कुनै पनि कुरा आफैमा गलत र हानीकारक हुदैनन् !
विदेसिनु रहर होइन वाध्यता हो भन्छन् जानाकार हरु तर यो मेरो विदेश वसाइ भने थोरै वाध्याता र धेरै चाही रहर नै हो । यो एक सालको विदेश वसाइमा धेरै जीवन उपयोगी कुराहरु सिक्ने अवसर मिलेको छ मलाइ । भन्नेहरु यसो पनि भन्छन विदेशीनु चुनौतीपुर्ण कुरा हो त्यसैले विदेश टाठाबाठा र जान्ने सुन्नेहरुमात्र जान्छन । मेरा एक जना मित्र त भन्दैथे औठा छाप नै त विदेश जाने कुरै आउदैन नि। तर म यो कुरोमा सहमत छैन, हो पढे लेखेका र जान्ने सुन्नेहरुको संख्या उल्लेख्य होला तर ति औठा छाप भनिएका श्रमजीवीहरुको संख्या पनि कम चाही छैन । म यही विदेश वसाइ र श्रमको स्तर संगै एउटा अर्को कुरो थप्न चाहान्छु ।त्यो हो विधुतिय सुचना र प्रविधी अनि यसको बढ्दो प्रयोग, उपयोग र दुरुपयोग।
कुरो यसरी सुरु भयो मेरा एक जना मित्र हरेक दिन जसो भन्थे हैन आज साइवर जाउन हो । आफुलाइ भने एक सेकेण्ड समय बचाउन सकिन्न कसरी साइवर जाने हो । गाँठी कुरो के रैछ त बुझौ भनेर शुक्रबारको दिन साइवरमा विताउने गरी गइयो । अब मेरो तिनछक पर्ने पालो । ल हेर्नोस त हेर्दामा त्यत्ति सोझो साथी साइवरमा त मुखमा आएजती बोलेको बोल्यै छ ।मैले जीवनभरमा पनि नसुनेका अस्लील र उत्तेजक शब्दहरु त्यो २/३ घण्टामा सुन्ने अवसर पाए । पछि के गर्दैछ साथी भनेको त याहुको नेपाली कमन च्याटरुममा पो भीडन्त ल भो त अब । मैले के विचार गरे भने अब यो विषयमा पनि केही अभ्ययन हुनु पर्छ । त्यसैले मे १९ शुक्रबार बाट हरेक दिन जसो यो च्याट रुममा म प्रवेस गर्न थाले ।लगभग डेढ महिनाको यो यात्राले मलाइ धेरै दुखीत र चिन्तीत तुल्याएको छ । दुखीत यो अर्थमा कि धनको लोभमा विदेशीएका म जस्तै अरवका खाडीहरुमा भौतारीने साथीहरुको संख्या पनि उल्लेख्य थियो त्याँहा। चिन्तीत यो अर्थमा कि केही यस्ता स्वरहरु थिए त्यहाँ जो चौवीसै घण्टा यही रुमभित्र बजीरहन्थे ।
अज अचम्मलागेको कुरो त के भने मैले जीवनको चौवीस बसन्त काटे तर महिला भनु वा केटी जे होस उनीहरुको मुखबाट अस्लील शब्द सुनेको यो पहिलो पटक थियो । आम्मामा कस्ते गाली देको हो सुन्ने नसकीने ।कति त लाग्थ्यो १६/१७ को उमेरमै छन् । अरब राष्ट्रहरुबाट रुममा प्रवेस गर्ने हरुको संख्या संग सगै हङकङ, मलेसीया, युके, यु एस, जापान, वेल्जीयम र कोरीया जास्ता मुलुकहरुबाट यस रुपमा प्रवेस गर्ने हरुको संख्या ज्यादा थियो ।
मेरो अनुभव ले भन्छ यो हामी सभ्य र सुसंस्कृत नेपालीहरुको लागी राम्रो सन्देश हैन । पक्कै पनि असभ्य र छाडा संस्कृतिको विरोध गरीनु पर्छ मेरो पनि यही प्रयास हो र ति नेपालीहरु जो यो च्याट रुपमो गलत उपयोग गरीरहेका छन् उनिहरुमा पनि अनुरोध कुनै पनि कुरा आफैमा गलत र हानीकारक हुदैनन् यसलाइ दुषीत र हानीकारक बनाउने तपाइ हामीनै हो सुचना र प्रविधिको सहि सदुपयोग गरौ नेपाल र नेपालीको सदा जय होस् जदो !
