-अविरलयात्री
चेतनाको आधारमा मानव सचेत र र्सवश्रेष्ठ प्राणी हो, । विभिन्न घटनाक्रमानुसार मानवले हासील गर्ने विभिन्न चेतनाहरु मध्ये राजनैतिक चेतना एउटा मुख्य र सक्रिय भाग हो त्यसैले उनिहरुले राजनैतिक क्रियाकलापमा प्रत्यक्ष सरोकार राख्नु अस्वभावीक होइन र यो उनिहरुको मौलिक अधिकार पनि हो । मानवीय स्वभाव र इच्छा चाहना मुतावीक आ-आफुले रोजेको राजनैतिक सिद्धान्तलाइ अबलम्बन गर्न मानवलाइ कसैले छेक्न सक्दैन तर हाम्रो राजनैतिक आकासमा स्वच्छ र लोककल्याणकारी भावनालाइ आत्मसाथ गर्ने काम धेरै कम भएको पाइन्छ । यसका पनि धेरै कारणहरु छन् जसले हामी र हाम्रो समाजलाइ डडेलोले झै सखाप बनाइरहेको छ, साउने भेलले झै नैतिकता र इमान्दारीतालाइ बढारीरहेको छ ।
लोक भन्छ नम्बर एकमा राजनैतिक पार्टीको सिद्धान्त र व्यवहारमा आकास जमीनको फरक छ, दोश्रो नम्बरमा राजनैतिक पार्टीमा नव सामन्त र तानाशाहाहरुको विगविगी छ, तेश्रो नम्बरमा इमान्दार कार्यकर्ताहरुको कुनै मुल्यांकन नै छैन जो जगेडाका जमदार झै लाखापाखा लगाइएका छन् हो राजनैतिक विसंगती र अराजकताको मुहान यही हो । लोकले बुझेको छ नम्बर एकको क्रुर तानाशाह शाही ज्ञानेन्द्र हो किनभने सत्ता र सक्तिको लागि हज्जारौ नेपालीको कत्लेयाम गरेको छ र गर्न अह्राएको छ, जनतालाइ जब्बर तानाशाहीको कालो छायामुनी निमोठ नामठ पारेको छ अनि दोश्रो नम्बरको तानाशाह चाही गिर्जा बाबु र उनीसंगै हर्ुर्कीएका नबसामन्तहरु हुन किनभने राज्यको विकास र हित हैन नातावाद र कृपावादको हुण्डरीले यो देशलाइ सोल्यात्तै पार्ने त्यत्ति ठुलो हिम्मत आजको यो विहानी सम्म अरु कुनै पनि प्राणी संग छैन । फेरी उनीहरुले बबुरा नेपालीको जुन रुपले कत्लेयाम गर्ने भुल गरे त्यो तुच्छ अभिष्टलाइ नेपाली जनताले मृत्युशैयामा पनि विर्सने छैनन् । तेश्रो नम्बरको तानाशाह प्रचण्डपथ र माओवादी अराजकता हो, आफ्ना र्समर्थक भन्दा बाहेकका विचार सदैव गलत हुन्छ र यीनको अस्तित्व सदाको लागी सखाप पार्दै आफ्नै र्समर्थक र शुभेच्छुकहरुको मात्र रामराज्य बनाउन सकिन्छ भन्ने अवैज्ञानीक र अराजक सोचाइबाट उत्प्रेरीत थुप्रै प्रचण्डहरु, बाबुरामहरु र हिसीलाहरुको अहमताले हाराहारी पन्ध्रहजार नेपालीको इहलिला समाप्त हुनुमा, थुप्रै निर्दोष नेपालीहरु परिवार विहिन बन्नुमा आफुहरुलाइ कतै न कतै समाहित गरी छाडे, बाँच्न पाउने न्युनतम मौलीक अधिकार को त कुरा नगरौ नेपाली जनताले सहज रुपमा मर्ने सम्म कल्पना गर्न सकेनन् दुँनियामा मानवका लागी यो भन्दा निरीहपन अरु के होला - त्यस्तै चौथो नम्बरको जब्बर तानाशाह एमाले -घाम पाटी० हो, सैद्धान्तीक हिसावले उ आशलाग्दो छ तर उसको व्यवहार टुकुचा झै ठुस ठुस गन्हाउछ । इमान्दार कार्यकर्तालाइ कहिले माओवादी अराजकतातिर धकेल्छ त कहिले शाही वधशालातिर, गर्ने भन्दा गर्न प्रेरीत गराउने वा वाध्यात्मक परिस्थीति सृजना गर्ने चाही मुल अपराधी हो यो अर्थमा पनि घाम पार्टी नेपाली जनताको चौथो नम्बरको अपराधी हो वास्तवमै यो दास हरुको मिलन विन्दु हो गुलामीवाजहरुको संगम थलो हो ।
हो जब मानीस कुनै आर्थिक, सामाजीक, नैतिक वा राजनैतिक प्रलोभनको दलदलमा फस्छ उ क्रुर बन्न सक्छ, तानाशाह बन्न सक्छ अनि भ्रष्ट र अराजक मात्र बन्न सक्छ, हाम्रो माझ इतिहास साक्षी छ । अहिले नेपाली राजनैतिक वृतमा यही श्रुङखलाको मञ्चन भइरहेको छ यसका पत्रु पात्रहरु चाही माकुने कमरेड, प्रचण्ड कमरेड, शाही बधसालाका मालिक माइलादाइ अनि सदैब नेपाली जनताको मुक्तिका तगारो गिर्जा बा, यीनै र यस्तै यस्तै हुन जनताको माझमा आउने यीनका आधार सकिएको छ अव जनताले कत्तिको तह लगाउछन् र इतिहासको कालखण्डमा आफुलाइ कसले अग्रभागमा उभ्याउछ त्यो त समयले बताउला, इतिहासले देखाउला ।