यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
अविरलका कुरानेपालीमन,July 31 6:29 am

संसार पनि अचम्मको छ जसको हातमा शक्ति छ, जो अरुको रगत र पसिनामा रमाउछ, दुनियाका सबै शक्तिहरु उसैको पिठ्युमा धाप मार्न तत्पर रहन्छन् । यँहा यस्तै भयो उता बादरे बुसको आँगनमा एउटा बत्तिसलक्षीणले सिगारीएको अन्नानबस्ती छ त्यो इराकमाथी आक्रमणको लागीहोस् इजरायल र प्यालेस्टाइन विच होस या त हालको लेबनान संकटमाथी होस् हेरेर बस्नु दुनियाभरका टेलीभिजनमा नानाथरी कुरा गर्नु बाहेक अरु केही गर्न सक्दैन। त्यो भव्य महल र नौटकीं रंगसाला दुनियाका अरु साना मुलुकका लागी हाउगुजी हुन । नेपालमा एक झट्कामै शान्ती अमन चयनको सुरु गर्न अन्नान बस्तीबाट एकहुल शान्तीदुत बोलाइयो जसको फलस्वरुप खैरा र काला अनुहारका गरी जम्माजम्मी आधा दर्जन दुतहरुको नेपाल अवतरण भयो।मेरा आँखाले बढो उत्सुकताको पुर्बक टेलीभिजनको पर्दामा केही खोजीरहेका थिए मतलब शान्तीदुतले बढो अचम्मको रञ्जीवनी प्रदान गर्दै छ रे नेपालको लागी हो म त्यसैको खोजीमा थिए । जब ठ्याक्कै बादरे बुसकै ढाँचामा अन्नान बस्तीका मुखारवृन्दबाट पिषबमन भयो अब भने म झस्कन बाँध्य भए। कुरा यस्तो थियो शाही सेना जसको कामनै जनतालाइ यातना दिने मार्ने, चेलीहरुलाइ बलत्कार गर्ने र हत्याराहरुको राज हुटीट्याउले झै थामीरहने । उसलाइ चाही ब्यारेकमा समित मात्रै गर्ने रे, अनि माओवादीको जनसेनाको चाही हतियार एकातिर सेना एकातिर पारेर ताल्चा मार्ने रे बडो जोडदारको लोकतन्त्र सायद यस्तो लोकतन्त्र संसारमा कही पनि भटिन्न होला ।
यता फेरी राजधानीको व्यस्त सडकमा एउटा सेनाको क्याप्टेन भनौदो प्रहरीको निरीक्षकलाइ भकुरीरहेको थियो, यातना दिइरहेको थियो, शरीरभरी करेन्टको झड्का दिइरहेको थियो । उता प्रधान सेनापती नामको अधिकार प्राप्त कसाइ त्यो नेपालको हाउगुजी कुन्नी के आयोगले बोलाउदा टेरपुच्छर नलगाएर साढे मिचाइ गर्दैथ्यो । यत्तिका घटनाहरु हुदाहुदै पनि मौन छौ हामी नेपाली अब किन चाहीयो त्यो शान्तीदुत हामी संग ति त के उही बाँदरे बुस भन्दा सयौ गुण चर्का शाही ज्ञानेहरु, विष्टहरु, गिरीहरु, ढकालहरु , मसीना र मोटा थापाहरु , कटुवालहरु र बस्नेतहरु कति हो कति सबै बाँकी नै छन् । अन्नाबस्तीको माहाबाणी, शाही सेनाको रवाफ र राजनैतिक पार्टीको चालचलनले लाग्छ अब छिट्टैनै नेपालमा कुनै ष्ड्यन्त्र हुनेवाला छ जनताहरु होसीयार ! नेपाल र नेपालीको सदा जय होस शुभयात्रा !

