यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
अविरलका कुरानेपालीमन,September 29 9:10 am



Happy Vijaya Dasami To all my friends and kind supporters. I am very sorry because i can’t update this blog regularly for a few days. I hope my brother Sontosh Acharya’ he will be blogging in this time.Lastly happy Vijaya Dasami for all of NRN & all neplease Brothers & sisters too.

अविरलका कुरानेपालीमन,September 18 12:24 pm


यो गोल पृथ्वीको यही सानो पाटो हो जँहाबाट मैले नेपालीमनको पहीलो यात्रा तय गरेको थिय । तस्वीरमा भएको विधुतीय सञ्जालसंग अन्तरसम्बन्ध राख्ने कम्प्युटर नामको त्यही जीनीस हो जसको उपयोग गरेर मैले २९ जनवरी २००६ मा नेपालीमनको जन्म दिएको थिय । त्यसैले पनि हुनसक्छ विगत एक वर्षदेखी यो जीनीस संग मेरो बडो गहीरो सम्बन्ध थियो ।
करीव एक बर्षको यो संगको दोस्तीले मलाइ धेरै परिपक्क पनि बनाएको छ भन्ने लाग्छ त्यसैले होला यो मरुभुमीको अरु स्थान भन्दा बढिनै मन पर्छ मलाइ यो जमीन र मैले सधैजसो प्रयोग गरीरहने यो जिनीस। २८ जुन २००५ मा महिले पहिलो पटक अरबको मरुभुमीमा पाइला राखेको थिए । (more…)

अविरलका कुरानेपालीमन,September 3 7:56 pm


दिर्घकालीन शान्तीका लागी विद्रोही माओवादी र सरकारी गठबन्धन बीच विभिन्न खाले बार्ता र संवाद चिलीरहेकै बेला माओवादीका सुप्रीम लगाएत उच्च तहका नेताहरुको हत्या प्रयास भएको र यसलाइ विफल पार्दै सेनाको कमाण्डोलाइ आफुले कब्जामा लिएको जिकीर गरेको समाचारहरु प्रप्त भएको छन् । केही दिन भए पनि हामीले शान्तीको श्वास फेर्न पाएको थियौ । देशमा मात्र होइन विदेशमा समेत यसले गतीलो असर पारेको थियो त्यसैले हरेक दिन जसो काठमाडौ ओर्लन आतुर यात्रीहरुको अनुहार देख्ने अवसर मिलीरहन्थ्यो मलाइ। नया घटनाक्रम र राजनैतिक परिवर्तनले फेरी एकपटक मलाइ मेरो देशको माटोमा रमाउन उत्प्रेरीत गरीरहन्थ्यो त्यसैले यही सेप्टेम्बरको अन्त्यतिर काठमाडौ ओर्लने योजना थियो मेरो । जब मैले प्रचण्डसहित दर्जनौँ नेताको हत्या प्रयास माओवादीद्वारा सेनाको कमान्डो पक्राउ, दस दिनपछि वार्ता भंग हुने शिर्षको समाचार पढे तब छागांबाट खसे झै भएको छु आखीर मेरो देशमा फेरी रगतको खोलो बग्ने भै भयो शुभकामना कसाइहरु हो तिमीहरुको योजना फेरी एकपटक ससक्त भएको छ ।
उता प्राप्त समाचार अनुसार माओवादीका अध्यक्ष तथा सैनिक सुप्रिम प्रचण्ड, डा बाबुराम भट्टर्राईलगायत माओवादीका दर्जनौँ वरिष्ठ नेताको हत्या गर्न खटिएको कमान्डोलाई माओवादीले पक्राउ गरी हत्याप्रयास विफल पारेको भनिएको छ । यो कति हद सम्म सत्य र तथ्यपरक छ त्यो त पक्ष विपक्षलेनै पुष्टी गर्लान । समाचारमा जनाइए अनुसार माओवादी प्रवक्ता कृष्णबहादुर महराले हिजो राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा सो जानकारी दिनुभएको जनाइएको छ ।उता, माओवादीको कामीडाँडा बैठक समेत अचानक नाटकीय मोडमा महत्वपुर्ण् निर्णय गर्दै बिहीबार नै सकिएको पार्टी स्रोतले बताएको समाचारहरुमा उल्लेख छ । गत आइतबारदेखि सुरु भएको उक्त बैठकको पछिल्लो समय नेतृत्वपंक्तिमा निकै विवाद र आलोचना भएको बताइएको थियो । शुक्रबार सक्नेगरी जारी बैठकलाई अध्यक्ष प्रचण्डले बडो कूटनीतिक ढंगले समाप्त गर्नु भएको समेत प्रप्त समाचारमा उल्लेख छ । माओवादीले यही शैलीमा आलटाल गरी वार्ता प्रक्रिया लम्ब्याउन आफूले नचाहेको स्पष्ट गरेको र पार्टी निर्णयहरु र्सार्वजनिक गर्न उसले छिट्टै पत्रकार सम्मेलन गर्ने पनि स्रोतको हवाला दिदै एकजना मित्रले जानकारी गराउनु भएको छ । माओवादीले दिएको दसदिने अल्टिमेटम उसै गुज्रिएमा उसले तत्कालै वार्ता भंग गरी तेस्रो जनआन्दोलन घोषणा गरी त्यसको नेतृत्व आफुले गर्ने समेत बताएको प्राप्त समाचारमा जनाइएको छ । अब नेपालको राजनितीले कुन मोड लिने हो र हामी नेपालीले कुन दशा भोग्नु पर्ने हो त्यो अन्दाज सायद सबै नेपालीले लगाइसक्नु भएको हुनुपर्छ । यी सबै खाले षड्यन्त्रका हिमायतीहरुलाइ कडा भन्दा कडा कारवाही र वार्ता प्रक्रियाको निरन्तरताको कामना !