झुट पत्रकारीता, लुट पत्रकारीता, छि…….पित पत्रकारीता !
-अविरलयात्री
पत्रकारीता समाजको चौथो अंग हो, समाजलाइ तथ्यपरक विचार, समाचार र सुचनाले सुसुचित गर्नु उसको धर्म हो यो पवित्र पेशाको दायीत्व हो । पत्रकारीता “पेशा” विशुद्ध सामाजीक सरोकार संग गाँजीएको मुल र आधारभुत कुरो हो त्यसैले यसलाइ कसैले आफ्नो र्स्वर्थपुर्तिको साधनको रुपमा प्रयोग गर्छ आफुलाइ बचाउने वा अरुलाइ चुतिया बनाउन ढाल को रुपमा प्रयोग गर्छ गराउछ, पक्कै त्यो चराचर मानव जगतको लागी घोर निन्दनीय र आपत्तिजनक विषय बन्न जान्छ । एउटाको हातमा कलम छ, सुचना संपे्रषणको पहुँच छ र अर्को संग छैन यसको मतलब पहिलो पक्ष र्सर्वेर्सवा र अर्को चाही निरीह पक्कै होइन । पत्रकारीता र पत्रकार के र को हो ? यो यक्ष प्रश्नको चित्त बुझ्दो जवाफ दिनु मेरो काबु बाहिरको कुरा अनि अग्रजहरुको दायीत्व र कर्तव्य हो । मेरो तुच्छ विचारकै कुरा गर्ने हो भने पत्रकारीता सामाजीक धर्म, परम्परा, रितीरीवाज जोगाइराख्ने प्रयास हो सामाजीक संरचनालाइ सुन्दर रुपमा जोगाइराख्नका खातिर सदियौ देखीनै छेडिएको महान सामाजीक युद्ध हो । यर्सथ पत्रकारीताले न त कसैको अन्ध र्समर्थन र विरोध गर्छ न त एउटा योग्य पत्रकारको कलम कसैको प्रलोभन र दवावमा अल्झीएर दुनिँयाको आकृतिमा दङदङती गन्हाउने हिलो छ्याप्न लालाहीत हुन्छ, न पत्रकारीताको धर्म र मर्म भुलेर यसको लिलामी गदै निरीह जनतालाइ व्याल्कमेलिङ गर्ने अधर्म गर्न नै सक्छ । जब कहि कतै यसो गरीन्छ त्यँहा पत्रकारीताको धर्म सकिन्छ, कलम अन्यायीहरुको प्यादा र नोकर बन्छ अनि सिंगो सम्मानीत पत्रकारीता क्षेत्र सफेद झुटहरुको खेती ।
हो पत्रकारीता कुनै संघ संस्था वा व्यत्ति विषेशको मुखपत्र मात्र बन्न सक्दैन, कसैलाइ आर्थीक, सामाजीक वा नैतिक रुपले पतनोन्मुख गराउने वा कसैको धोती समात्ने मनासायले उत्प्रेरीत र कसैको आर्थिक सुभेच्छाले उन्मादीत भएर पत्रकारीता गर्न पक्कै सकिन्न म साधारण नेपालीलाइ भन्दा पनि पत्रकारीताका दिग्गज अग्रजहरुलाइ यो जटिल कुराको भेउ पक्कै होला । यसको जड सम्म पुगेर अध्ययन मनन गर्ने त्रि्र इच्छाले सताइरहदा केही यस्ता भावना जन्मीन पुग्छन् त केही समीपमा घटेका नमीठा घटनाक्रमहरुले आफसे आफ सृजना गरीदिन्छन् तर मलाइ लाग्छ आज सम्म दुँनियामा धेरैले पत्रकारीतालाइ कमाइखाने भाडो बनाए होलान्, मोजमस्ती यस आरामको विलासी साधानको रुपमा हेरे होलान तर कहिले उनिहरु यो दुँनियामा सत्य भन्दा उंचो छन् त - पक्कै पनि नहुनु पर्छ, यदी भयो भने समाज उदोगतीतिर धकेलिने छ र यो जगत आफैमा अराजक, असभ्य र अज्ञानीहरुको क्रिडा स्थल बन्ने छ ।
