यो गोल पृथ्वीको यही सानो पाटो हो जँहाबाट मैले नेपालीमनको पहीलो यात्रा तय गरेको थिय । तस्वीरमा भएको विधुतीय सञ्जालसंग अन्तरसम्बन्ध राख्ने कम्प्युटर नामको त्यही जीनीस हो जसको उपयोग गरेर मैले २९ जनवरी २००६ मा नेपालीमनको जन्म दिएको थिय । त्यसैले पनि हुनसक्छ विगत एक वर्षदेखी यो जीनीस संग मेरो बडो गहीरो सम्बन्ध थियो ।
करीव एक बर्षको यो संगको दोस्तीले मलाइ धेरै परिपक्क पनि बनाएको छ भन्ने लाग्छ त्यसैले होला यो मरुभुमीको अरु स्थान भन्दा बढिनै मन पर्छ मलाइ यो जमीन र मैले सधैजसो प्रयोग गरीरहने यो जिनीस। २८ जुन २००५ मा महिले पहिलो पटक अरबको मरुभुमीमा पाइला राखेको थिए । (more…)