नेपालीमन कवितानेपालीमन,August 10 3:49 pm
मजा त के मजा पिएर ज्युनुमा पो छ मजा
कोही पिएर जीउछन त कोही जीएर पिउछन्
आफु त यता न उताको धतुरे परीयो
रुदा रुदै हासेर बाँच्नुको के हुन्थ्यो र मजा ?
नसा त के नसा मातेर बाँच्नुमा पो छ नसा
नसा नसामै बाँच्ने दिवानाहरु अनगीन्ती भेटीए
म त स्वयंलाइ नचिन्ने हरिलठ्ठक पो परेछु
आधा जीवन जीउनेलाइ के भेउ हुन्थ्यो र नसा ?
नाता त के नाता मन मन्दीरमा पो सजाइन्छ त नाता
टुट्नु र फुट्नुको अर्थभीत्रका झिना सम्बन्धहरु
आफु त यो मामलामा शुन्यमै पो रहेछु
दोस्ती संग दुस्मनी थाप्नेलाइ के भेउ हुन्थ्यो र नाता?
