११अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी विद्रोही अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा शिघ्र निर्वाचन आयोग गठन गरी आगामी जुन महिनाभित्र संविधानसभाको निर्वाचन गराउने सहमति भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै प्राप्त समाचारमा जनाइए अनुसार,सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीबीच सन् २००७ को जुन महिनाभित्रमा संविधानसभाको निर्वाचन गराउने सहमति भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा उक्त निर्णय भएको हो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा दुई पक्षबीच छिट्टै निर्वाचन आयुक्त नियुक्त गर्ने बारे पनि सहमति भएको छ। यसै क्रममा झण्डै सात घण्टासम्म चलेको दोश्रो दिनको बैठकपछि सरकारी र माओवादी विद्रोही वार्ताकारहरू संविधानसभाको निर्वाचनको मिति अब गठन हुने भनिएको अन्तरिम मन्त्रीपरिषदले तोक्ने कुरामा पनि सहमत भएका छन्। सरकारी र विद्रोही वार्ताटोलीले हतियार व्यवस्थापन र मूलभूत राजनीतिको विषय लगायत अन्तरिम संविधानको सम्वन्धमा उठेका प्रश्नहरूमा छलफल गरी सहमतिका बुँदाहरू तगार गर्नका लागी बिहीवारसम्मको समय पाएका समाचारहरुमा उल्लेख छ ।
यसै क्रममा समाचार अनुसार, जनआन्दोलनले दिएको म्यान्डेट बमोजिम निरन्तर हामी अगाडि बढ्नेछौं…यो हाम्रा शीर्ष नेताहरूको प्रतिबद्धता हो ति बुँदाहरू उनीहरूले बिहीवार दिउँसो बालुवाटारमै बस्ने अर्को बैठकमा प्रस्तुत गर्नेभएका छन्। वार्तापछि बिहीवार साँझ नै दुवै वार्ता टोलीका संयोजकले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। सरकारी वार्ताटोलीका संयोजक कृष्णप्रसाद सिटौलाले भने, “जनआन्दोलनले दिएको म्यान्डेट बमोजिम निरन्तर हामी अगाडी बढ्नेछौं। हामीमा रत्तिभर बिचलन हुनेछैन, यो हाम्रा शीर्ष नेताहरूको प्रतिबद्धता हो।’’ यसका साथै माओवादी विद्रोही वार्ताटोलीका संयोजक कृष्णबहादुर महराले भने, ‘’अब ठोस एजेण्डाको सहमतिमा वार्तालाई कसरी पु-याउन सकिन्छ भन्ने चिन्ता आठै दलका शीर्ष नेताहरूमा देखिएको छ। यो एउटा सकारात्मक बाटो हो।’’ वार्ता र पत्रकारसम्मेलनस्थल बाहिर बिभिन्न संघसंस्थाका प्रतिनिधीह‌रूले नाराबाजी गरेका थिए भने सुरक्षास्थिति कडा तुल्याइएको प्राप्त समाचारहरुमा उल्लेख छ ।