यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
नो कमेन्ट !नेपालीमन,August 31 12:59 am


This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)

अंग्रेजी कोलमनेपालीमन,August 30 2:12 pm

Isn’t it strange how Rs. 20/= seems like such a large amount when you donate it to temple, but such a small amount when you go shopping?

Isn’t it strange how 2 hours seem so long when you’re at place of worship, and how short they seem when you’re watching a good movie?

Isn’t it strange that you can’t find a word to say when you’re praying,
but you have no trouble thinking what to talk about with a friend?

Isn’t it strange how difficult and boring it is to read one chapter of the Bible/ Quran / Geeta, but how easy it is to read 100 pages of a popular novel? (more…)

अविरलका कुरानेपालीमन,August 29 10:30 pm

राज्यका पछील्ला घटानाहरुमा अत्याधीक जनधनको क्षती भएका समाचारहरु आइरहेको छन् । फेरी राहात र उद्धार कार्यहरु नपुगेका समाचार र गुनासाहरु पनि त्यत्तिकै आइरहेका छन् ।हुन त राज्य एक्लै ले यो प्रकृतिक प्रकोपलाइ थेग्न सक्ला भन्ने लाग्दैन मलाइ ।तै पनि अत्याधीक प्रयास हुनु जरुरी भने पक्कै छ । यो समाचार पढीरहदा र हेरीरहदा अलिक नरमाइलो र केही गुनासाहरु मनमा खेलीरेकाले यो ब्लग लेख्ने जमर्को गरेको हु । प्रथम हिजो सधै जनताका लागी भनेर चिच्याउने सरकारी सेना र माओवादी जनसेना अहिले काँहा छ ? नेपाली जनताको रगत र पसीना बाट तलव भत्ता बुझ्ने सरकारी सेना र जनताको घर घर चाहार्दै हिड्ने माओवादी जनसेनाका अनगीन्ती अनुहार हरु का छन् ? यो प्रतिकुल अवस्थामा जनताको रक्षा गर्न लालायीत नहुने हरुले कहिले नेपालीको भलो गर्न सक्लान ? दोश्रो सरकारले परिचालन गरेको सेनाको संख्या पनि पर्याप्त छैन भनिन्छ के सरकारी सेनाको काम लडाइ छेड्ने मात्र हो त ? अनि यती हजार र उति हाजार भनेर फौज प्रदर्शन गर्ने माओवादी सेनाको चाही अहिले के काम छ ? राज्यको ढुकुटी बाट खान लेउ भन्ने ले जनताको जिउ धनको रक्षा गर्छु भनेर अगाडी बढ्नु पर्दैन ? हो कतै कतै यस्ता प्रयास नभएका होइनन् तर त्यो नत प्रयाप्त छ न त त्यसको नियत नै सही छ । जनताको आङमा छारो हाल्नु र थुम्थुम्याउनु बाहेक अरु केही भएको छैन हरेक साल तिनै निमुखा जनताको जीव्न अकालमै जान्छ सिहंदरबारको विलासी महलमा वस्नेहरुसंग त के नै आसा गर्न सकिन्थ्यो र सिहंदरबार जुम्लाको आँगन एउटै बनाउछु भन्नेहरुको समेत मौनताले भने पक्कै देश दुखेको हुने पर्छ नेपाल र नेपालीको सदै जय होस् शुभयात्रा !