अविरलका कुरानेपालीमन,July 27 1:03 pm

हो म किटानी साथ भन्न सक्छु उ फासीष्ट हत्यारो हो, उ निरीह जनताको रगतमा लत्पतीएर रमाउने नालायक कुशासक हो अनि उसका मतियार दरवारीया हरु, उसको धोती समातेर उसैको रछ्यानका जुठोपोतोमा रमाउने पुराना भरौटेहरु हुन् । हो न्यायप्रेमी सज्जनवृन्द हत्यारो ज्ञानेन्द्रेहरु, मसीना थापाहरु, सच्चीत समसेरहरु, धर्मभीरु गिरीहरु र विष्टहरु उही सम्झदै घिनलाग्दा कुरुप आकृतिहरु । यीनका बन्दुक मोह र मिचाहा सामन्ती लगाबले माओवादीको बन्दुकलाइ समेत सोरै आना सही समर्थन गर्न लगभग बाध्य गराउछ । अनि यीनका यी कुरुप सपनाका साधनहरु चाही सम्झदै रगत तातेर आउने अनुहार प्यारजगं थापाहरु, रुक्मागत कटुवालहरु र यस्तै यस्तै अन्य सयौ घिनलाग्दा दानव आकृतीहरु । हो सज्जनवृन्द हामी कसरी विर्सन सकुला ति निसस्त्र र श्रमजीवि करीब पाँच दर्जन नागरीकहरु जसले यी कुरुप आकृतिका मानव बधसालामा अचकल्टो अवस्थानै पुरीनु पर्यो । हो हामी कसरी विर्सन सकौला ति कलीला रेवकला तिवारीहरु अनि कौसल्या पोखरेलहरु जसले चाहेर पनि न त इज्जत बचाउन सके न त जीवननै ।यस्ता कहाली लाग्दा वृतान्त त कति हो कति । अनि के हामीले कहिल्यै विर्सन सकौला तिनै दरबारको छाँया भित्र हराएको निहुमा जिवन गुमाएका हरुको कथा ? के हामीले कहिले विर्सन सकौला ति हिमाल झै जोसीला युवा हिमाल शर्माको नपुंसक अवस्थालाइ अनि गिरफ्तारी पछी बेपत्ता पारीएका करीब पन्ध्र सय नेपाली आफ्न्तहरुलाइ ? अह यदी हामीले समयको यो कालखण्डलाइ विर्सन खोज्यौ भने जानीराख्नोस् यो वर्तमानको सबैभन्दा ठुलो भुल हुनेछ र एक दिन स्वंयलाइ समेत विर्सन वाध्य हुनेछौ । न्ययप्रेमी सज्जनवृन्द अब वर्तमानमा आत्महत्या की सुन्दर भविश्यको सुनौलो मार्ग यसको छिनोफानोको जीम्मा चाही तपाइहरुलाइनै ।
प्रकृतिले संसारमा केही नराम्रा आचरण र चरित्रका झुण्डहरुको साथमा समाजलाइ सुन्दर मार्गमा डोर्याउन असल मागर्दशकहरुको पनि सृष्टी गरेको हुन्छ । तिनै सृष्टीका सृजनाहरुमा सुन्दर र त्यतिकै निडर एउटा पात्र हुन खगेन्द्र बा । हो लगभग बुढापासंग दोस्ती गासीसकेर पनि उनी अझै चोक चोक धाउछन् सहरमा छरीने हरेक समाचारपत्रहरुको पाना पानामा छाउछन् अनि उनको यो बुढापामा पनि एउटै कल्पना छ लोकतान्त्रीक गणतन्त्र नेपाल । गरीवहरुलाइ उनीहरुको आफ्नै सत्ताको सपना बाड्छन उनी, भोकाहरुलाइ रोटी, वेरोजगारहरुलइ रोजगार अनि प्यासीहरुको पानी भएर आउछन् हरेक नँया विहानी संगै। हरेक शब्दहरुमा उत्तिकै दम बोकेर आउने सर्जक हुन उनी र मलाइ लाग्छ नेपालका कलमजीविहरुमा उनी नै प्रथम मनुश्य हुन् जो बाह्रमासे फुल झै निरन्तर लेखी रहन्छन् । हो उनका हरेक अक्षरहरुले लोकतन्त्रको सम्मान र समर्थन गरेको छ । नेपालको इतिहासमै फासीष्ट शासकहरुलाइ कलमको भरमा आच्छु आच्छु पार्ने प्रथम कलमजीवि पनि उनी नै होलान् । ति माथीका कुरुप आकृतिको मानसीक यातना र दबाबका विच पनि सधै डटीरहने तिनै बुढा खगेन्द्र बा र उनका लोकतान्त्रीक सपनालाइ हृदय देखीनै समर्थन र सम्मान गर्दै विदा हुने अनुमती चाहान्छु । नेपाल र नेपालीको सदा जय होस् शुभ यात्रा !

अविरलका कुरानेपालीमन,July 16 9:44 am

विगत केही समयदेखी म यो साइट लगातार भिजीट गरीरहेको छु । साच्चै निकै रोमाञ्चक छ यो साइट । अवश्यनै संगीत संग चाख राख्ने जो कसैलाइ पनि यसले मन लोभ्याउन सक्छ भन्ने लाग्छ मलाइ ।यो साइट अर्थात् मुर्चुङगा डट कम । ( www.murchunga.com)
यसमा पुराना तथा नया गीतहरु राखीएको छ । यसले प्रदान गरेको सुविधा उपयोग गर्दा कलाकारको नाम अनुसार, गितको बोल अनुसार क्रमस मिलाएर हेर्न सकन्छि । मलाइ चाही यो साइट अति यसयोगी लागेर जानकारी गराउने जमर्को गरेको हु। यो साइट निशुल्क सेवा प्रदान गरीरहेको साइट हो गित सुन्दा कुनै शुल्क तिर्नु पर्दैन । सिधै गित सुन्न यँहा क्लिक गर्नुस् गित बजाउदा क्रम संख्या संगै दिएको हरियो या रातो बटनमा थिच्नुहोस् यो आफै बज्न सुरु हुन्छ ।

नो कमेन्ट !नेपालीमन,July 6 2:43 pm


अब केही फरक कुरा तिर लागौ कि भन्ने सुर चल्यो मलाइ त्यसैले केही फरक प्रसंग अझै छोटा शब्दहरुमामा भन्दा तस्वीर आफै बोल्छ अब तस्वीरले चाही के बोल्दैछ पत्तालगाउने कोशीस गर्नुस् । मलाइ आशा छ ज्ञान र मनोरञ्जन एकै पटक मिल्नेछ यँहा हरुलाइ यदी त्यसो हुन नसकेमा वा सकेमा मलाइ मेल गर्न चाही नभुल्नु होला ! यी फोटाहरु चाही मलाइ Ian Robert Fernandez ले सहयोग गर्नु भएको हो
बाँकी फोटो हरुको लागी भित्र आउनोस् (more…)