प्रसग पत्रकारीताको छुराले काटीएका मुटुहरुको हो, सम्झदै भयानक आकृतिले तर्साउने छाया बनेर समाजलाइ डसीरहेको पित पत्रकारीताको हो । हो यही माझमा कुरा उठ्न सक्छ मिशन पत्रकारीता र नागरीक पत्रकारीताको पनि तर के मानवीय मुल्य, मान्यता र मानवको नैसर्गीक अधिकारको रक्षाको लागी यिनीहरु प्रतिवद्ध हुनु जरुरी छैन ?प्राणीजगतको न्युनतम मौलिक अधिकारको रक्षाका खातिर यीनिहरुको कुनै योगदान रहदैन ?यसरी प्रश्न उठाइरहने यो पत्तिंकारलाइ प्रतिगामीको लेवल लगाइन सक्छ, यसले म निरीह प्रजालाइ खासै कुनै फरक पर्दैन, पिडा थपिदैन किनभने हामी जस्ता प्रजाहरु तानाशही संस्कृतिको सदैव विरोध गछौ, असत्य झुट र लुटको खेती गर्नेहरुका विरुद्ध सदैव आवाज उठाइरहन्छौ त्यो हाम्रो धर्म हो दायीत्व र कर्तव्य हो वनका चरा के वास्छन् वास्दैनन् त्यो हाम्लाइ सुनेर अल्झीरहने फुर्सदै हुदैन । बरु म त भन्छु संसारका हरेक तानाशाहहरु स्विकार्य हुनेछैनन् तर पनि उनिहरुको समेत लेख्ने बोल्ने र स्वतन्त्रतापूर्वक हिडडुल गर्ने मौलीक हक सुरक्षीत गरीनु पर्छ उनिहरुको उछितो काटेर आफ्नै मात्र ढोल बजाइरहने हो भने पुरानो तानाशाहको ठाउमा नवतानाशाहको जन्म मात्र र समाजको मुक्ति छेपाराको उखान जस्तै बन्छ अब मिशन पत्रकारीता र नागरीक पत्रकारीताका दिग्गजहरुले आफुलाइ सत्यको कसीमा जाँचुन र आत्मा साक्षी राखेर बोलुन के साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखै झै आफुले भनेको नमान्ने र आफ्नो स्वार्थका खातिर काम नगर्ने इमान्दार नागरीक प्रंतिगामी कित्ताको मतियार नै हुन् त - थाह छ जवाफ सहज छैन उनिहरुको लागी, जसका आर्दश र मर्जीका मालिक आफै हुन् अनि सहज छ उनिहरुका लागी जसका आदर्श अरुद्धारा थोपरीएका भद्धा छन्, अरुका बुद्धिमा सोइसेली खेलेर रमाउन चाहान्छन्, प्रभुको कृपामा बाँच्छन् र वेला वेलामा उनै परम प्रभुतिर फर्किएर फिस्स मुस्कुराउछन्, हरदिन हररात अन्धभत्त बनेर पाउलागी गर्छन् रातारात महल खडा गर्छन, हुकुमी र क्रुर शैलीमा अरुलाइ आदेश बाड्छन् हो मैले उठाउन खोजेको झुट, लुट र पित पत्रकारीताको गाँठीकुरो यहीनिर अल्झीएको छ सुन्निएर मोटाउनु र पित पत्रकारीता गरेर चर्चामा आउनु उस्तै उस्तै हो बुचपचाउनेलाइ त के गर्नै सकिन्छ र बरु बुझ्नेलाइ चै इसारै काफी छ नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
