
मलाइ केटाकेटीको माछा माछा भ्यागुतो खेलको एक पटक बडो नराम्रो संग याद आयो । हुन पनि म बबुरो अनि मेरो सिन्का जत्रो हातले त्यो पाहाड जत्रो हातको माछा कसरी समाउन सक्नु जहिले पनि भ्यागुतो तर आस चाही मर्दैनथ्यो र अन्तीम अवस्था सम्म पनि जारी रहीरहन्थ्यो त्यो खेल माछा माछा भ्यागुतो आज नेपालमा जनता र राज्य सञ्चालकहरु बीच यही खेल त चलीरहेको छ नि ! बबुरो जनता भन्छ मलाइ अमन चयन देउ दुइछाक टार्न सहज बनाइदेउ अनि निर्धक्क बाँच्न सक्के वातावरण बनाइदेउ मलाइ मेरो हक र अधिकार लेउ तर राज्य सञ्चालकहरु चिच्याउदै भन्छ हामीले अमन चयन दिएका छौ, सुख शान्ती बाँडेका छौ तिमीहरुको औकात र हैसीयत सम्मको जे दिनु पर्ने हो सबै दिएका छौ तर असलीयतमा महगींको कुरुप आकृति दिन्छ शक्तिको सन्काह र बौलठ्ठी पन दिन्छ अनि ति बबुरा जनताको झुपडीमा डर , सन्त्रास र अनिकालको उपहार दिन्छ तै पनि हामीले लोकतन्त्रका सपना त्याग्न सकेका छैनौ आजसम्म भएको यही हो भोली यो हाम्रो बलिदान र योगदान पुन: एक पटक माछा माछा भ्यागुता नबनोस् एक पटक फेरी जुटौ र उठौ हामीले ढिला गरे इतिहासले हामीलाइ धिक्कार्ने छ शुभयात्रा !
