समाजले दलित भन्छ । जातीय कारणले र पारीवारीक अवस्थाले औपचारीक शिक्षा लिन पनि भ्याइनन् उनले तर उनि स्वयं भने यो कुरामा विश्वस्त हुन्नन् । गर्नसके के हुदैन बरु हिम्मतले काम गर्नु पर्दछ उनलाइ यस्तो पो लाग्छ । यो कथा भद्रुटार गा.वि.स. वडा नं ८ वयगाँउ मा वि.स. २०४० सालमा जन्मीएकी कोपिला बि.क. को हो ।

२०६३ साल वैशाख २० गते स्थापना भएको सेतीदेवि महिला विकास समूहकी अध्यक्ष समेत रहेकी उनी समाजका कुरती र विकृति र विसंगती संग लड्नु पर्छ तवमात्र सचेत समाजको निर्माण गर्न सकिन्छ भन्छीन् । जीवनभर विद्यालयको मुहार नदेखेर पनि उनको विचार र धारणा पढेलेखेका र जानेबुझेकाहरुको भन्दा कम छैन । स्थापना कालदेखिनै समूहमा सक्रिय भुमिका निभाउदै आएकी उनीले समूहको बोका समेत आफैले पालीरहेकी छिन् । २०६३ भाद्र ८ गते मनकामना महिला विकास समुहको तेश्रो पुस्ता पशु उपहार पाएको सो समुहले आधारशिला २०६३ जेठ ९ गते देखि प्राप्त गरीसकेको छ । ठाटी भञ्ज्याङ्ग वयागाँउ ४ किमी मोटरबाटो खन्न कोपीलाले नेतृत्व गरीन साथै महिला र पुरुषले समान ज्याला पाउन पर्छ भनेर लडीन पनि फलस्वरुप महिला पुरुषले समान ज्यालाको अवसर प्राप्त गरेका छन् साथै जिवीस र गाविसले समेत रु ५००००/- सहयोग गरेको छ । रोजगारीको लागी विदेशमा मात्र होइन आफ्नै गाँउघरमा पनि थुप्रै अवसर छ भन्ने विचार बोकेकी कोपीलाले कार्डसन नुवाकोटको सहयोगमा ३ महिने सिलाइ बुनाइ तालिम लिएर आफ्नै घरमा टेलर राखेकी छिन् । 
उनको पुर्खाको पेशा आरन थाप्नु र फलामको काम गर्नु हो तर यसलाइ चुनौति दिदै आफ्नो काममा निरन्तर लागीरहेकी छिन् । उनले यही कामबाट दैनिक रु ५० देखि रु १०० सम्म आम्दानी गर्छिन । २०६३ जेठ देखी हालसम्म उनले रु ४००० भन्दा बढी आम्दानी गरीसकेकी छिन् । समूहबाट पाएको बाख्राबाट रु १००००/- आम्दानी गरीसकेकी उनले हाल भैसी समेत किनेकी छिन् । समान्य परिवारमा जन्मेकी कोपीला समुदायकी उदहारण र आदर्श बन्न चाहान्छीन् । समाजले सोचेको भन्दा फरक काम गर्नु भयो कस्तो लागेको छ भन्दा उनि भन्छीन् नँया काम गर्न पक्कै गाह्रो छ तर निरन्तर प्रयास गरे एक दिन अवश्य सफल हुनेछु म आफै यो कुरामा विश्वस्त छु । For More Detail Please Email Me -abiralyatri@gmail.com
खवरदार विखण्डनबादी सोचहरु, यो देश तिमीहरुको पेवा होइन !
