Dear Viewer Sorry For that i can’t update this Blog for a Few month i am going to remote Place of nepal for a few months, when i will back after that i will publish my feelings and my experices too. Lastly Thanks and happy Dewali .
Abiralyatri
R.B.Khatiwada
Programme Co-odinator
Community & Rural Development Society Nepal( CARDSN)
Bidur-3,Battar Nuwakot
cont#009779851079527
By Sappan K.C.
१३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच भैरहेको शिखर वार्तालाई दुबै पक्षले सकारात्मक दिशामा बढिरहेको बताए पनि बिहीबार भएको तेश्रो दिनको औपचारिक वार्ता कुनै निष्कर्ष विना स्थगित भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,सरकार तथा विद्रोहीबीच बिहीबार भएको तेश्रो दिनको औपचारिक शिखर वार्ता कुनै टुङ्गोमा पुग्न नसकि स्थगित भएको छ। वार्ताकारहरू दुई दिनपछि आइतबार फेरी बैठक गर्न सहमत भएका छन्। बिहीबारको वार्तापछि सहभागीहरूले कुराकानी सौहाद्रपूर्ण रुपले र सकारात्मक दिशामा अगाडि बढिरहेको बताए। त्यस क्रममा ठोस समाधान निस्कने अपेक्षा गरिएको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो शुरु भएको थियो। त्यसभन्दा पहिले अनौपचारिक बैठक चलेका थिए। तर दुई घण्टाजतिको बसाईपछि पनि वार्ताका प्रमुख मुद्दाहरूमा सर्वसम्मति नभएपछि बैठक स्थगित भएको थियो। त्यसैगरी वार्तास्थल बाहिर भने अघिल्ला दिनहरूको तुलनामा मानवअधिकारवादी, माओवादी पीडित र राजनीतिक कार्यकर्ताहरूको भीड बाक्लो थियो। औपचारिक वार्ता शुरु भएको साढे दुई घण्टा नबित्दै सरकारी र माओवादी वार्ताकारहरू सिंहदरबारस्थित शान्ति सचिबालयमा देखा परेका समाचारहरुमा उल्लेख छ ।
त्यसैगरी प्राप्त समाचार अनुसार,भिडभाडपूर्ण पत्रकार सम्मेलनमा बोल्दै सरकारी वार्ताटोलीका संयोजक कृष्णप्रसाद सिटौलाले भने, ‘’समग्र विषयमा टुङ्गोमा पुग्नका लागी हाम्रा नेताहरूलाई अलिकति समय चाहिएको हो।”वार्ता अत्यन्त सकारात्मक छ। वार्ता जुन ढङ्गले अगाडि बढ्नुपर्ने हो, त्यसरी नै बढेको छ।’’ विद्रोही टोलीका संयोजक कृष्णबहादुर महराले पनि दुबै पक्षका अडानहरू साँघुरिदै गएको बताए। यसका साथै उनको बिचारमा शान्तिवार्ता जस्तो जटील प्रकृयालाई आगडि बढाउन केही समय लाग्नु अनौठो कुरा होइन। उनले भने, ‘’अस्तिसम्म देखिएका हाम्राबीचका दूरीहरू साँघुरो बनेको छ र हामी एउटा निस्कर्षको नजिक पुग्न खोजेको जस्तो देखिन्छ।’’ साथै तिन दिनसम्म चलिसकेको औपचारिक वार्ता प्रकृया कहाँनेर अड्कियो भन्ने पत्रकारहरूको जिज्ञासाको जवाफमा वार्ताकार पक्षले ति मुद्दाहरूको प्याकेज समाधान खोजीरहेको बताएका प्राप्त समाचारहरुमा जनाइएको छ।
११अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी विद्रोही अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा शिघ्र निर्वाचन आयोग गठन गरी आगामी जुन महिनाभित्र संविधानसभाको निर्वाचन गराउने सहमति भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
