गजलनेपालीमन,August 8 8:40 pm
साथ दियौ हात दियौ अनि फेरी घात दियौ
कुरी बसे पुर्णीमालाइ औसीको रात दियौ
उपेक्षानै प्यारो भए थाम्यौ किन हात मेरो
बाँचा कसम झुटा रैछन् पराइको साथ दियौ
तिमी विना भोक तिर्खा छैन भन्थ्यौ सधै
सपनाको रंगीन महल बगर बनाइदियौ
साथ दियौ हात दियौ अनि फेरी घात दियौ
पर्खी बसे दोबाटोमा पराइको साथ दियौ
एकपल मात्र छुटे भने मरेतुल्य भन्थ्यौ
हरेक पल बाच्दा बाच्दै मर्नु गराइदियौ
साथ दियौ हात दियौ अनि फेरी घात दियौ
आफन्तको हात भाँची पराइको साथ दियौ
