हो कयौ आमाहरुको काख रित्तिएको छ । कति बुढी आमाहरुको चाहुरीएको अनुहार आशुँले सिम खेत जत्तिकै बनेको छ। कयौका छोराहरु आँखा सामुन्ने मारीएका छन् त कतिका छोरीहरु आँखा सामुन्ने बलत्कृत भएकी छे । हो हामीले सहनु सहेका हौ । हामीले भोग्नु भोगेका हौ त्यही अन्याय, अत्याचार, शोषण र दमनले जब निर्धाहरुको बस्ती लपक्कै छोप्यो तब बस्तीका युवाहरु उठे, बुढा पाकाहरु जुटे, विधार्थी, वकील, कलाकार सबै हातमा हात साथमा साथ मिलाएर त्यो सामन्ती किल्लामाथी धावा बोल्न पुगे । आँखीर एकदिन त्यो विलासी किल्ला ढल्यो तर वस्तीकै गद्दारहरुले तयसलाइ पुन मलजल गरीरहेका छन् सायद त्यो फेरी उठ्ने प्रयास गर्नेछ र त्यस समय यो देशका हरेक युवाहरुको वलीदानीको आवश्यकता पर्नेछ र एकाएक ति पुराना सामन्तीहरुको विनास संगै नया अर्ध सामान्तीहरु पनि खरानी हुनेछन् । यसका लागी हरेक युवाहरुले आफ्ना आमा संग भन्नेछन् आमा तिमीलाइ शहिदमाता बन्ने अवसर पो मिलेन कि ?