अदुरदृष्टी, क्रान्तिकारी हुँकार र नँया नेपाल
–अविरलयात्री
प्रसग अलिकति दुखद छ, अलिकति हास्यास्पद छ र अलिकति भावनात्मक पनि छ । जीवनको लम्वेतान यात्रामा नँया सिकाइ र खोजमा पुलकित हुदै यो अविरलयात्रीलाइ प्रसंगवस अमरावती कान्तीपुरी नगरीको वालाजु १६ स्थित प्रगतीवस्ती पुग्ने अवसर मिलेको थियो । थोरै सामाजीक कार्यकर्ता र धेरै यो देशको र्सार्वभौमसत्ता सम्पन्न नागरीक भनेर गर्व गर्ने मेरो मानसपटलमा त्यसवेला वाह्रहजार भोल्टको करेन्ट प्रवाह भयो जव राजधानीको मुटुकै एउटा प्राथामीक विधालयको साँघुरो कोठामा बहुकक्षा सञ्चालन भैरहेको देख्ने अवसर मिल्यो । कान्तीपुरी नगरी जहा यो देशका त्यस्ता भाग्यमानी नेपालीहरुको वसोवास छ जहाका बालबच्चा आलिसान महलमा वस्छन्, रुचेभन्दा बढी खान्छन् र धेरै नेपाली बालवालीकाको कल्पना भन्दा माथीका विलासी सवारीहरुमा विद्यालय सम्मको यात्रा सहजै तय गर्छन तर त्यही नगरी जहाँ सिक्नका लागी, जुन उनिहरुको मौलीक अधिकार हो, सोचेभन्दा ज्यादा संघर्ष गर्छन यो मलाइ जीवनमा असाध्यै ननिको लागेको लज्जस्पद पक्ष हो । दिनभर जीवन मरणको र्सघषमा जुटेर दुइछाक धौ धौ टार्ने श्रमजीवी नेपालीहरुको प्रयासमा २०४९ सालमा श्री वालकल्याण प्रथामीक विद्यालयको स्थापना गरीएको रहेछ यँहा । २०५० सालमा जिल्ला शिक्षा काठमाडौको स्विकृती लिइसकेको यो विद्यालयमा कक्षा २ का ३५ जना र ३ का ३० जना यो देशका कर्णधार नानीवाबुहरु करिव २/३ मिटर लम्बाइ र चौडाइ भएको साँघुरो कोठाभित्र निसास्सीएर दिन काटीरहेको देखीरहदा प्रचण्ड जीहरुको क्रान्तिकारी हुँकार, माधव कमरेडहरुको श्रमजीवि लवज र गिरीजाबाबुहरुको राष्ट्रभक्त आवाजहरुले मलाइ गिज्याइरहेको थियो कुरीकुरी गरीरहेको थियो । लुमन्ती नेपाल, स्रि्रेक, कर्न्सन, कामनपा र जिविसको सामान्य सहयोगमा जिनतिनर् धमराइरहेको यो विद्यालयले मलाइ त्यत्तिखेर अझ धेरै दुखित र भावुक बनायो जतिखेर २५ रुपैया लाग्ने परिचय पत्र बनाउन नसकेर फोटो खिच्न मुन्टो लुकाइरहेका ति साना नानीवाबुहरुको अवोध चेहेरा मेरो सामुन्ने चल्मलाइरहेको थियो अझ च्यातीएका र अस्तव्यस्त कपडाहरुले अझै हाम्रो अहंकारी र अदुरदर्शी समाजलाइ चुनौति दिइरहेझै लाग्थ्यो । दिनदिनै जसो काला र खैरा कोटहरुमा सजिएर भत्ताको रागमा नँया नेपाल निर्माणको हुँकार छाडीरहने सिंहदरवारको पिढीमै यसरी श्रमजीवी नेपालीहरुको सपना टुकुचाको गन्दे नालीमा समाहीत भइरहदा पनि असिम आनन्दको स्वप्नसागरमा डुवुल्की मारीरहने हामी नेपालीको भावनालाइ कुरीकुरी, क्रान्तीकारी भाषणहरुलाइ कुरीकुरी अनि सत्ता र सक्तिको लालचमा सिहंदरवारनामी महल र नारायणहीटीरुपी वधसालातिर हात पसारीरहने हाम्रा राजेनेताहरुलाइ कुरीकुरी …..!
असल संस्कार, संस्कृति र चेतना दिगो विकासको पुर्वाधारहरु हुन् र पाठसाला यसको मुहान हो अव कल्पना गरौ मुहाननै फोहर र अव्यवस्थीत भए बाँकी कुराको कल्पना कुन रुपमा गर्न सकिएला मलाइ अचम्म लागेको विषय यो पनि हो । वाइसियल नामी अदृश्य र नेपाली सेना नामक हतियारधारी शक्तिहरुलाइ दिगो विकासका यी सामान्य पुर्वाधारहरुमा समाहित गर्ने हो भने के साँच्चै देशले काँचुली नफेर्ला र - प्रचण्ड, माकुने र गिर्जाबाबु नामी तिन राजामहाराजाहरुलाइ चेतना भया……………… नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
समस्याको जड या चुरो पत्ता नलाउनु समाधानको कल्पना नगर्नु जस्तै हो । जबसम्म समस्याको जड सम्म पुग्न सकिदैन समाधानको कल्पना भाडाकुटी खेल जस्तै हुन जान्छ, भावनाको गहीराइमा डुवेरमात्र न त समस्याको घाटी अठ्याउन सकिन्छ न त समाधानको गहीराइमा पुग्न नै सकिन्छ यो त केवल दिवा स्वप्न जस्तै हुन पुग्छ, आर्दशका महंगा ठेलीमात्र तयार हुन पुग्छ । मानीस र्सवश्रेष्ठ प्राणी हो आफु बाँच्नु मात्र उसको कर्तव्य होइन आफु जस्तै लाखौलाइ जीउन सिकाउनु र सघाउनु उसको दायीत्व हो तर स्वार्थ लोभ र लालचमा भासीएको हाम्रो संस्कारले यो तितो यथार्थलाइ कहिले स्विकार गर्न सकेन मानव जीवनको सवैभन्दा ठुलो भुल यही हो । म कहिले काही गम खान्छु कमाउने र भौतिक सुख सुविधामा रमाउने खेलले एकदिन सिंगो मानव संस्कारलाइ सलहले ढाके झै सलक्क ढाक्ने छ र एक दिन यो दुनियाँलाइ असभ्य र कुसंस्कारको बाढीले सोल्यात्तै बढार्नेछ ।

म त त्यसरि २ वटा class का students हरु एउटैमा जसरि त पढ्नु परेको थिएन। But I can easily empathize with the students you wrote about.
मलाइ पनि school पढ्दा साथीहरुले पौडि खेल्न जाने भए swimming pool मा आइ डि कार्ड देखाए ५०% डिस्काउन्ट हुन्छ भन्थे। आइ डि कार्ड नबनाएकोले स्वीमिङ् तेत्तिकै भो।
Comment by शरद् — नेपालीमन,July 16 @ 8:18 am
म त त्यसरि २ वटा class का students हरु एउटैमा जसरि त पढ्नु परेको थिएन। But I can easily empathize with the students you wrote about.
मलाइ पनि school पढ्दा साथीहरुले पौडि खेल्न जाने भए swimming pool मा आइ डि कार्ड देखाए ५०% डिस्काउन्ट हुन्छ भन्थे। आइ डि कार्ड नबनाएकोले स्वीमिङ् तेत्तिकै भो।
Comment by शरद् — नेपालीमन,July 16 @ 8:20 am