, अविरलका कुरानेपालीमन,August 26 2:38 pm


लोकतान्त्रीक आन्दोलनका क्रममा सधै झै अग्र पत्तिमा देखीने ८८ बर्षीय वयोवृद तर जुझारु आकृति अब हामीले कहिल्यै देख्न पाउने छैनौ । केही समय अघि मोटर साइकलको ठक्कर बाट घाइते हुनु भएकी छायादेवी पराजुलीको आज विहान विर अस्पतालमा निधन भएको रहेछ ।नेपाली राजनितीको आकासमा कति तरुण तन्नेरीहरुले आफुलाइ बदिलानी गरे होलान् अनि कति आमाहरुले आफ्ना छोराहरुको मृत्यु हासी हासी स्वीकार्नु पर्‍यो होला अनि कति अर्धाङगीनीहरुको सिउदो पुछीयो होला हो त्यो भन्दा कैयौ गुणा बढी योगदान थियो छायादेवीको । उनको यो महत्वाकाक्षा सगै त्रिशुलीमा कति पानी बग्यो होला अनि वाग्मतीले कति प्रदुषण सहदै आफुलाइ स्वच्छ बनाउने प्रयास गरेको होला तर उनै जुझारु र नेपालीका प्रेरणा छाँयादेबीको सपना उनको भौतिक शरीर रहुन्जेल सम्म कति पुरा भयो त्यो त इतिहासले छिनोफानो गर्ला त्यसो त पक्कै पनि अब श्रद्धान्जलीको लागी मारामार गरेर भागदौड गर्लान हाम्रा नेताहरुले तर ति बुढी आमाको योगदानलाइ खोइ मनन गरेका ? ति बुढी आमाको आस्था र भावनालाइ खोइ सम्मान गरेको ? दुइथोपा देखावटी आँशु र एक थुङगा फुल दिएर उनको आस्थाको हत्या गर्ने कोशीस कसैले नगरोस त्यो नेपाली जनतालाइ कदापी पाच्य हुनेछैन ।

नो कमेन्ट !, भनेको/सुनेकोनेपालीमन,August 23 10:18 pm


This is the most expensive painting in the world.

It costs $97 000.000 (ninety seven million dollars)

The reason is that it is painted from natural flowers’ colors,

no chemicals or paintings additions.

Mad … Isn’t it ?

अंग्रेजी कोलम 3:51 pm

When things in your life seem almost too much to handle, when 24 hours in a day are not enough, remember the mayonnaise jar and the coffee.

A professor stood before his philosophy class and had some items in front of him. When the class began, wordlessly, he picked up a very large, empty mayonnaise jar and proceeded to fill it with golf balls.

He then asked the students if the jar was full. They agreed that it was. (more…)

नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 22 9:40 pm


मलाइ केटाकेटीको माछा माछा भ्यागुतो खेलको एक पटक बडो नराम्रो संग याद आयो । हुन पनि म बबुरो अनि मेरो सिन्का जत्रो हातले त्यो पाहाड जत्रो हातको माछा कसरी समाउन सक्नु जहिले पनि भ्यागुतो तर आस चाही मर्दैनथ्यो र अन्तीम अवस्था सम्म पनि जारी रहीरहन्थ्यो त्यो खेल माछा माछा भ्यागुतो आज नेपालमा जनता र राज्य सञ्चालकहरु बीच यही खेल त चलीरहेको छ नि ! बबुरो जनता भन्छ मलाइ अमन चयन देउ दुइछाक टार्न सहज बनाइदेउ अनि निर्धक्क बाँच्न सक्के वातावरण बनाइदेउ मलाइ मेरो हक र अधिकार लेउ तर राज्य सञ्चालकहरु चिच्याउदै भन्छ हामीले अमन चयन दिएका छौ, सुख शान्ती बाँडेका छौ तिमीहरुको औकात र हैसीयत सम्मको जे दिनु पर्ने हो सबै दिएका छौ तर असलीयतमा महगींको कुरुप आकृति दिन्छ शक्तिको सन्काह र बौलठ्ठी पन दिन्छ अनि ति बबुरा जनताको झुपडीमा डर , सन्त्रास र अनिकालको उपहार दिन्छ तै पनि हामीले लोकतन्त्रका सपना त्याग्न सकेका छैनौ आजसम्म भएको यही हो भोली यो हाम्रो बलिदान र योगदान पुन: एक पटक माछा माछा भ्यागुता नबनोस् एक पटक फेरी जुटौ र उठौ हामीले ढिला गरे इतिहासले हामीलाइ धिक्कार्ने छ शुभयात्रा !

नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 21 3:47 pm

नेपाल र नेपालीको आस्थामाथीको बलत्कार थियो त्यो महंगी । दुइ छाक टार्न धौ धो नेपालीहरुको दुखमय जीवनमा अर्को एउटा पन्छाइनसक्नु पाहाडको छेकबार थियो त्यो । आखीर निहुरीनै पर्यो त्यो निश्चीत भएर पनि किन यसो गरीयो यसको मतलब अझ सम्मपनि वा लोकतन्त्रको आगमन सम्म पनि हचुवा र मनगढन्ते निर्णयहरु भैरहेका छन् । देशमा दंगा र उत्तेजना फैलाउने कामहरु गरीरहेका छन् । यो त लोके सरकारको जनतामाथीको एउटा महंगो उपहारको कुरो भयो उता शिवसेना नामको जत्थाको त्यत्तिकै चलखेल रहेको खबर सुन्नमा आयो । हिन्दुस्थानमा बाल ठाकरे र राजठाकरेको शिवसेना जस्तै मनपरी सेना त होलानी यो पनि । अनि यो साच्चैको शिवसेना भए हिजो मात्र हिन्दु माहसंघका अध्यक्षको हत्या हुदा यो के हेरेर बसीरहेको थियो अहिले नेपाललाइ एउटा धार्मीक सहिष्णु राज्य बनाउने प्रयास भइरहदा भने के यीनको टाउको दुख्नु जरुरी छ तिम्रा शिव सेना त यीस शिव सेना भरत किशोर सिहं जस्तोलाइ बचाइराख्ने हरामी सेना हो कि हैन एकपटक आफैलाइ नियालेर हेर्न नभुलौ होला शुभयात्रा

नो कमेन्ट !, अविरलका कुरा, फोटो ब्लगनेपालीमन,August 20 3:29 pm

Your House As Seen By; ……………….Please for more detail Click on more…………………Thanks
Your House As Seen By;
Yourself…

(more…)

सृजना/अलग संसार, नेपालीमन कविता, अविरलका कुरानेपालीमन,August 19 8:25 pm



हजारौ जनताको बलीदानीले लोकतन्त्रको अगमन भयो तर मलाइ कता कता लागीरहेछ लेकतन्त्र होइन दौरासुरुवाल तन्त्रको पो अगमन भयो त, चिल्ला पजेरोतन्त्रको पो त अगमन भयो त । हिजोको आलो घाउ अझ ताजै छ गौरवमय आन्दोलनका क्रममा अंग भंग भएका जनता सम्म न्यायको भिख मागीरहेका छन् तर श्री ३ गिरीजा बाबु र यसका भाइभारदारहरु दौरा सुरुवालमा पजेरोमाथी शयर गरेका गरेकै छन् । अब एक सय दिन वितेको लगत्तै पेट्रोलीयम पदार्थमा भाउ बढायो । भारदार मध्येका दारी महत जी भन्नु हुन्छ मुल्य वृदीको अर्को विकल्प छैन । किन छैन महत महाशय सामन्तको दरबारमा करोडौ रकम विना शिर्षक विनियोजन गर्न मिल्छ तर जनताको दैनिक उपभोग्य बस्तुमा सहुलियत दिनु मिल्दैन ? हेरौला महत महाशय यो रवाफ र धक्कुले कति दिन काम गर्ला अनि तपाइको छोटे माहाराज पद कतिदिन सम्म टिकी रहला । नेपाली दाजुभाइ हो यो निर्णय आफैमा निकै गलत निर्णय छ तर त्यसो भन्दैमा पटक पटक आफ्नै घर भत्काउनु के हाम्रो बुद्धिमानी ठहरीएला र ? त्यसैले यो हुलदंगा र तोडफोड भन्दा शान्ती पुर्ण आन्दोलनको मार्ग रोज्दा के होला मलाइ चाही यस्तो लाग्छ बाँकी तपाइहरुमै शुभयात्रा !