कुकुर भुक्छ घुक् घुक् विरालो गर्छ म्याउ
हामी दुवै लड्दै लड्दै सिहंको दरवार जाउ
पहिला थियो बुढो सिंह अहिले कता गयो
यी दुवैलाइ सिहंको दरवार लड्ने मैदान भयो

भन्छ दुइटै संगसंगै पुग्ने ठाउ उहि
देखीदैन यी दुवैको मन मिलेको कही
कहिले पुग्ला संगै त्यो विरालेको वान
गर्छन सधै एक आर्कामा मुक्का हानाहान

कुकुर र विरालो नभएकै जाती
ढुक्क संग निदाइन्थ्यो कि हरेक दिन राती
वाटा भरी देख्छु सधै कुकुरको ताती
विरालो को गुडै बस्यो घरको चोटा माथी

उभो वग्ला बरु त्यो उधो वग्ने खोला
तव पनि यीनको मती सप्रीदैन होला
हार खाए अब म त पाल्दी न त्यो कुकुर
सुन्दीन म रात दिन विरालोको ङ्यार ङुर
के गरेर तह लाग्ला त्यो विग्रेको कुकुर ?
ऐ हजुर के गरेर तह लाग्ला त्यो विग्रेको कुकुर ??