By Sappan K.C.
३०सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा हिन्दुहरूको महान पर्व बडा दशैंको सातौं दिन काठमाण्डौंको टुंडिखेलस्थित सैनिक मञ्चअगाडि हरेक वर्ष हुने फुलपाती बढाईं हेर्न जानेगरेका राजा र राजपरिवारका सदस्यहरू यो वर्ष उक्त समारोहमा अनुपस्थित भएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,काठमाडौंको टुँडिखेलमा आयोजित फूलपातीको परम्परागत समारोहमा यसवर्ष राजा ज्ञानेन्द्र तथा राजपरिवारका सदस्यहरु उपस्थिति रहेनन्। हरेक वर्ष फूलपातीको दिन टुँडिखेलस्थित सैनिक मञ्चमा राजा आएको हेर्न काठमाण्डौंबासीहरू अभ्यस्त भैसकेका थिए। यसका साथै यसपटक भने टुँडिखेलमा सैनिकहरूले बढाईं गरिरहँदा सैनिक मञ्चमा राजा बस्ने गरेको ठाउँमा नेपाली सेनाका प्रधानसेनापति रूक्माङ्गद कटुवाल बसेका थिए। फुलपातीको बढाईं सकिने वित्तिकै राजा साँझ पाँच बजेतिर हनुमानढोकास्थित दुर्गा भवानीको प्रतिमा रहेको दशैंघर गएका थिए। साथै त्यसबेला राजधानीको सुरक्षा व्यवस्था कडा तुल्याइएको समाचारहरुमा उल्लेख छ ।
त्यस क्रममा प्राप्त समाचार अनुसार,प्रतिनिधिसभाले केही समयअघि गरेको घोषणापछि राजा ज्ञानेन्द्र औपचारिक कार्यक्रमहरूमा देखिएका छैनन्। सो घोषणाले राजालाई नेपाली सेनाको परमाधिपति पदबाट हटाई राजदरबार र सेनाबीचका संरचनागत सम्वन्धहरू टुटाईदिएको थियो। प्रतिनिधिसभका तिनै कदमहरूका कारण राजा शुक्रवार टुँडिखेलमा फूलपाती बढाईं समारोहमा उपस्थित नभएका हुन सक्ने अनुमान गरिएको छ। यसका साथै थाहा भए अनुसार,दशैं घरमा भित्र्याइने फूलपाती धादिंङको जीवनपुर हुँदै काठमाडौं ल्याउने प्रचलन रहिआएको छ। साथै शुक्रवार साँझ गरिएको फूलपाती बढाईंमा राजा उपस्थित नभएको नेपालको ताजा इतिहासमा पहिलो घटना भएको प्राप्त समाचारहरुमा उल्लेख छ।