय, संघीय र धार्मीक विखण्डनको दलदलभित्र आफै पुर्णरुपमा पुरीने छ । त्यसो त यी सबै घटनाक्रमहरुलाइ वढावा दिन शाही मतियारहरु र कथित हिन्दु अतिवादीहरुको पनि हात छ । उनीहरुको अथक प्रयासका बाबजुद पनि तराइ भड्कीनलाइ आतुर बनीरहेको छ । त्यसैले माओवादी राजनैतिक दल, विभिन्न जातजाती, भाषाभाषी र धर्मका नेपालीहरु स्वयंले यो मातृभुमिलाइ साझा फुलवारी बनाउनु पर्छ सत्ता र शक्तिका पुजारी हरुलाइ खवरदारी गर्दै विखण्डन उन्मुख मुलुकको अस्थित्व जोगाउनु पर्छ त्यसैले सबैले सत्ता र शक्तिका दलालहरुलाइ भनौ खबरदार बिखण्डन्बादी सोचहरुहो यो देश तिमीहरुको पेवा होइन करोडौ नेपालीहरुको जीवन विसाउने साझा चौतरी हो । नेपाल र नेपालीको स्वर्णीम भविश्य वा आफ्नै टुंगोविहीन यात्रा सबैले आफैले रोजुन्, नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !