हो उनी सहजै उमेरका हिसबले पाका हुन् त्यो अर्थमा मैले उनलाइ सम्मान गर्नै पर्छ, त्यो मेरो नैतिक दायीत्व पनि हो तर यसो भन्दैमा उनका सबै कुविचारहरुलाइ म मान्ने पक्षमा छैन र यसो गरीयो भने सम्भवत वर्तमानमा मेरो ठुलो भुल हुनेछ र ति जुझारु सहीदहरु प्रति खपीनसक्नु अपमान हुनेछ। हो इतिहासका किताब लेख्नेहरुले सात सालका क्रान्ति, सत्र सालका क्रान्ती अनि छयालीस सालहरुका क्रान्ती सबै खुलस्त लेखेका छन् र सम्भवत अधिकासं नेपालीहरु यसप्रति जानकार छन् भन्ने मान्दछु। हो इतिहास जित्नेहरुले लेखेका छन् या त जीत्नेहरुका नाममा लेखीएका छन् अनि ति जीत्नेहरु बहादुर हुन मेरो आसय के हो भने सधै बहादुर हरुले इतिहास जित्छन् अनि आफ्नो नाममा लेखाउछन् जो गद्दार छन् उनीहरु समयको साचोमा अल्झीएर आफ्नो नाम इतिहासको अध्यारो पाटोतिर लेखाउन पुग्छन् हो मलाइ लाग्छ हाम्रा गिरीजा बा पनि यही अध्यारो पाटोमा आफ्नो नाम थोपर्ने प्रयत्नमा छन्।राजा चाहिन्छ या चाहिन्न भन्ने प्रश्न त्यत्ति सान्दर्भीक प्रश्न होइन जसले हिजोका जनउभार देखेको छ र आत्मा बाटै त्यसलाइ मनन गर्ने हैसीयत राख्छ उ फेरीपनि त्यही पुरानो र जर्जर राजतन्त्रको पछाडी आँसु झार्न लालायीत हुदैन । के देखेका छन् ति बुढा आँखाले आम नरसंहार संग जोडीएको त्यो जर्जर राजतन्त्र संग ? इतिहासले नेपालको पहिलो राष्ट्रपिताको सम्मान दिन खोज्यो उनलाइ तर त्यो पचेन सायद कुकुरलाइ घिउ सरह भएको हुनु पर्छ ! नत्र भने अरु कारण के त ? सधै सेरेमोनीयल राजतन्त्रको पक्षमा वकालत गरीरहेन हाम्रा गिरीजा बा किन यती त्यो विलासी महल प्रति त्यत्तिको भर पर्छन सायद यसको उत्तर अब नेपाली जनताले खोज्नेछन् जब नेपाली जनताले गिर्जा बाको त्यो लामो नाकमा पटक पटक राजा ज्ञानेन्द्रको कुरुप आकृति देख्नेछन् तब नेपालमा नँया इतिहास रचीने छ र म किटानी साथ भन्न सक्छु त्यो इतिहास बहादुर नेपालीहरुले जित्नेछन् र आफ्नो नाममा सुनौलो अक्षरले लेखाउने छन् त्यसैले गिरीजा बा इतिहासको यो मोडमा नेपाली जनताको भावनालाइ सम्मान गरेर सुनौलो इतिहासमा आफ्नो तस्वीर छोड्ने की नेपाल र नेपाली प्रति गद्दारी गरी इतिहासमा कलंकीत हुने विचार तपाइकै, नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !