भुमीहिनहरुको मुलुक भित्र भुमीपतिहरुको गौरव गाथा
म काटीकुटी ठ्याक्कै भुमिहिन होइन तर मलाइ भुमिहिनहरुको कथा राम्रै भेउ छ । जति यो कथा कारुणीक छ, दर्दनाक छ अनि त्यो भन्दा सयौ गुणा भयानक पनि छ । मैले भुमिहिनताको अवस्था वेहोर्नु परेन तर मेरो पुर्खाको इतिहासमा त्यो दिन लिखु खोलाको बगर झै अटल बनेर रहेको छ । मैले भुमिपति गुरुज्यु हरुको दर्शन गर्ने अवसर त पाइन तर मेरो पुर्खा त्यसको नियमीत अवसरकर्ता थियो ।कुनै दिन घरबासै उठ्ला कि भन्ने डरले मन भित्रै डर खुम्च्याएर बाँचेको इतिहास छ म संग । साएद त्यसैले पनि हुन सक्छ बर्तमानमा मलाइ सधै वायु वेगमा हुत्तिन मन लाग्छ र प्रश्न गर्न मन लाग्छ ति भुमिपतिहरु संग यो दुनियामा भुमिहिनहरुले पनि दुइछाक जोहो गर्नु अनि एक टुक्रा जमिनमा रगत पसीना बगाउनुमा उनिहरुको के दोष अनि कहिलेकाही याद आउछ ति गितहरु
पत्थरीलो बञ्जर जब भयो हराभरा
दुष्टहरुले उठिबास लाए नि कठैबरा
भाग्य त खोटो हैन हो…………………… (more…)