यसका साथै प्राप्त समाचारमा जनाइए अनुसार,सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीबीच सन् २००७ को जुन महिनाभित्रमा संविधानसभाको निर्वाचन गराउने सहमति भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच जारी शीर्ष वार्ताको मंगलबारको बैठकमा उक्त निर्णय भएको हो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा दुई पक्षबीच छिट्टै निर्वाचन आयुक्त नियुक्त गर्ने बारे पनि सहमति भएको छ। यसै क्रममा झण्डै सात घण्टासम्म चलेको दोश्रो दिनको बैठकपछि सरकारी र माओवादी विद्रोही वार्ताकारहरू संविधानसभाको निर्वाचनको मिति अब गठन हुने भनिएको अन्तरिम मन्त्रीपरिषदले तोक्ने कुरामा पनि सहमत भएका छन्। सरकारी र विद्रोही वार्ताटोलीले हतियार व्यवस्थापन र मूलभूत राजनीतिको विषय लगायत अन्तरिम संविधानको सम्वन्धमा उठेका प्रश्नहरूमा छलफल गरी सहमतिका बुँदाहरू तगार गर्नका लागी बिहीवारसम्मको समय पाएका समाचारहरुमा उल्लेख छ । (more…)
By Sappan K.C.
७अक्टोबर२००६(एजेन्सीहरु)-नेपाल भ्रमणमा रहेका एकजना वरिष्ठ अमेरिकी अधिकारीले अमेरिकामा आतंककारीको सूचीमा रहेका माओवादी विद्रोहीहरूले सो सूचीबाट अलग रहन चाहने हो आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रकृया भाँडन लागि परेको भनी माओवादी विद्रोहीहरूले अमेरिकाको कडा आलोचना गरिरहँदा एकजना वरिष्ठ अमेरिकी अधिकारीले शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता जनाएका छन्। प्रमुख उपसहायक विदेशमन्त्री स्टिभेन म्यानका अनुसार अमेरिका नेपालमा सार्थक शान्तिको पक्षमा छ। उनले त्यस्तो शान्तिका लागि बहुदलीय प्रजातन्त्र र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान मात्र होइन कुनै पनि किसिमको माओवादी हिंसा, दबाब र जबर्जस्तीको पनि अन्त्य हुनुपर्ने बताएका छन्। नेपालको चारदिने भ्रमणको अन्त्यमा पत्रकारहरूसित कुराकानी गर्दै म्यानले अमेरिका नेपालमा शुरू भएको शान्ति प्रकृयामा निरन्तर सहयोग गर्न इच्छुक रहेको बताए। यसका साथै शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता व्यक्त गर्ने क्रममा सरकार र विद्रोही दुवैप्रति लक्ष्य गर्दै उनले भने, “शान्तिवार्ताको सफलताका लागि एक-अर्काले गरेका वचनको पूर्णत: पालना गर्नुपर्छ।” (more…)
By Sappan K.C.
७अक्टोबर२००६(एजेन्सीहरु)-नेपाल भ्रमणमा रहेका एकजना वरिष्ठ अमेरिकी अधिकारीले अमेरिकामा आतंककारीको सूचीमा रहेका माओवादी विद्रोहीहरूले सो सूचीबाट अलग रहन चाहने हो आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रकृया भाँडन लागि परेको भनी माओवादी विद्रोहीहरूले अमेरिकाको कडा आलोचना गरिरहँदा एकजना वरिष्ठ अमेरिकी अधिकारीले शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता जनाएका छन्। प्रमुख उपसहायक विदेशमन्त्री स्टिभेन म्यानका अनुसार अमेरिका नेपालमा सार्थक शान्तिको पक्षमा छ। उनले त्यस्तो शान्तिका लागि बहुदलीय प्रजातन्त्र र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान मात्र होइन कुनै पनि किसिमको माओवादी हिंसा, दबाब र जबर्जस्तीको पनि अन्त्य हुनुपर्ने बताएका छन्। नेपालको चारदिने भ्रमणको अन्त्यमा पत्रकारहरूसित कुराकानी गर्दै म्यानले अमेरिका नेपालमा शुरू भएको शान्ति प्रकृयामा निरन्तर सहयोग गर्न इच्छुक रहेको बताए। यसका साथै शान्ति प्रकृयामा सघाउने प्रतिबद्धता व्यक्त गर्ने क्रममा सरकार र विद्रोही दुवैप्रति लक्ष्य गर्दै उनले भने, “शान्तिवार्ताको सफलताका लागि एक-अर्काले गरेका वचनको पूर्णत: पालना गर्नुपर्छ।” (more…)
कहिले र कसरी आउला सर्वहाराहरुको उज्यालो भविश्य सहितको नया विहानी ?
