By Sappan K.C.
७अक्टोबर२००६(एजेन्सीहरु)-नेपाल भ्रमणमा रहेका एकजना वरिष्ठ अमेरिकी अधिकारीले अमेरिकामा आतंककारीको सूचीमा रहेका माओवादी विद्रोहीहरूले सो सूचीबाट अलग रहन चाहने हो आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रकृया भाँडन लागि परेको भनी माओवादी विद्रोहीहरूले अमेरिकाको कडा आलोचना गरिरहँदा एकजना वरिष्ठ अमेरिकी अधिकारीले शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता जनाएका छन्। प्रमुख उपसहायक विदेशमन्त्री स्टिभेन म्यानका अनुसार अमेरिका नेपालमा सार्थक शान्तिको पक्षमा छ। उनले त्यस्तो शान्तिका लागि बहुदलीय प्रजातन्त्र र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान मात्र होइन कुनै पनि किसिमको माओवादी हिंसा, दबाब र जबर्जस्तीको पनि अन्त्य हुनुपर्ने बताएका छन्। नेपालको चारदिने भ्रमणको अन्त्यमा पत्रकारहरूसित कुराकानी गर्दै म्यानले अमेरिका नेपालमा शुरू भएको शान्ति प्रकृयामा निरन्तर सहयोग गर्न इच्छुक रहेको बताए। यसका साथै शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता व्यक्त गर्ने क्रममा सरकार र विद्रोही दुवैप्रति लक्ष्य गर्दै उनले भने, “शान्तिवार्ताको सफलताका लागि एक-अर्काले गरेका वचनको पूर्णत: पालना गर्नुपर्छ।” म्यानले सबैपक्षले सम्झौता गर्नुपर्ने बताएका समाचारहरुमा उल्लेख छ ।
त्यस क्रममा प्राप्त समाचार अनुसार,नेपालका वरिष्ठ नेता तथा अधिकारीहरूसंगको कुराकानीपछि शान्तिवार्ताको भविष्यप्रति आश्वास्त भएको म्यानले बताए। उनले हाल चर्चित बनेको ‘अक्टोवर क्रान्ति’ मार्फत माओवादी विद्रोहीले सत्ता कब्जा गर्ने वा सैनिक विद्रोह हुने भन्ने कतिपय मानिसहरूको आशंकालाई महत्व दिन चाहेनन्। त्यसैगरी माओवादी विद्रोहीहरूले विश्वव्यापी रणनीति अन्तरगत अमेरिकाले आफ्नो सैनिक उपस्थिति कायम गर्न चाहेको आरोप लगाउने गरेका छन्। सो रणनीतिमा माओवादीहरू बाधक हुने ठानेकोले नै अमेरिका आफुप्रति आक्रामक भएको माओवादीहरूको आशंका छ। यसका साथै थाहा भए अनुसार,प्रमुख सहायक उपविदेश मन्त्री म्यानले त्यस्तो आशंका म्याद गुज्रेको र हावादारी भएको बताए। माओवादी विद्रोहीहरूको आलोचना गरेपनि उनीहरूप्रति लक्षीत प्रमुख सहायक उपविदेशमन्त्रीका अभिव्यक्तिहरू उनका पूर्ववर्ती डोनाल्ड क्याम्प एवम् राजदूत जेम्स मोरिआर्टीको जस्तो कडा थिएन। साथै सातदलीय सरकारसित भएको युद्धविरामका बाबजुद वाशिंटनले विद्रोही माओवादीलाई आतंककारी संगठन मान्ने गरेको प्राप्त समाचारहरुमा उल्लेख छ।
अविरलका कुरानेपालीमन,October 7 3:00 pm
