खबरदार आचारसहिता र हतियार व्यवस्थापनमा सामान्तहरुको अर्को चाल !
हो नेपालको दिगो शान्तीमा मेरो पनि कुनै द्धिविधा रहने छैन तर यसको प्रक्रिया र प्रकारमा भने मैले प्रश्न चिन्ह खडा गर्नै पर्छ ।कहिले अन्नान वस्तीबाट त कहिले सिमापारीका विस्तारबादी हिन्दुस्तान बाट हरेक समय नेपाल र नेपालीको भावना विपरीत आवाजहरु गुञ्जने गर्छन। हो अरुको सहयोग गर्नु अति उत्तम कुरो हो म छुसी अविरलयात्री यो कुरामा कुनै तगारो थाप्ने पक्षमा छैन तर वास्तवीकता के हो त मैले बताउनै पर्छ जुन हदसम्म मलाइ भेउ छ । टनकपुर होस् या जनकपुर ,बारा होस या पर्सा अनि उपल्लो माहाकाली नै किन नहोस हरेक समय यी भेगका नेपालीहरु तिनै दिल्लीका छातामा बस्नेहरुको ज्यादतीका सिकार भएका छन्। सिमानामा हजारौ मिटर लामो बाध बाधेर नेपालको सयौ बस्ती डुवाउदा त्यो दिल्लीको मानवीयता पलाएन र त्यो नेपाल र नेपालीको हितमा ठहरीयो। माहाकाली र टनकपुर जस्ता धातक सन्धीहरुमा उसले कहिल्यै नेपालको कुभलो देखेन तर शान्ती र लोकतान्त्रीक गणतन्त्रको लागी उठेका आवाजहरु भित्र उसले नेपालको कुभलो देख्यो, राष्ट्रियता विपरीत देख्यो र नेपालका धतुरे अगुवाहरुलाइ मरिमेटेर उकास्ने प्रयासमा लाग्यो।
हो आचारसंहिता विपरतिका काम माओवादीका पक्षबाट पनि भएका छन् । तर सबैभन्दा ठुलो आचार सहिंता त राज्यले मिचेको छ, हो राज्यले । अब प्रश्न गर्न सक्नुहुन्छ यो कसरी हो ? अब मैले भन्ने पर्छ । आठ बुदे र बार बुदे सहमतीमा के के कुरा उल्लेख गरीएत यसको मनन सबैले गर्नै पर्छ र सबैभन्दा महत्वपुर्ण कुरा माओवादी राजनैतिक पार्टी मात्र हैन यो नेपालको समानान्तर राज्यसत्ता पनि हो । माओवादीले बार्ताको टेवलमा बस्नुको अर्थ उ आत्मसमर्पण गर्न लालाहित छ भन्ने अर्थ लगाइयो भने त्यो भन्दा ठुलो दुर्भाग्य नेपालको शान्ती प्रक्रियामा अरु केही पनि हुने छैन ।
यी आपसी सहमतीका विरुद्धमा संसाद र पुरा सासंदले बोल्दा के त्यो आचार संहिता पिरीत होइन ? आपसी समजदारी र सहमतीमा अगाडीका क्रियाकलाप सम्पन्न गरीने सहमती पछि लुकाएर लिफाफाहरु अन्नान वस्ती तिर धमाधम ओसारीनु के त्यो आचार संहिता विपरीत होइन ? अनि राज्यको हरेक अगं संसादको माताहतमा राखीने निर्णय पछि पनि राज्यका हतियारयुक्त कसाइहरु राज्यकै अर्को अगंलाइ समेत यातानाका सिकार बनाइरहदा समेत राज्यले प्रभावकारी कदम चाल्न नसक्नु के यो चाही सहमती विपरीत होइन ? युद्धविराम भइसके पछि समेत विद्रोही सेनामाथी अक्रमण गर्न लालाहित रहनु के त्यो चाही सहमती पिरीत होइन ? मेरो विचारमा त्यो सहमतीको घोर उल्लङघन हो । भारत त्यो मुखमा राम राम बगलीमा छुरा हो, त्यो अन्नान बस्ती बादरे बुसका खेलौन हुन र यीनलाइ विश्वभर हतियारको व्यापार फैलाउनु छ अब नेपालको दिगो शान्ती यीनको लागी पाच्य विषय होइन त्यसैले सबै खाले सामान्तबाद, अधिनायकबाद र विस्तारबादका पिछलग्गुहरु नेपालको शान्ती प्रक्रियाका त्यत्तिकै बाधक छन् जती नेपालका राजदरबार, यीनका भरौटेहरु र राजनैतिक दलका अपांग नेताहरु । नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