म नेपाली हु र मलाइ नेपाली भन्न असाध्यै मन पर्छ । मलाइ सत्य बोल्न डर लाग्दैन किनकी तानाशाहहरुको अन्तीम सजाय भनेको मृत्युदण्ड सम्म मात्र हो । नेपाली माटो र नेपाली संस्कृति लाइ भुल्न नसकेर विदेशको गल्लीमा हल्लीदा हल्लीदै नेपाल हुत्तिएको यो ठिटोलाइ हाम्रो भविश्य, हाम्रो समाजको भविश्य र हाम्रो सिंगो राज्यको भविश्यलाइ लिएर आजकाल असाध्य चिन्ता लागीरहन्छ । शान्तिवार्ताको आश लियर स्व्देश फर्कने म र म जस्तै हजारौ नेपालीहरुलाइ सायद आजकाल यस्तै भएको हुनुपर्छ ।कुरो फुलपातीको हो यो आजकाल नेपालमा दुरसञ्चारको भने गजबले विकास भएको रहेछ । घर घरमा वायर लेस फोन, मोवाइल बडो रमाइलो लाग्यो यसपाला भने । पोहर सालको दशै अरबको खाडी तिरै मनाइयो यसपालाको भने घरमै मनाउने अवसर मिल्यो त्यसैले अष्टमी घरमै सुतिरहेको थिय एक जना परिचित मित्रको आवाज संगै मेरो दुरभाषको भाडो चिच्यायो ।बडो हतासमा उसले आफ्नो गुनासो पोख्यो माओवादीले मलाइ जनअदालतमा बोलायो खइ बोल्न पनि दिदैन एकोहोरो मात्र कुरा गरीरहन्छ म के गरु होला घरमा भाको बुढी आमा पिरले मर्न आटी सकिन्। कुरो त चर्कै परेछ भनेर बुझ्दै जादा ति हाम्रो माहान कमरेड त पहिलाका नम्मरी दलाल रहेछन मान्छे बेच्ने । अब म उनी संग के न्यायको आशा गरु अनि यो विचरो नेपाली के गरोस् । अर्को यस्तै घटना पनि घट्न पुग्यो मेरा एक जना मित्र एक दिन हुत्तिदै म कहा आइपुगे मित्र म त अन्यायमा परे लौन । अब दुख सुखमा सहयोग गर्नु त हामी नेपालीको संस्कार नै हो । सहयोग हात बढाउने निधो गरे र पुरा कुराको पोको खोल्दै जादा त साथीले पैशा लिएछ र भागेछ पैशा माग्न जादा माओवादी हु भन्ने गर्दो रैछ । कस्तो अचम्म के माओवादीले चै लिएको पैसा तिर्नै नपर्ने ? संसारलाइ बदल्नेहरु आफै पतित र फासीष्ट बने पछि कसरी बदलीएला यो संसार अनि कसरी आउला उनहिरुकै भाषको सर्वहाराको उज्यालो भविश्य सहितको नया विहानी ? कहिले आउला ? हे माहान जनयुद्धमा होमीएको गौरवसाली पार्टीका माहान कमरेडहरु यही पुरानै सामान्ती संस्कारको हिमायती बनेर कहिले आउला त्यो सुनौलो विहानी हिम्मत भय ति निरीह नेपालीको सातो उडाएर हैन बोल्न सक्ने नेपालीहरुको सामुन्ने आएर जवाफ दिने हिम्मत राखौ …………….
