
लोकतान्त्रीक आन्दोलनका क्रममा सधै झै अग्र पत्तिमा देखीने ८८ बर्षीय वयोवृद तर जुझारु आकृति अब हामीले कहिल्यै देख्न पाउने छैनौ । केही समय अघि मोटर साइकलको ठक्कर बाट घाइते हुनु भएकी छायादेवी पराजुलीको आज विहान विर अस्पतालमा निधन भएको रहेछ ।नेपाली राजनितीको आकासमा कति तरुण तन्नेरीहरुले आफुलाइ बदिलानी गरे होलान् अनि कति आमाहरुले आफ्ना छोराहरुको मृत्यु हासी हासी स्वीकार्नु पर्यो होला अनि कति अर्धाङगीनीहरुको सिउदो पुछीयो होला हो त्यो भन्दा कैयौ गुणा बढी योगदान थियो छायादेवीको । उनको यो महत्वाकाक्षा सगै त्रिशुलीमा कति पानी बग्यो होला अनि वाग्मतीले कति प्रदुषण सहदै आफुलाइ स्वच्छ बनाउने प्रयास गरेको होला तर उनै जुझारु र नेपालीका प्रेरणा छाँयादेबीको सपना उनको भौतिक शरीर रहुन्जेल सम्म कति पुरा भयो त्यो त इतिहासले छिनोफानो गर्ला त्यसो त पक्कै पनि अब श्रद्धान्जलीको लागी मारामार गरेर भागदौड गर्लान हाम्रा नेताहरुले तर ति बुढी आमाको योगदानलाइ खोइ मनन गरेका ? ति बुढी आमाको आस्था र भावनालाइ खोइ सम्मान गरेको ? दुइथोपा देखावटी आँशु र एक थुङगा फुल दिएर उनको आस्थाको हत्या गर्ने कोशीस कसैले नगरोस त्यो नेपाली जनतालाइ कदापी पाच्य हुनेछैन ।
