By Sappan K.C.
३०अगस्त२००६(एजेन्सीहरु)-नेपालमा हालैको जनआन्दोलनमा भएको भनिएको दमन र सरकारी कोषको दुरूपयोगको छानविन गरिरहेको उच्चस्तरीय आयोगलाई तत्कालीन सुरक्षा प्रमुखहरू लगायत धेरैले आफुहरुले माथिको आदेशको पालना गरेको बताएपछि आयोगले राजा ज्ञानेन्द्रसित सोधपुछ गर्ने जनाएको नेपाली सञ्चार माध्यमहरुमा उल्लेख छ। यसका साथै नेपाली सञ्चार माध्यमहरुमा जनाइए अनुसार,राजा ज्ञानेन्द्रसँग त्यस्तो सोधपुछको लागि मिति र प्रकृया भने तय भै नसकेको आयोगको भनाइ छ। यदि आयोगले राजासित सोधपुछ गरे, त्यो नेपालको इतिहासमै पहिलो त्यस्तो घटना हुनेछ। त्यसैगरी बयानका क्रममा धेरैले तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष राजाको जिम्मेवारी प्रति इंगित गरेकाले राजासित सोधपुछ गर्ने सोचाई बनाइएको आयोगको भनाई रहेको समाचारहरुमा उल्लेख छ । त्यसैगरी प्राप्त समाचार अनुसार,राजासँग कहिले र कुन प्रक्रिया अप्नाई सोधपुछ गरिने भन्नेबारे आउँदो विहिवार आयोगमा उपस्थित हुन बोलाइएका राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग छलफल हुनसक्ने आयोगका सदस्य हरिहर विरहीले जनाए। यसका साथै परम्परागत रूपले संविधान र कानुन भन्दामाथि रहने गरेका नेपालका राजाका प्राय: सबै अधिकार र सुविधा हालै पुनर्स्थापित प्रतिनिधिसभाको घोषणावाट खोसिएको थियो। त्यसले गर्दा राजासित सोधपुछ गर्न जाँचबुझ आयोगलाई बाटो खुलेको विश्वास गरिएको छ। त्यसैगरी थाहा भए अनुसार,सो उच्चस्तरीय आयोगले शाही सरकारका मन्त्रीहरू सहित दर्जनौं वरिष्ठ र कनिष्ठ अधिकारीहरूसँग बयान लिइसकेको प्राप्त समाचारहरुमा जनाइएको छ।
नेपालीमन समाचार, सहयात्रीको कलमनेपालीमन,August 30 12:02 pm
