गजलनेपालीमन,August 7 4:00 pm
हिजो तिम्लाइ साथ दिदा तिम्रै नामको बात लाग्यो
छोडी गयौ आज कतै मन मन्दीरमा घात लाग्यो
कति कमजोर रैछ साइनो बेखबर टुटी दिने
हरेक रात कल्पनाको नजानीदो मात लाग्यो
तिमीले नै चाँहे जस्तो सम्बन्धको डोरी हाम्रो
कालन्तरमा एकाएक विछोड पो हात लाग्यो
कैले काही त मुस्कुराउदै बोल्ने गर्थ्यौ तिमी
आज फेरी तिम्रै नामको अर्को एउटा बात लाग्यो
खबर आयो दुरभाषमा लक्ष्य फेर्यौ अरे
आज मेरो विश्वास संग शुन्य हात लाग्यो
हिजो लाइ भुली देउ भन्नै पर्यो मैले
हरेक साझ सम्झनाको नजानीदो मात लाग्यो
हरेक साझ सम्झनाको नजानीदो मात लाग्यो
