यो गोल पृथ्वीको यही सानो पाटो हो जँहाबाट मैले नेपालीमनको पहीलो यात्रा तय गरेको थिय । तस्वीरमा भएको विधुतीय सञ्जालसंग अन्तरसम्बन्ध राख्ने कम्प्युटर नामको त्यही जीनीस हो जसको उपयोग गरेर मैले २९ जनवरी २००६ मा नेपालीमनको जन्म दिएको थिय । त्यसैले पनि हुनसक्छ विगत एक वर्षदेखी यो जीनीस संग मेरो बडो गहीरो सम्बन्ध थियो ।
करीव एक बर्षको यो संगको दोस्तीले मलाइ धेरै परिपक्क पनि बनाएको छ भन्ने लाग्छ त्यसैले होला यो मरुभुमीको अरु स्थान भन्दा बढिनै मन पर्छ मलाइ यो जमीन र मैले सधैजसो प्रयोग गरीरहने यो जिनीस। २८ जुन २००५ मा महिले पहिलो पटक अरबको मरुभुमीमा पाइला राखेको थिए । नया ठाउ र चुनौतीपुर्ण काम संगै मलाइ नेपालीमनले दिएको ज्ञान अनि अफ्ठ्यारो र असहज दिनहरु विताउन त्यत्तिकै सहज वातावरण सृजना गरिदीएको थियो साथ साथै तपाइ धेरै सहयात्रीमित्रहरु संग मलाइ गतीलो दोस्ती गास्न हरेक दिन दिलाएको प्रेरणका कारणपनि यसलाइ कहिल्यै भुल्ने छैन। अनगीन्ती सपनाका महल बुनेर विदेशीयको यो आकृतिलाइ समयको अनन्त वहाव संगै नेपाली माटोलाइ छुने तीब्र चाहानाले हरदिन हरपल सताइरह्यो र अन्तत आज यो प्यारो जिनीस र एकसाल सम्म कुल्चदै रगडेको यो माटोलाइ छोडेर आफ्नै प्यारो मातृभुमी फर्कने फैसला गरेको छु थाहा छैन मैले गल्ती गरे वा सही यसको लेखाजोखाको जीम्मा तपाइ लाखौ स्देशी तथा प्रवासी नेपालीहरुमा। जीवन जीउन नमीठो संयोग हरु संग सम्झौता गर्नु पर्दो रहेछ सायद यसैले होला जीवनको तेइसौ वसन्त पुरा गर्दा नगर्दै मैले सबै गुमाए पारीवारीक सुख, भाइचारा, आत्मीयता र नितान्त आफ्नोपन समेत । आँखीर मलाइ के मील्यो त जव यी सबै गुमेका कुराहरु केही घण्टा पछी मलाइ पुन प्राप्ती हुनेछ त्यसपछी फुर्सद मिलाएर पक्कै लेखा जोखा गर्नेछु र तपाइ श्रद्धेय सहयात्रीहरुलाइ पनि सुनाउने जमर्को गर्ने नै छु । मैले यसलाइ यो अर्थमा प्रस्तुत गरेको हुँ भोलीको बाँकी जीवन कसैलाइ पनि पत्तो हुदैन न मेरो जीवनमा पनि यो समय एउटा सम्झना मात्र बनेर रहने पो हो कि यदी यसो भएको खण्डमा यी हरफहरु पुन पढेर यी दिनहरुको कल्पना म कालन्तरमा पनि गरीरहन सकु मेरो आसय यती मात्र हो । हुन त आफु जन्मेको गाँउ र ठाउ चटक्क छाडेर अरु मुलुकमा जीवन गुजारा गर्न विवस हामी नेपाली हरुको संख्या उल्लेख्य छ तै पनि यो अरबको पट्टयार लाग्दो जीवन भने मलाइ त्यत्ति मन परेन खोइ किन हो कुन्नी हरेक दिन नमीठो याद र मेरो विगतले मलाइ पछ्याइ रर्यो । यतीका समय सम्म नेपालका ताजा खबरहरु अत्यन्त तथ्यपरक रुपमा पठाइ सहयोग गरीदिनुहुने सप्पन कुमार केसी, मेरा ब्लगर मित्र खेम पौड्याल दुवइ, सागर श्रेष्ठ हाल नेपाल लगायत तपाइ सम्पुर्ण सहयात्री मित्रहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । अब नेपालीमनको नँया सुरुवात म आफ्नै माटो बाट गर्नेछु । पल पलका तथ्यपरक कुराहरु सगं घुलमील गर्दै मेरा मनका भावनाहंलाइ म तपाइहरुको सामु ल्याउने प्रयत्न गर्नेछु हेरौ मेरो यो प्रयास कत्तिको सार्थक हुनेछ।अहिले भने मेरो प्रतिक्षको घडी सकीनै लाग्यो अरबको मरुभुमिबाट यी अक्षरहरु संगै विदाइको हातहरु हल्लाउदै छु अवश्य स्वीकार गर्नुहुनेछ । नमरी बाँचे कालले साचे भोली भालेको डाँक संगै अवश्य भेट्नेछौ । स्वदेश तथा विदेशमा बस्ने तपाइ सम्पुर्ण नेपाली हरुमा विजयादशमी तथा दिपावलीको मंगलमय शुभकामना अनि नेपाल र तपाइ नेपालीको सदा जय होस् शुभयात्रा
अविरलयात्री
अलखोवर साउदी अरब