हिजो तिम्लाइ साथ दिदा तिम्रै नामको बात लाग्यो
छोडी गयौ आज कतै मन मन्दीरमा घात लाग्यो
कति कमजोर रैछ साइनो बेखबर टुटी दिने
हरेक रात कल्पनाको नजानीदो मात लाग्यो (more…)
हतियारमा अल्झीएको शान्तीबार्ता…..
माओवादी, सात पार्टी गठबन्धन र राजसंस्था अहिले बडो बहसको विषय । माओवादी हतियार थन्काएर बार्तामा आयो, जनताको शक्तिले सात पार्टीलाइ त्यो अघोषीत मसानघाटको मालीक बनाइदियो भने राजसंस्था नामको सामान्त प्राणीले पनि केही हदसम्म शिर निहुर्यायो ।बार्ता चल्दैछ । शान्तीको खेती गर्न अन्नान बस्तीका र बादरे बुस चालढालका एक हुल मनुवालाइ नेपाल बोलाइयो । उसले शुरुमा दिनको मयाद दियो, घण्टा दियो तैपनी केही तातोभुत्लो लागेन र फिस्स हास्दै फर्कीयो । कुरोको गाठो चै के रैछ भनेर बुझ्दै जादा त मास छर्न ठिक परीसकेका हाम्रा प्रमका मतियारहरु भन्दा रैछन हैन त्यो विस पच्चीस हजारको माओवादी सेनाको हतियार ताल्चा लगाउनु पर्छ र सेनालाइ अलग बनाउनु पर्छ।अनि माओवादी भन्दो रैछ अ त चै सेना लेर बस्ने हामीचाही विना सेना नै । कुरो पनि गजबको छ बा । हैन माओवादी हतियार संगै आउदा चाही के फरक पर्दो रैछ । अब दुबै सेनालाइ ब्यारेक भित्र राख्ने, सात पार्टी भनौदो, नागरीक समाज र मानवअधिकारवादी आदि सबैको मातहतमा दुबै सेनालाइ ब्यारेक भित्रै पार्ने अनि संविधान सभाको चुनाव गर्ने ।हात्ति छिर्यो पुच्छर अड्कीयो भने जस्तै सात दलका नेताहरु दरबारको कुविचारबाट अझै पनि बेरीएका छन् यीनलाइ भ्रम छ अब यो अघोषीत मसानघाट सदैको लागी हाम्रो पेवा हो । यीस्…..जनताले चुनेर पठाको हो र फेरी चुनाव क्षेत्रमा जानु पर्ने कुरा विर्सीएर पछि यस्तै भ्रम पर्छ । माओवादी वार्ताको टेबलमा बस्यो यसको अर्थ उ आत्मसमर्पण गर्न तयार छ भन्ने अर्थ लगाइनु हुन्न। उ नेपालको समानान्तर राज्यसक्ता हो र यो राज्यको चुनौती हो त्यसैले बार्ता र सन्धीहरुमा उसलाइ त्यही अनुसारको व्यवहार गरीनु उचित हुन्छ । यदी यसो भएमा मात्र बार्ता सफल होला नत्र भने बादरे नेता हो तिम्रो मसाघाटमा राज जमाउने सपनालाइ यीस….. अनि कुरीकुरी……… नेपाल र नेपालीको सदा जय होस जदो अनि शुभयात्रा !