By Sappan K.C.
५अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच आइतवार हुने भनिएको शीर्षवार्ताका लागि आवश्यक गृहकार्य स्वरूप दल तथा माओवादी विद्रोही नेताहरूबीच छलफल भएपनि ठोस उपलब्धि नभएको बताइएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्री कोइराला र विद्रोही अध्यक्ष प्रचण्डबीच प्रस्तावित शिखर वार्ताका लागि आवश्यक गृहकार्य गर्न सात दल र माओवादीहरुका वरिष्ठ नेताहरूले छलफल गरेका छन्। सो छलफलका एकजना सहभागी नेपाली काङ्य्रेसका महामन्त्री राचन्द्र पौडेलले बुधबार भएको कुराकानी प्रारम्भिक स्तरको भएको बताए। यसका साथै “शिखर वार्तालाई कसरी सहज बनाउने भन्ने छलफलको प्रमुख उद्देश्य भएपनि हामी कुनै विशेष एजेण्डामा प्रवेश गरेनौं।” साथै उनले सात दलबीच सल्लाह हुन बाँकी नै रहेकोले माओवादी विद्रोहीहरूसित सबै विषयमा कुरा हुन नसकेको बताएका समाचारहरुमा उल्लेख छ । (more…)
By Sappan K.C.
३अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा राजा ज्ञानेन्द्र र गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दशैंको अवसरमा दिएको सन्देशमा संक्रमणकालिन नेपाललाई अगाडि वढाउन साझा प्रयासको आवश्यकता औंल्याउँदै राष्ट्रिय एकता र मेलमिलापमाथि जोड् दिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,बडा दशैंको परम्परागत सन्देशमा राजा ज्ञानेन्द्र र प्रधानमन्त्री कोइरालाले राष्ट्रिय एकता र मेलमिलापमाथि जोड दिएका छन्। साथै हालैको सफल जनआन्दोलनपछि शक्तिविहिन भएका राजा र शक्तिशाली भएका प्रधानमन्त्री दुवैले दशैंको अवसरमा दिएको सन्देशमा संक्रमणकालीन नेपाललाई अगाडि वढाउन साझा प्रयासको आवश्यकता औंल्याएका छन्। राजाको प्रत्यक्ष शासन चलिरहँदा पाँच महिनाअगाडि सम्म मूठभेडको राजनीतिको दुई विपरित ध्रुवमा उभिएका राजा र प्रधानमन्त्री दुबैले एकता र मेलमिलापको भाषा बोलेका छन्। दुबैले देशमा विद्यमान कठीन स्थिति र चुनौतिको चर्चा गर्दै त्यसबाट पार पाउन सबैको सामूहिक प्रयास हुनुपर्ने उनीहरूको भनाइ छ। (more…)
By Sappan K.C.
३०सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा हिन्दुहरूको महान पर्व बडा दशैंको सातौं दिन काठमाण्डौंको टुंडिखेलस्थित सैनिक मञ्चअगाडि हरेक वर्ष हुने फुलपाती बढाईं हेर्न जानेगरेका राजा र राजपरिवारका सदस्यहरू यो वर्ष उक्त समारोहमा अनुपस्थित भएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,काठमाडौंको टुँडिखेलमा आयोजित फूलपातीको परम्परागत समारोहमा यसवर्ष राजा ज्ञानेन्द्र तथा राजपरिवारका सदस्यहरु उपस्थिति रहेनन्। हरेक वर्ष फूलपातीको दिन टुँडिखेलस्थित सैनिक मञ्चमा राजा आएको हेर्न काठमाण्डौंबासीहरू अभ्यस्त भैसकेका थिए। (more…)
