By Sappan K.C.
२९सेप्टेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीहरूबीच बिहिबार हुने भनिएको शिखरवार्ता, वार्तामा छलफल गरिने मुद्दाहरूमा पर्याप्त गृहकार्य हुन नसकेकोले अब आगामी असोज २२ गते हुने अधिकारीहरूले बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,शान्ति प्रकृया अगाडी बढाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डकाबीच प्रस्तावित दोस्रो औपचारीक शिखरवार्ता १० दिनपछि हुने भएको छ। कोइराला र प्रचण्डबीच बिहिबार भएको अनौपचारीक वार्तापछि उक्त सहमति भएको थियो। बिहिबार हुने भनिएको बहुप्रचारित औपचारिक वार्ता पर्याप्त गृह कार्यको अभावमा हुन नसकेपछि ति दुइ नेताहरूबीच अनौपचारीक कुराकानी भएको हो। त्यस क्रममा वार्तामा ढिलाईका निम्ति सरकार र माओवादी दुवैले एकअर्कामाथि दोष लगाएपनि कोइराला र प्रचण्डबीचको अनौपचारिक वार्ताले वातावरणलाई विग्रनबाट रोकेको छ। ति दुइबीचको वार्ताको लगत्तै सरकारी र माओवादी वार्ताटोलीको बैठक भएको समाचारहरुमा उल्लेख छ ।
त्यस क्रममा प्राप्त समाचार अनुसार,सरकारी र माओवादी वार्ताटोलीको बैठक सकिएपछि मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला र प्रचण्डबा बीचमा भेटवार्ता भएको जानकारी दिए। मुख्य माओवादी वार्ताकार कृष्णबहादुर महराले हतारमा गर्नु भन्दा छलफल गरेर गम्भिरतापूर्वक एउटा निष्कर्शमा पुग्न वार्तालाई पछाडी सारिएको बताए। यसका साथै थाहा भए अनुसार,सरकार र विद्रोहीहरूका शिर्षस्थ नेताहरूका शुरूका भनाई र सातदलको औपचारीक निर्णय दुवैमा शिखरवार्ताको तिथिका बारे प्रष्ट देखिएको अनिश्चय, विना कुनै कारण रहेनछ भन्ने प्रमाणित भएको छ। त्यसैगरी सेना र हातहतियार व्यवस्थापन, अन्तरिम सम्बिधान, अन्तरिम संसद, अन्तरिम सरकार एवम् राजतन्त्रको भविष्यका बारे दुवै पक्षका बीच मात्र होइन सत्ताधारी सात दलभित्रै पनि एकमत बन्न नसकेको पृष्ठभूमिमा शिखरवार्ता पर सर्नुलाई अस्वाभाविक नठानिएको प्राप्त समाचारहरुमा उल्लेख छ।
नेपालीमन समाचार, सहयात्रीको कलमनेपालीमन,September 29 7:42 am
