असमान छन् पाइलाहरु
अर्थहिन छन् वार्ता र संवादहरु
अनि लक्ष्य विहिन ति गन्तब्यहरु
त्यस्तै मेरा मानासपटलका अध्यारा विम्वहरु !

हिंसा प्रतिहिसांका गोरेटाहरु
मैले कल्पनै नगरेका चोटहरु
खाटै नवसेका जीवनका आलो घाउहरु
अनि मेरा जीवनका काला विम्वहरु !

अभाव र असमानताका कठोर संङलाहरु
घृणाहरु, उपेक्षाहरु
अनी भोगाइका नराम्रो चोटहरु
कसरी भुलौ साथी म ?
मेरा जीवनका ति कारुणीक विम्वहरु !
पल पल सताइरहन्छ मलाइ
भन साथी कसरी भुलौ
मेरा विगतका ति भयानाक विम्वहरु ???