हो म किटानी साथ भन्न सक्छु उ फासीष्ट हत्यारो हो, उ निरीह जनताको रगतमा लत्पतीएर रमाउने नालायक कुशासक हो अनि उसका मतियार दरवारीया हरु, उसको धोती समातेर उसैको रछ्यानका जुठोपोतोमा रमाउने पुराना भरौटेहरु हुन् । हो न्यायप्रेमी सज्जनवृन्द हत्यारो ज्ञानेन्द्रेहरु, मसीना थापाहरु, सच्चीत समसेरहरु, धर्मभीरु गिरीहरु र विष्टहरु उही सम्झदै घिनलाग्दा कुरुप आकृतिहरु । यीनका बन्दुक मोह र मिचाहा सामन्ती लगाबले माओवादीको बन्दुकलाइ समेत सोरै आना सही समर्थन गर्न लगभग बाध्य गराउछ । अनि यीनका यी कुरुप सपनाका साधनहरु चाही सम्झदै रगत तातेर आउने अनुहार प्यारजगं थापाहरु, रुक्मागत कटुवालहरु र यस्तै यस्तै अन्य सयौ घिनलाग्दा दानव आकृतीहरु । हो सज्जनवृन्द हामी कसरी विर्सन सकुला ति निसस्त्र र श्रमजीवि करीब पाँच दर्जन नागरीकहरु जसले यी कुरुप आकृतिका मानव बधसालामा अचकल्टो अवस्थानै पुरीनु पर्यो । हो हामी कसरी विर्सन सकौला ति कलीला रेवकला तिवारीहरु अनि कौसल्या पोखरेलहरु जसले चाहेर पनि न त इज्जत बचाउन सके न त जीवननै ।यस्ता कहाली लाग्दा वृतान्त त कति हो कति । अनि के हामीले कहिल्यै विर्सन सकौला तिनै दरबारको छाँया भित्र हराएको निहुमा जिवन गुमाएका हरुको कथा ? के हामीले कहिले विर्सन सकौला ति हिमाल झै जोसीला युवा हिमाल शर्माको नपुंसक अवस्थालाइ अनि गिरफ्तारी पछी बेपत्ता पारीएका करीब पन्ध्र सय नेपाली आफ्न्तहरुलाइ ? अह यदी हामीले समयको यो कालखण्डलाइ विर्सन खोज्यौ भने जानीराख्नोस् यो वर्तमानको सबैभन्दा ठुलो भुल हुनेछ र एक दिन स्वंयलाइ समेत विर्सन वाध्य हुनेछौ । न्ययप्रेमी सज्जनवृन्द अब वर्तमानमा आत्महत्या की सुन्दर भविश्यको सुनौलो मार्ग यसको छिनोफानोको जीम्मा चाही तपाइहरुलाइनै ।
प्रकृतिले संसारमा केही नराम्रा आचरण र चरित्रका झुण्डहरुको साथमा समाजलाइ सुन्दर मार्गमा डोर्याउन असल मागर्दशकहरुको पनि सृष्टी गरेको हुन्छ । तिनै सृष्टीका सृजनाहरुमा सुन्दर र त्यतिकै निडर एउटा पात्र हुन खगेन्द्र बा । हो लगभग बुढापासंग दोस्ती गासीसकेर पनि उनी अझै चोक चोक धाउछन् सहरमा छरीने हरेक समाचारपत्रहरुको पाना पानामा छाउछन् अनि उनको यो बुढापामा पनि एउटै कल्पना छ लोकतान्त्रीक गणतन्त्र नेपाल । गरीवहरुलाइ उनीहरुको आफ्नै सत्ताको सपना बाड्छन उनी, भोकाहरुलाइ रोटी, वेरोजगारहरुलइ रोजगार अनि प्यासीहरुको पानी भएर आउछन् हरेक नँया विहानी संगै। हरेक शब्दहरुमा उत्तिकै दम बोकेर आउने सर्जक हुन उनी र मलाइ लाग्छ नेपालका कलमजीविहरुमा उनी नै प्रथम मनुश्य हुन् जो बाह्रमासे फुल झै निरन्तर लेखी रहन्छन् । हो उनका हरेक अक्षरहरुले लोकतन्त्रको सम्मान र समर्थन गरेको छ । नेपालको इतिहासमै फासीष्ट शासकहरुलाइ कलमको भरमा आच्छु आच्छु पार्ने प्रथम कलमजीवि पनि उनी नै होलान् । ति माथीका कुरुप आकृतिको मानसीक यातना र दबाबका विच पनि सधै डटीरहने तिनै बुढा खगेन्द्र बा र उनका लोकतान्त्रीक सपनालाइ हृदय देखीनै समर्थन र सम्मान गर्दै विदा हुने अनुमती चाहान्छु । नेपाल र नेपालीको सदा जय होस् शुभ यात्रा !