–अविरलयात्री
यो पुर्खाखाले आर्जेको मुलुक, स्वभिमान र आत्मसम्मानको प्रतिक अनि विर गोर्खालीको रक्तरंजित इतिहासले भिजेको माटो । संसारको कुनै कुना त्यस्तो छैन होला जसलाइ गोर्खाली विरताको कहानीको भेउ नहोस् । हिजो यो मातृभुमि हिन्दु अधिराज्य थियो । वौद्ध, हिन्दु, मुस्लीम, शिख, इसाइ खोइ कसैले कसै प्रति न त औला उठाएको थियो न त एकआपसमा आफ्नै धर्म सहितको नँया राज्यको कल्पना गरेको थियो । हिजो तराइ आफ्नै लयमा हासीरहेको हुन्थ्यो, पहाडका हरिया फाँटहरु अनि लेकका सेता हिमशिखर हरु आफ्नै लय र सुरमा रमाइरहेका हुन्थ्यो । हिजो तराइ दुख्दा पहाड पनि दुख्थ्यो, पहाड रुदाँ तराइ पनि संगसंगै वेदना बाँड्न तम्सीन्थ्यो यो इतिहासको धेरै पुरानो कालखण्ड होइन हामी सबैको मानसपटलमा ताजा भएर बसीरहेको विगत हो । चार जात छत्तिस बर्ण यो मुलुक सबैको साझा फुलवारी थियो । गुरुङ मर्दा पक्कै बाहुन पनि वेदनाले रुन्थ्यो, मगरलाइ समस्या पर्दा पक्कै पनि क्षेत्री मुकदर्शक बन्दैनथ्यो । जातजाती, धर्म, भाषा र भेगको आधारमा कसैले कसैलाइ भेदभाव गरेको थिएन, यसैमा अड्कीएर बचेखुचेका पुरातनबादी सोचका खम्बाहरु विस्तारै ढल्दै थियो डग्मगाउदै थियो । प्रकृतिक अभ्यासहरुमा समानताबादी सोचहरु विस्तारै फुल्दै थिए, तराइमा, पहाडमा, लेकमा जताततै जहितही ।
आज समय बदलीएको छ , परिस्थीति उल्टीएको छ । तराइले पहाडलाइ विस्तारै हेला गर्न थालेको छ, पहाडले तराइलाइ उपेक्षा गर्न थालेको छ, भित्रभित्रै आगोका ज्वालाहरु, लप्काहरु विस्तारै बड्न थालेका छन् आखिर किन - हिन्दु अधिराज्यको वैधानीकता समाप्त भएको छ र राज्य धर्म निरपेक्ष बनेको छ । जातीय, संघीय र स्वायत्त शासनका परिकल्पनाहरु लहलह तोरीवारी झै फुलेका छन् तै पनि यी सबै घात र प्रतिघातका नमिठा पिडाहरु अझै किन ?किन व्रि्रोह गर्दैछ तराइ ? किन टुट्दैछन् साम्प्रदायीक एकताका कडीहरु ? किन मेटीदैछ भाइचारा, बन्धुत्व ? र किन सकिदैछ सिंगो मानवीयताका सुन्दर आस्थाहरु ? आखिर किन ? हो आखिर किन हुदैछ यी नमीठा घटनाक्रमहरु ? को जिम्मेवार छन् यसका लागी ? र के हो त यसको समाधान ? सवैले असल नागरीक भएर सोच्न जरुरी छ किनकी विलम्ब गर्नु मुलुकलाइ विखण्डनको मार्गमा धकेल्नु हो ।यो पंक्तिकारलाइ प्रतिगामीको लेवल लगाइन पनि सक्छ, उग्रवादी सोचको सिकार भनिन पनि सक्छ तै पनि देखेको कुरा लेख्नु मेरो धर्म हो, यो समाज, यो राज्य र मेरा अग्रज हरुले सन्तुलन गरीदिएको यो जीवनलाइ खुम्च्याएर बाँच्नु भन्दा मर्न नै निको मान्छु म किनकी यो मातृभुमि मेरो हो र म यो मातृभुमीको पनि राष्ट्र र समाजको लागी जीवनको बलिदानी गर्नु हरेक नागरीकको अधिकार र अहोभाग्य हो । हो राज्य विखण्डन तिर उन्मुख हुनु पक्कै राम्रो होइन र यसको पहिलो जिम्मा नेकपा माओवादीले लिनु पर्छ सकारात्मक रुपमा । यदी विचार र विवेकमा सन्तुलन कायम गरिन्छ भने यो कुराले कसैलाइ पनि ननिको नलाग्नु पर्छ । हिजो तराइमा जनयुद्ध मौलाएको थियो किनकी त्यहा मधेसी हक