हामी बबुरो नेपाली कहीले इराकमा रेटिन्छौ त कहिले कास्मीरमा । कहीले शाररीक अस्वस्थताको बाबजुद पनि बेल्चाहरु संग लडाइ लडीरहन्छौ त कहिले अरबका अत्यासलाग्दा मरुभुमीहरुसंग अनि कहिले लेबनानका युद्धग्रस्त इलाकहरुसंग पनि । यसपाला मलाइ न त यी कुराले सतायको थियो न त क्षत विक्षत नेपालको कारुण आकृतिले नै ।यो साता अलिक नयाँ कुराहरु मनमा खेलीरहेका थिए। केही दिन अघि साउदी अरबको दमाममा तिन युवती समातीएको समाचार प्रकासमा आएको थियो । उनिहरु यौन धन्धामा सामेल थिय भन्दै समातीएका थिए र सबै भन्दा दुखको कुरो तिनै युवतीहरु नेपाली हुन। फेरी अर्को अपुष्ट समाचार प्राप्त भयो साउदीअरबकै मरुभुमीमा एक नेपाली युवतीको शब प्राप्त भयो । अब मैले कसरी विश्वास गर्न सक्छु त्यो मृत्यु थियो या कसैद्धारा जबर्जस्त बोलाइएको मृत्यु ।
दिनभरीको कामको कारण थकालइले चुर भएर आँखा टेलीभिजन तिर उघार्दै थिए तर दुखको कुरा साहारा उत्तर प्रदेश नामको भारतीय टेलीभिजनको पर्दामा करीब एक दर्जन युवतीहरुको तस्वीर देखीयो र समाचार वाचक भन्दैथियो उत्तर प्रदेस पोलीसने आज कयौ जगामे छापा मारी और अवैध यौनधन्दामे सामील कुछ लड्कीयाको गिरफ्तार किया जिसमे ज्यादातर लड्की नेपालकी हे ।
जब मैले साउदीअरबमा पाइला राखे त्यसको केही महिना देखीनै महिला माथी हुने दुर्व्यवहार र विशेषत नेपाली महिलाहरुको अवस्था बारे थोरै जानकारीहरु प्राप्त गरीसकेको थिए । अझ केही त्यस्ता घटनाहरु थिए जसले एकपटक वाध्य भएर नेपाल र नेपली चेलीहरुको बारेमा सोच्न बाध्य बनाउथ्यो । हुन त सरकारले साउदी अरब जस्ता मुलुकमा महिला प्रवेशको लागी रोक लगाएको छ तर पनि यस्ता देशहरुमा नेपाली महिला भित्रने क्रम ज्यादै बढ्दो छ ।नेपाली समाजको हक हितका लागी क्रियासिल संघ संस्थाहरुको सर्वेक्षणमा पनि साउदी अरबमा पुरुषहरुको भन्दा बढि महिला सम्बन्धी गुनासोहरु आउने गर्छन । यतीनै नेपाली महिला छन् भन्ने यकिन नभए पनि उनिहरु सम्बन्धी गुनासो हरु र समाचारहरुका आधारमा भन्ने हो भने नेपाली महिला हरुको संख्या साउदी अरबमा पनि उल्लेख्य छ भन्न कुनै समस्या रहदैन । प्रवासी नेपाली नेटवर्क परिवार साउदीअरबका संयोजक काजीराम श्रेष्ठ भन्नुहुन्छ साठी प्रतिसत भन्दा बढि गुनासोहरु महिला सम्बन्धी नै आउछन् सकेसम्म त समाधान गर्ने कोसीस गर्छौ तर कतिपय यस्ता समस्या छन् जो समाधान गर्नको लागी निकै जोखीमपुर्ण रहन्छ। हेरौ राज्यको ध्यान यस्ता कुरामा कहिले पुग्ला अनि हामी नेपालीको कहिले सम्म होस खुल्ला यो त यसै भन्न सकीने अवस्थामा छैन । नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !