हो राज्य सञ्चालनमा राज्यसंग पनि धेरै कठीनाइहरु हुन सक्छन्। सत्तामा पुग्ने वित्तिकै सबथोक ठिक ठाक रहन्छ भन्ने पनि छैन तर कम्तीमा हामी भोका नांगाको हितमा प्रयासहरु त हुनु पर्‍यो नि ! हामी पन्चान्नब्बे प्रतिसत नेपालीका लागी के त्यो प्रयास मात्र पनि हुन सक्दैन ? के राज्यको घाटा बेहोर्ने निहुमा सवै ऋणको बोझ हामी गरीव नेपाली माथी थोपर्नु जायज ठहरीन्छ ? डिजेलको भाउ बढ्यो मट्टीतेलको भाउ बढ्यो अब के यो बढेको भाउले सधैको लागी आयल निगमको घाटा पुर्ती हुन सक्छ त ? मलाइ लाग्छ हतियारको खेती र ब्यापार गर्न अनि सत्ता टिकाउन र सदैब आफु जिवीत रहीरहन राज्यले चलेको कुटील चाल हो यो । देशमा अमन चयन कायम गर्नुको सट्टा पुरातन विचारबाट देशको अर्थतन्त्र जोगाउन खोज्नेहरुको फाल्तु तरीका हो । यो कस्तो नियती हाम्रो सत्ता बाहीर रहदा त्यही मुल्यवृद्धि गरीनु हुन्न भन्छ जब सत्तामा पुग्छ लाजै नमानी सरासर भाउ बढाउछ । हेरौ अब कति नेपाली भोक भोकै पर्ने हुन अनि यो लोके सरकारले नेपालीहरुको लागी बाँडेको महंगी उपहार स्वयं लोके सरकारकै लागी पनि कति भारी पर्ने हो त्यो समयले देखाउला समयलाइ आफ्नो पोल्टामा हाल्न खोज्ने श्री ३ गिरीजाहरु र इतिहासलाइ उल्टो गतीमा हिडाउन प्रयत्नरत उनका भाइ भारदार अनि मतीयारहरु ( ऐमाले+काग्रेस =जम्मा भाइभारदारहरु ) लाइ अग्रीम शुभकामना नेपालीको आस्थाको बलत्कार गर्ने तिमीहरुको तुच्छ महत्वकाक्षा कहिले पुरा हुनेछैन शुभयात्रा !