र हितका लागी धेरै भन्दा धेरै कुरा उठेको थियो, स्वयत्त र संघिय राज्य प्रणालीको खुब प्रचार प्रसार भएको थियो, बबुरा ति तराइवासी नेपालीहरु नँया संसारको परिकल्पनामा डुवेका थिए, आमरुपमा दासता र सामन्तबादको चंगुलबाट उम्कन आतुर थिए । तर कालन्तरमा त्यसो भएन । जस्ले कुराको उठान गर्यो उसैभित्र सामान्तबाद र निरंकुशताको विगविगी बढ्यो फलत निमुखा जनता बोल्न र शक्ति प्रर्दशनको लागी तयार हुनुपर्यो, अन्ततः तराइ रिसायो र नमाज्जाले भड्कीयो । यही क्रम र प्रक्रियाले के भोली अझ भयावह स्थिती सृजना नहोला र ? के अब मेची कोशी र कर्णलीहरु त्यसै चुपचाप रहलान् र ? पक्कै त्यसो हुने छैन । यदी माओवादीले आफ्नो पुरनै र्ढरा र हठीपन नछोडेसम्म यो सम्भव छैन यसका लागी माओवादी आजैबाट विगतका गल्तीलाइ सच्याउदै अग्रगमनको बाटो नरोजे जातीय, संघीय र धार्मीक विखण्डनको दलदलभित्र आफै पुर्णरुपमा पुरीने छ । त्यसो त यी सबै घटनाक्रमहरुलाइ वढावा दिन शाही मतियारहरु र कथित हिन्दु अतिवादीहरुको पनि हात छ । उनीहरुको अथक प्रयासका बाबजुद पनि तराइ भड्कीनलाइ आतुर बनीरहेको छ । त्यसैले माओवादी राजनैतिक दल, विभिन्न जातजाती, भाषाभाषी र धर्मका नेपालीहरु स्वयंले यो मातृभुमिलाइ साझा फुलवारी बनाउनु पर्छ सत्ता र शक्तिका पुजारी हरुलाइ खवरदारी गर्दै विखण्डन उन्मुख मुलुकको अस्थित्व जोगाउनु पर्छ त्यसैले सबैले सत्ता र शक्तिका दलालहरुलाइ भनौ खबरदार बिखण्डन्बादी सोचहरुहो यो देश तिमीहरुको पेवा होइन करोडौ नेपालीहरुको जीवन विसाउने साझा चौतरी हो । नेपाल र नेपालीको स्वर्णीम भविश्य वा आफ्नै टुंगोविहीन यात्रा सबैले आफैले रोजुन्, नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
अदुरदृष्टी, क्रान्तिकारी हुँकार र नँया नेपाल
–अविरलयात्री
प्रसग अलिकति दुखद छ, अलिकति हास्यास्पद छ र अलिकति भावनात्मक पनि छ । जीवनको लम्वेतान यात्रामा नँया सिकाइ र खोजमा पुलकित हुदै यो अविरलयात्रीलाइ प्रसंगवस अमरावती कान्तीपुरी नगरीको वालाजु १६ स्थित प्रगतीवस्ती पुग्ने अवसर मिलेको थियो । थोरै सामाजीक कार्यकर्ता र धेरै यो देशको र्सार्वभौमसत्ता सम्पन्न नागरीक भनेर गर्व गर्ने मेरो मानसपटलमा त्यसवेला वाह्रहजार भोल्टको करेन्ट प्रवाह भयो जव राजधानीको मुटुकै एउटा प्राथामीक विधालयको साँघुरो कोठामा बहुकक्षा सञ्चालन भैरहेको देख्ने अवसर मिल्यो । कान्तीपुरी नगरी जहा यो देशका त्यस्ता भाग्यमानी नेपालीहरुको वसोवास छ जहाका बालबच्चा आलिसान महलमा वस्छन्, रुचेभन्दा बढी खान्छन् र धेरै नेपाली बालवालीकाको कल्पना भन्दा माथीका विलासी सवारीहरुमा विद्यालय सम्मको यात्रा सहजै तय गर्छन तर त्यही नगरी जहाँ सिक्नका लागी, जुन उनिहरुको मौलीक अधिकार हो, सोचेभन्दा ज्यादा संघर्ष गर्छन यो मलाइ जीवनमा असाध्यै ननिको लागेको लज्जस्पद पक्ष हो । दिनभर जीवन मरणको र्सघषमा जुटेर दुइछाक धौ धौ टार्ने श्रमजीवी नेपालीहरुको प्रयासमा २०४९ सालमा श्री वालकल्याण प्रथामीक विद्यालयको