अविरलका कुरानेपालीमन,July 2 5:35 am

मेरो जीवनको महत्वपुर्ण दिन थियो त्यो, अझ नेपालमा संकटकाल लगेको थियो त्यस दिन । समयको त्यो कालखण्ड अर्थात २०५८ सालको मंसीर ११ गते । म जीवनमा कहिल्यै भुल्न सक्दीन त्यस दिनलाइ । देशमा बढिरहेको द्धन्द्ध चर्कदै थियो । रोजगारको कुनै मौका आउदैनथ्यो । भर्खर व्यवस्थापनमा प्रमाणपत्र सिध्याएको थिय मैले। रोजगारीको लागी नुवाकोटको विदुरका स्थानीय व्यापारीहरुले सुरुवात गरेको एउटा सहकारी संस्थामा लेखापालको लागी आवेदन दिएको थिय मैले समयको त्यो कालखण्डमा मेरो त्यो प्रयास सार्थक रहेरै होला जीवनमा पहिलो पटक म मेरै कमाइले जीवन जीउने अभ्यासमा लागेको थिए । अझ म त्यो घटनालाइ कहिल्यै भुल्न सक्दीन र आशा गर्छु मान्छेको जीवनमा त्यो समय कहिल्यै नआओस पनि । हुन त मैले सबै प्रक्रिया छेडेरै सहकारी लेखापाल बनेको थिए। तर पनि मैले काम सुरु गर्न कार्यलय पुगेपछि के गरे त्यसलाइ म कसरी लेखु । हुन त म त्यसताकै माओवादीको भातृ संगठन अनेरास्वीयु क्रान्तीकारीलाइ समर्थन गर्थे सायद त्यसैले पनि हुनसक्छ म माथी यो घटना घटेको तर मेरो व्यक्तिगत विचारमा जे सही लाग्छ के त्यसलाइ सहि भन्न पनि नपाउनु मैले हो मलाइ कार्यलयमा कामको जीम्मा दिनु अघि खाली कागजमा सही गराइएको थियो म जीवनको त्यो कालखण्ड जती भुल्न खोज्छु अह त्यो कालो समय मेरो वरीपरी यमदुत झै घुमीरहन्छ ।
हुन त रोजगारीको कुनै गुन्जायस नभएको त्यो कालखण्डमा मैले रोजगारी पाउनु र मलाइ रोजगारी दिनु कुनै दया भन्दा कम थिएन । म केही हदसम्म यस दयाको ऋणी पनि छु । हो जीवनको २४ वसन्त काटीसके मैले आजसम्मका मेरा जीवनका यी वसन्तहरुमा सबैभन्दा महत्वपुर्ण र सार्थक समय पनि म यसलाइनै लिन्छु । हो तपाइहरुलाइ लाग्न सक्छ कस्तो दोसाधे कुरा हो यो। तर एकपटक सोच्नुस त खालीपेटले दानापानी मागीरहेको समयमा भोक मेटाउनको लागी म मालीकको आदेश सहर्ष स्वीकार गर्नु वोहक अरु के गर्न सक्थे र त्यो पनि ससर्त होस् वा निसर्त ।
यी त भए मेरा केही गन्थन अब सहकारी दिवसको आसपासमा म सहकारी सम्बन्धी केही अरु गुनासो गर्ने अनुमती पनि चाहान्छु । हो सहकारी हाम्रो जस्तो मुलुकको नीम्न आयस्तर भएका नेपालीहरुको जीवन उकास्ने अभियान बन्नु पर्छ भन्ने मान्यता राख्छु म ।तर जसको पहुच हुनु जरुरी हो उही वर्ग यसको सदुपयोग गर्न बाट वञ्चीत छन् वा यसको पहुच सम्म छैनन् भनु, जे होस ति समुदाय वा वर्ग जो सहकारीबाट लाभान्वीत हुनु पर्ने हो उनीहरुलाइ यसको पहुच र यसको उपयोगीता सम्म सचेत गराउन अझै धेरै कसरत गर्नु जरुरी छ हामीले।सहकारी संस्थाको मेरो साढे चार सालको कार्यअनुभवले पनि यसै भन्छ । अर्को जरुरी कुरो उपल्लो वर्गको पेवा बनेको छ सहकारी आजकाल । संसारका सहकारी आन्दोलनलाइ नियाल्ने हो र यसकै पेरीफेरीमा रहेर हाम्रो मुलुकको सहकारी अभ्यासलाइ हेर्ने हो भने पनि हामीले यसको प्रसस्त दुरुपयोग गरीरहेका छौ । जसको पुजीले सहकारी चलेको छ उसैका ढाडमा कुल्चेर बाँचीरहेका् छ हेरक सहकारी संस्थाहरु । त्यसैले मेरो अनुरोध सहकारी कसैको निजी व्यवसाय नबनोस मात्र गरीखाने वर्गको सामुहीक हित बनोस मेरो यही शुभेच्छा जदो !