स्थापना गरीएको रहेछ यँहा । २०५० सालमा जिल्ला शिक्षा काठमाडौको स्विकृती लिइसकेको यो विद्यालयमा कक्षा २ का ३५ जना र ३ का ३० जना यो देशका कर्णधार नानीवाबुहरु करिव २/३ मिटर लम्बाइ र चौडाइ भएको साँघुरो कोठाभित्र निसास्सीएर दिन काटीरहेको देखीरहदा प्रचण्ड जीहरुको क्रान्तिकारी हुँकार, माधव कमरेडहरुको श्रमजीवि लवज र गिरीजाबाबुहरुको राष्ट्रभक्त आवाजहरुले मलाइ गिज्याइरहेको थियो कुरीकुरी गरीरहेको थियो । लुमन्ती नेपाल, स्रि्रेक, कर्न्सन, कामनपा र जिविसको सामान्य सहयोगमा जिनतिनर् धमराइरहेको यो विद्यालयले मलाइ त्यत्तिखेर अझ धेरै दुखित र भावुक बनायो जतिखेर २५ रुपैया लाग्ने परिचय पत्र बनाउन नसकेर फोटो खिच्न मुन्टो लुकाइरहेका ति साना नानीवाबुहरुको अवोध चेहेरा मेरो सामुन्ने चल्मलाइरहेको थियो अझ च्यातीएका र अस्तव्यस्त कपडाहरुले अझै हाम्रो अहंकारी र अदुरदर्शी समाजलाइ चुनौति दिइरहेझै लाग्थ्यो । दिनदिनै जसो काला र खैरा कोटहरुमा सजिएर भत्ताको रागमा नँया नेपाल निर्माणको हुँकार छाडीरहने सिंहदरवारको पिढीमै यसरी श्रमजीवी नेपालीहरुको सपना टुकुचाको गन्दे नालीमा समाहीत भइरहदा पनि असिम आनन्दको स्वप्नसागरमा डुवुल्की मारीरहने हामी नेपालीको भावनालाइ कुरीकुरी, क्रान्तीकारी भाषणहरुलाइ कुरीकुरी अनि सत्ता र सक्तिको लालचमा सिहंदरवारनामी महल र नारायणहीटीरुपी वधसालातिर हात पसारीरहने हाम्रा राजेनेताहरुलाइ कुरीकुरी …..!
असल संस्कार, संस्कृति र चेतना दिगो विकासको पुर्वाधारहरु हुन् र पाठसाला यसको मुहान हो अव कल्पना गरौ मुहाननै फोहर र अव्यवस्थीत भए बाँकी कुराको कल्पना कुन रुपमा गर्न सकिएला मलाइ अचम्म लागेको विषय यो पनि हो । वाइसियल नामी अदृश्य र नेपाली सेना नामक हतियारधारी शक्तिहरुलाइ दिगो विकासका यी सामान्य पुर्वाधारहरुमा समाहित गर्ने हो भने के साँच्चै देशले काँचुली नफेर्ला र - प्रचण्ड, माकुने र गिर्जाबाबु नामी तिन राजामहाराजाहरुलाइ चेतना भया……………… नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
समस्याको जड या चुरो पत्ता नलाउनु समाधानको कल्पना नगर्नु जस्तै हो । जबसम्म समस्याको जड सम्म पुग्न सकिदैन समाधानको कल्पना भाडाकुटी खेल जस्तै हुन जान्छ, भावनाको गहीराइमा डुवेरमात्र न त समस्याको घाटी अठ्याउन सकिन्छ न त समाधानको गहीराइमा पुग्न नै सकिन्छ यो त केवल दिवा स्वप्न जस्तै हुन पुग्छ, आर्दशका महंगा ठेलीमात्र तयार हुन पुग्छ । मानीस र्सवश्रेष्ठ प्राणी हो आफु बाँच्नु मात्र उसको कर्तव्य होइन आफु जस्तै लाखौलाइ जीउन सिकाउनु र सघाउनु उसको दायीत्व हो तर स्वार्थ लोभ र लालचमा भासीएको हाम्रो संस्कारले यो तितो यथार्थलाइ कहिले स्विकार गर्न सकेन मानव जीवनको सवैभन्दा ठुलो भुल यही हो । म कहिले काही गम खान्छु कमाउने र भौतिक सुख सुविधामा रमाउने खेलले एकदिन सिंगो मानव संस्कारलाइ सलहले ढाके झै सलक्क ढाक्ने छ र एक दिन यो दुनियाँलाइ असभ्य र कुसंस्कारको बाढीले सोल्यात्तै बढार्नेछ ।
